काठमाडौँबाट राजधानी सार्ने बहसः यस्ता छन् अन्तराष्ट्रिय उदाहरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 21, 2021 | 06:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा राजधानी सार्ने बहस पूरानै हो । कहिले पुष्पकमल दाहाल प्रचण्ड, कहिले डा. बाबुराम भट्टराई र कहिले नारायणमान विजुक्छेले काठमाडौँबाट राजधानी सार्नुपर्ने कुरा उठाईरहन्छन् । तर, सार्नुपर्छ भन्ने बहस निर्णयक तहमा भने हुने गरेको छैन । 

विश्वमा यस्ता देशहरुमा पनि छन्, जसले पटक पटक राजधानी सारेका छन् । छिमेकी देश भारत र पाकिस्तानदेखि अमेरिकासम्मले राजधानी समयअनुसार सारेको उदाहरण छ ।

भारत

नेपालको छिमेकी देश भारतले पनि राजधानी सारेको छ । ब्रिटिस आउनुभन्दा पहिला (सन् १९११ सम्म) कलाकत्तामा रहेको राजधानी सोही वर्षबाट दिल्लीमा सारिएको थियो । यति मात्रै नभई गर्मी यामको लागि भनेर सिम्लालाई राजधानी तोकिएको थियो । 

भारतले राजधानी सारेको मात्रै नभई आर्थिक राजधानीको अभ्यास पनि गरेको छ । मुम्बई अहिले पनि आर्थिक राजधानीको रुपमा परिचत छ ।

पाकिस्तान

नेपालको अर्को छिमेकी देश पाकिस्तानले पनि सन् १९६१ मा राजधानी सारेको थियो । सन् १९५९ मा कराचीबाट इस्लामावाद राजधानी सार्ने निर्णय गरेको पाकिस्तानले इस्लामावादमा राजधानीका लागि आवश्यक संरचना तयार गर्न भने दशकौँ लागेको थियो ।

अमेरिका

अमेरिकाले धेरै पटक राजधानी सारेको इतिहास छ । अमेरिकाको पहिलो राजधानी न्यु योर्क थियो । सन् १७९० सम्म राजधानी रहेको न्यु योर्कमा अमेरिकाको सर्वोच्च अदालतको पहिलो बैठक र राष्ट्रपति जर्ज वाशिंगटनको उदय भयो ।

त्यसपछि यसलाई फिलाडेल्फियामा सारियो । रेसिडेन्स ऐन अन्तर्गत राष्ट्रपति वाशिंगटनले राष्ट्रिय राजधानी र सरकारको स्थायी सीटको व्यवस्था हुनुपर्ने प्रावधान ल्याए । त्यसपछि राष्ट्रपति वाशिंगटनले मेरील्याण्ड र भर्जिनिया राज्यले जग्गा उपलब्ध गराउने गरी नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव गरे । त्यसपछि १० बर्ष लगाएर राजधानीका लागि चाहिने संरचना तयार गरी सो स्थानको नाम पहिलो अमेरिकी राष्ट्रपतिको नामबाट नामाकरण गरियो ।

इन्डोनेशिया

इन्डोनेशियाले जाकर्ताबाट राजधानी सार्दैछ । गत वर्ष नै त्यहाँका योजनामन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राष्ट्रपति जोको विडोडोले राजधानी सार्ने निर्णय गरिसकेको बताईसकेका छन् । जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो । अनुसन्धानकर्ताहरूका अनुसार सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्नेछ । पिउन र नुहाउनका लागि जमिन मुनिको पानी तान्ने गरिएका कारण यहाँको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ । 

इन्डोनेशियाका सरकारी सञ्चारमाध्यमले बोर्निओ टापुमा पर्ने पलाङ्गकराया नयाँ राजधानी हुने चर्चा गरेका छन् । यद्यपी नयाँ राजधानी कुन शहरलाई बनाउने भन्ने सार्वजनिक भएको छैन ।

सन् १९४५ मा स्वतन्त्र भएदेखि नै इन्डोनेशियाले राजधानी सार्ने बहस हुँदै आएको थियो । २०१६ मा गरिएको सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको छ । ट्राफिक जाम व्यवस्थापनमा मात्रै इन्डोनेशियाले प्रतिवर्ष ६.८ अर्ब डलर खर्च गर्ने गरेको छ ।

ब्राजिल

ब्राजिलको इतिहासमा हालसम्म दुई राजधानी शहरहरू छन् । सन् १५४९ देखि १७६३ सम्म साल्भाडोरमा रहेको राजधानी सन् १७६३ मा रियो दि जेनेरियोमा सारिएको थियो । पूर्वी राज्य बाहियामा अवस्थित साल्भाडोर पोर्चुगिष्ट दक्षिण अमेरिकाको पहिलो गभर्नर जनरलले औपनिवेशिक युगमा स्थापित गरेका थिए । 

पछि रियो दि जेनेरियो मुख्य बन्दरगाह शहरका रुपमा विकास गर्ने गरी राजधानी स्थानान्तरण गरिएको थियो । रियो दि जेनेरियो देशको राजधानीका रुपमा सन् १९६० सम्म रह्यो । १९६० पछि भने राजधानी ब्राजिलियामा सारियो ।

टर्की

अब इस्तानबुल टर्कीको राजधानी रहेन । सन् १९२३ मा पहिलो विश्वयुद्धको लगत्तै इस्तानबुललाई देशको मध्य अनातोलिया क्षेत्रमा प्रतिस्थापित गरियो । यसको कारण एन्टेन्टे सेना बन्यो । फ्रान्स, बेलायत र रसियाले इस्तानबुलको ठूलो हिस्सा ओगटेको छ । टर्कीका धेरै राजनीतिज्ञहरू राजधानी अंकारामा सार्न सहमत भए । एन्टेन्टे सेना फिर्ता भएपछि पनि राजधानी अंकरामा नै रहने त्यहाँका अधिकारीले विश्वास लिए ।

म्यानमार

सन् २००५ सम्म म्यानमारको राजधानी भनेर बर्मालाई चिनिन्थ्यो । तर, सैनिक शासकहरूले कुनै आधिकारिक व्याख्या वा चेतावनी बिना राजधानी सार्ने निर्णय गरे । नायपाइडोमा राजधानी सारिएपछि कतिपयले भने यो कदम विदेशी सेनाको आक्रमणसँग जोडिएको हुनसक्छ भनेर अनुमान पनि गरे । १० वर्ष लगाएर सन् २०१२ मा नायपाइडोमा राजधानीका लागि आवश्यक संरचना तयार पारिए । 

रसिया, तान्जानिया, कागकिस्तान र नाइजेरियाले पनि राजधानी सारेको उदाहरण छ ।

यसअघिः

देशको राजधानी काठमाडौँबाट सार्ने समय आएको हो ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved