'जीडीपी गणना जस्तै नेपालको सेयरबजारको बजार पुँजीकरण पनि मिलेको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 07:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुल ग्राहस्थ उत्पादनको गणना नमिले झैं नेपालको सेयर बजारको पुँजीकरण गणना पनि नमिलेको बताइन्छ। कहिल्यै कारोबारमा नआउने सेयरलाई समेत जोडेर गणना गरिएकाले अहिलेको पुँजीकरण गणना नमिलेको अधिवक्ता तथा सेयरबजारका जानकारी ज्योति दाहाल बताउँछन्। 

जसरी अनौपचारिक अर्थतन्त्र अधिक हुँदा त्यसको हिस्सा कुल ग्राहस्थ उत्पादनमा कहीं देखिदैन त्यसैगरि प्रवाहित बाहेकलाई पनि गणना गर्दा सेयरबजारको वास्तविक पुँजीकरण नभएको अधिवक्ता दाहालको भनाई छ। 

उनि भन्छन्, कुल ग्राहस्थ औद्योगिक देशले सुरु गरेका हुन्, जुन हाम्रो अर्थात नेपालको लागि पटक्कै मेल खादैन। नेपालमा कुल ग्राहस्थ उत्पादनको गणना सारसलाई थालमा दिए जस्तै हो। 

उनकाअनुसार नेपालको सेयरबजारको वास्तविक पुँजीकरण १० देखि १५ खर्ब रुपैयाँ मात्र हुन्छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज २०७७  माघ ११, गते नेपालको सेयरबजारको पुँजीकरण ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार रहेको छ। 

अधिवक्ता दाहालले नेपालको पुँजीकरण वास्तविक नभएको एक तथ्य समेत पेश गरेका छन्। नेपाल टेलिकमको आजको मूल्य १,३९४ रुपैयाँको आधारमा बनेको पूँजीकरण  २ खर्ब ९ अर्ब १० करोड रुपैयाँ छ। यसको सूचीकृत शेयर संख्या १५ करोड कित्ता छ।  यसमध्ये १ करोड २० लाख कित्ता मात्र प्रवाहित छ।  यस हिसाबले नेपाल टेलिकमको वास्तविक पूँजीकरण १६ अर्ब ७२ करोड ८० लाख रुपैयाँ मात्र हुन्छ। 

नेपालको सेयरबजारमा टेलिकमको जस्तो नेपाल पुनर्विमा कम्पनी, चिलिमे, तामाकोशी लगायत  कयौं कम्पनी उदाहरणको रुपमा पेश गर्न सकिने अधिवक्ता दाहालको भनाई छ। 

उनि अगाडी थप्छन्, वास्तविक पुँजीकरण नभएकाले नेपालको सेयरबजार ओभर भ्यालुड भयो भन्ने तर्क यहीं खारेज हुन्छ। कम्पनीग्त रुपमा भने ओभरभ्यालुड छ। अझैं पनि अधिकांश कम्पनी अन्डरभ्यालुड छ। यस्ता कम्पनी चिन्ने काम आफ्नै अर्थात लगानिकर्ताकै हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved