बहुराष्ट्रिय कोकाकोला र नेपाली क्लबकोलाबीच प्रतिष्ठाको लडाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 04, 2020 | 04:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आफ्ना उत्पादन तथा ब्राण्डको ‘ट्रेडमार्क’ लिने अभ्यास भर्खर बामे सर्दै छ । आफ्नो ब्राण्डको अधिकार आफूसँग सुरक्षित राख्न ट्रेड मार्क लिने गरिन्छ । तर, अहिले उद्योग विभागमा ट्रेडमार्क सम्बन्धि एउटा यस्तो मुद्दा परेको छ, जसलाई नेपालको स्थानीय ब्राण्डले बहुराष्ट्रिय कम्पनीलाई चुनौती दिएको छ ।

पूर्वको झापाबाट उत्पादन बजारमा पठाउँदै आएको क्लबकोला (सिंगापुर वेभरेजको उत्पादन) ले ‘मल्टिनेशनल ब्राण्ड’ कोकाकोलाको ब्राण्ड हुबहु चोरेको भन्दै मुद्दा विभागमा आईपुगेको हो । झापादेखी तराईका जिल्ला र काठमाडौँ बाहेकका केही पहाडी जिल्लामा समेत आफ्ना उत्पादन बिक्रि गर्दै आएको क्लबकोलाले आफ्नो बजार हिस्सा कमजोर बनाउने उदेश्यले मिल्दोजुल्दो नाम र पेयपदार्थको रंगसमेत उस्तै राखेको भन्दै कोकाकोलाले मुद्दा दर्ता गराएको हो । कोकाकोलाले क्लबकोलाको उत्पादन र बिक्रि रोक्न माग गरेको छ । 

क्लबकोलाको पक्षमा अदालतको फैसला

कोकाकोला जस्तै देखिने क्लबकोला नामक पेयपदार्थ अहिले लोकप्रीय बन्दै गएको छ । तर आफ्नो बजार हिस्सा कमजोर बन्दै गएको भन्दै कोकाकोलाको आन्तरिक व्यवस्थापनले अदालतमा मुद्दा नै दायर गरेको थियो । 

कोकाकोलाले क्लबकोलाको उत्पादन रोक्न माग गर्दै उच्च अदालत विराटनगरको इलाम इजलासमा मुद्दा दायर गरेको थियो । तर, मुद्दाको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले उत्पादन गर्न तत् तत् निकायबाट अनुमति लिएको र बस्तुको उत्पादन नै थालिसकेको भन्दै रोक्न नमिल्ने फैसला सुनायो । यति मात्रै नभई अदालतले क्लबकोलाले ट्रेडमार्क पनि लिईसकेको जनाउँदै फैसला सुनाएपछि कोकाकोला उद्योग विभागमा आईपुगेको हो ।

क्लबकोलाको उत्पादक सिंगापुर वेभरेजका प्रवन्ध निर्देशक आशिष शर्माका अनुसार आफूहरुले सबै प्रक्रिया पूरा गरेर उत्पादन सुरु गरेका कारण कोही कसैले मुद्दा दर्ता गर्दैमा कुनै असर नपर्ने दाबी गर्छन् । विभागमा परेको मुद्दाको किनारा नलागेपनि मुद्दा दायर गर्नेले गरिसकेकाले यस सम्बन्धमा विभागले न्याय हुनेगरी निर्णय गर्नेमा आफूहरु ढुक्क भएको उनको भनाई छ ।

कोकाकोला बहुराष्ट्रिय कम्पनी भएका कारण लोगो, बोतल, डिजाइन र रंगसमेत एउटै हुनेगरी  सिंगापुर वेभरेजले पेयपदार्थ उत्पादन गर्दा आफ्नो ब्राण्डमा धक्का पुग्ने दाबी गरेको छ ।

३ थरी पेयपदार्थमा ब्राण्ड चोरीको आरोप

कोकाकोलाले आफ्नो ट्रेडमार्क र ब्राण्ड चोरी भएको भनेपनि ठ्याक्कै चोरी भन्ने शब्द भने प्रयोग गरेको छैन । सिंगापुर वेभरेजले कोकाकोला जस्तै देखिने क्लबकोला, स्प्राइट जस्तै देखिने राइट र फेन्टा जस्तै देखिने फेन्सी नामक पेयपदार्थ उत्पादन गरेको छ । यी ३ वटै ब्राण्ड कोककै भएकाले कोकाकोलाले आफ्नो ब्राण्ड हुबुक कपी भएको गुनासो गरेको छ ।

सिंगापुर वेभरेजले माउन्टेन डिउ जस्तै देखिने मनसुन डिउ उत्पादन गरेको छ । ४ वर्ष अघि उत्पादन सुरु गर्दा कसैले वास्ता नगरेपनि अहिले प्रतिस्पर्धी बनेर देशब्यापी रुपमा फैलिन थालेपछि ब्राण्डमा धक्का पुग्यो भनेर तनाब दिने काम भएको सिंगापुर वेभरेजका प्रवन्ध निर्देशक शर्माको भनाई छ । गुणस्तर र ट्रेडमार्क लिएरै उत्पादन थालिएको बताउँदै उनले बजारबाट प्राप्त प्रतिक्रियालाई आधार मानेर लगानी पनि बढाउँदै लगिएको बताएका छन् ।

उद्योग विभागले भने यस विषयमा विभागले सुक्ष्म अध्ययन गरिरहेको र अदालतको आदेशबारे पनि आन्तरिक छलफल भईरहेको बताएको छ । विभाग स्रोतका अनुसार अदालतबाट नै क्लबकोलाको पक्षमा यसअघि नै फैसला भईसकेका कारण विभागले अदालतको निर्णयमा नै टेकेर सोही अनुसार निर्णय गर्न सक्ने छ । अथवा अदालतबाट फैसला भएर आएको विषय हुनाले सिधैँ अदालतको निर्णय नै अन्तिम हो भनेर भनिदिन सक्नेछ । यो पनि नभए कुनै निर्णय नगरी विषय विचाराधिन नै राखिदिन पनि सक्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved