चोक चोकमा चिट, अनि कसरी घुम्नु देश ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 27, 2020 | 11:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

सरकारले अहिले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति लिएको छ । कोभिड–१९ का कारण तत्कालै विदेशी पर्यटक आउने सम्भावना नदेखिएपछि आन्तरिक घुमघामलाई नै प्राथमिकतामा राखेर पर्यटन मन्त्रालय र पर्यटन बोर्डले योजना बनाईरहेका छन् । तर, आन्तरिक घुमघाम पनि सहज भने देखिँदैन । किनकी, अन्तर निकाय समन्वय नहुँदा हरेक चोक चोकमा ट्राफिक प्रहरीको सामाना गर्नुपरिरहेको छ ।

चोक चोकमा चिट

योजना बनाउँदा एक अर्का निकायसँग समन्वय नुहुन नै नेपालको पर्यटन प्रवद्र्धनको दुर्भाग्य भएको पर्यटन क्षेत्रका ज्ञाताहरु बताउँछन् । केही समय अगाडी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिृकत प्रचण्डमान श्रेष्ठले आन्तरिक पर्यटकको गणना गरी नेपाल भित्रको आन्तरिक पूँजी चलायमानमा पुगिरहेको योगदान के कति हो भनेर विश्लेषण हुनुपर्ने बताएका थिए ।

तर, उनले भने जस्तो नेपाल घुम्नका लागि सहज भने देखिएन । किनकी, काठमाडौँ उपत्यका भित्र एक जिल्लाबाट अर्को जिल्ला वा एक नगरबाट अर्को नगर प्रवेश गर्नासाथ सार्वजनिक सवारी साधनमा पटके माग्ने गरिएको छ । पहिलो पटक कुनै सवारीको चालक ‘रिजर्भ’ बस लिएर कुनै ठाउँमा गयो भने न्युनतम १ हजार रुपैयाँको चिट ट्राफिकले थमाईदिने गरेका छन् ।

शनिबार बिदाको दिन पारेर चोभार, दक्षिणकाली, फर्पिङ हुँदै मकवानपूरको इन्द्रसरोवर जान काठमाडौँबाट एउटा टोली निस्किएको थियो । बिहान अवेर गरी (करिब १०) बजे निस्किएको टोलीले ५ नम्बर रुटमा चल्ने माइक्रो बस रिजर्भ गरेको थियो । 

बेलुका फर्किदा ८ बजेको थियो । तर, जब बस कीर्तिपूर (त्रिवि प्रवेशद्वार अगाडी) आईपुग्यो चेकिङमा बसेका ट्राफिक प्रहरीले बस रोके । लाइसेन्स लगायतका कागजात माग गरे । सबै कागजात दिएपछि ट्राफिक प्रहरीले ‘पटके परमिट’ देखाउन आग्रह गरे । स्वभावैले पटके परमिट गाडीले लिएको थिएन ।

किनकी मन्दिर दर्शन गर्न र शनिबार बिदाको सदुपयोग गर्दै आफ्नै देशको मुहार हेर्न हिडेको टोलीले यसबारे हेक्का राखेको थिएन । रातको समय भएकाले गाडी भित्र बसेका केही यात्रुले मदिरा पनि सेवन गरेका थिए । चालकसहित यात्रुहरुले पटक पटक अनुरोध गर्दा पनि ट्राफिकले अन्ततः चिट काटेरै छोडे । ट्राफिक प्रहरीले मदिरा पिएका यात्रुले गरेको अनुरोध हामी मान्दैनौँ भन्दै १ हजार ५ सयको चिट काटिदिए ।

‘पटके अनिवार्य चाहिन्छ’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई पटके परमिट लिनुपर्ने पूरानै नियम भएको बताउँछन् । सार्वजनिक सवारी साधनको हकमा आफ्नो रुट इजाजतभन्दा बाहिर जानुपर्दा पटके परमिट अनिवार्य भएको उनको भनाई छ ।

‘सरकारले दिएको रुट इजाजतभन्दा अर्को रुटमा हिड्न पटके चाहिने पूरानै नियम हो’ एसएसपी भट्टराईले भने, ‘यो नियम सार्वजनिक सवारी साधन रिजर्भ गरेर रुटभन्दा बाहिर जाँदा मात्रै लाग्ने नियम हो ।’

‘ग्रामिण पर्यटनका लागि नसुहाउने नियम’

आन्तरि पर्यटन प्रवद्र्धन गर्न ‘देश दर्शन’को अभियान थालिएको भएपनि साना कुरामा एक अर्को निकायबीच समन्वय नहुँदा नेपालको पर्यटन क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको पर्यटनविद् प्रेम शर्मा बताउँछन् । ग्रामिण पर्यटनको विकासका लागि केही वर्षको लागि मात्रै भएपनि स्थानीय तह र गाउँपालिका वा नगरपालिका सिमा क्षेत्रमा बसेका ट्राफिक प्रहरी चेक पोष्टबाट उठाईने शुल्क खारेज हुनुपर्ने बताउँछन् पर्यटन विषयमा जानकारी राख्ने अध्यापक विष्णु खनाल ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved