महिलालाई घरमा काम गरेको पैसा दिनुपर्थ्यो भने महिनाको तलब कति हुन्थ्यो होला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2021 | 08:37:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित फिल्म स्टारले घोषणा गरेको एउटा राजनीतिक पार्टीले आफु सत्तामा आए घरमा काम गर्ने महिला अर्थात गृहिणीलाई पनि मासिक रुपमा तलबको व्यवस्था गर्ने घोषणा गरेको छ। 

विश्वभर चर्चित तमिलनाडूका नायक कमल हसनको पार्टीको उक्त घोषणालाई एक कद्दावर सांसदले पनि समर्थन जनाए। घर गृहस्थी सम्हाल्दै आएका महिलाहरुलाई उनीहरुको सेवाको लागि पैसा अर्थात तलब दिँदा उनीहरुको शक्ति र स्वतन्त्रता बढ्ने र यसले विश्वब्यापी रुपमा नै न्युनतम आम्दानी सृजना हुने बिश्वाश गरिएको छ। 

कोभिड १९ का कारण पुरुषको तुलनामा महिलाहरुले धेरै रोजगारी गुमाएको बेला गृहिणीलाई तलब दिने घोषणाले ठुलो बहस सृजना गरेको छ। पुरा विश्वमा महिलाहरु घर गृहस्थिमा आफ्नो घन्टौ समय लगानी गर्छन् तर यसका लागि उनीहरुलाई कुनै पैसा मिल्दैन। बरु उल्टै नेपाल भारत जस्तो बर्षौदेखि पुरुष हाबी भएको समाजमा गृहिणीको रुपमा घरमा काम गर्ने महिलाको काम माथि नै प्रश्न गर्ने गरिन्छ।  

अन्तराष्ट्रिय श्रम संगठन आइएलओ का अनुसार बीमा कुनै तलब वा भुक्तानी बिना धेरै काम गर्नेमा इराकका महिला सबैभन्दा अगाडी छन्। उनीहरुले हरेक दिन ३४५ मिनेट घरको काम गर्छन्।  त्यस्तै ताइवानमा यो तथ्यांक सबैभन्दा कम १६८ मिनेट छ। विश्वका अन्य देशहरुमा महिलाहरुलाई बीना कुनै भुक्तानी काममा लगाइने अवधि यहि अवधिभित्र पर्दछ। 

औषतमा पुरुष भुक्तानी बीना घरेलु कामदार अर्थात गृहिणीको रुपमा दिनमा मात्र ८३ मिनेट काम गर्छन्। यहि तुलनामा महिलाहरु यसको तीन गुणा अर्थात्  २६५ मिनेट भन्दा बढी समय घरेलु काममा समय खर्चिन्छन्।  

बिभिन्न देशहरुले त्यहाँका महिलाले प्रति दिन बीना पारिश्रमिक अर्थात गृहिणीको रुपमा कति घण्टा काम गर्छन भन्ने बिषयमा अध्ययन गरेपनि नेपालमा यस प्रकारको अध्ययन नभएको पाइएको छ।

महिलालाई केन्द्रमा राखेर काम गर्ने  वोरेक नेपाल, एक्सनएड लगायतका सँस्थाहरुले गृहिणी महिलाहरुलाई पनि पारिश्रमिक दिनुपर्छ वा त्यसमा गणना गरिनुपर्छ भनेर आवाज उठाएपनि गृहिणी कति छन् र कति घण्टा काम गर्छन भन्ने बिषयमा अध्ययन नगरेको पाइएको छ। यद्दपी  भारतका गृहिणीले प्रति दिन २९७ मिनेट घरको कामलाई दिन्छन् भन्ने तथ्यांकले नेपालको अवस्था पनि यस्तै छ भन्न सकिने आधार भने छ।  

यस्तोमा के महिलाहरुलाई घरेलु कामकाजको लागि पैसा पाउनु पर्छ ?

नेपालमा ३ करोड जनसंख्या मध्ये घरेलु महिलाको संख्या यकिन नभएपनि भारतमा यस्तो महिलाको संख्या करिब १६ करोड रहेको छ। विश्वका बाँकी देशहरु झैं नेपाल तथा दक्षिण एसियाका घरेलु महिलाहरु पनि घरको सरसफाई, खाना पकाउने, कपडा दुने र परिवारको आर्थिक हिसाब मिलाउने, घर परिवार तथा आफन्तहरुसँगको सम्बाद कायम तथा निरन्तरता दिने, बालबच्चालाई बिधालय पुर्याउने तथा ल्याउने, बालबच्चाको खाना देखि सबै स्यारसुसार गर्ने लगायतका काम गर्ने गर्दछन। 

यसका साथसाथै महिलाहरु आफ्नो सासु ससुरा तथा घरका अन्य सदस्यहरुको समेत देखभाल तथा हेरचाह गर्दछन भने केहि घरेलु महिलाहरु घरको कामकाज सकेर साना मझौला व्यवसायमा समेत समय खर्चिन्छन। 

एक तथ्यांकअनुसार भारतमा घरेलु कामकाजको लागि महिलाले प्रति दिन २९७ मिनेट लगानी गर्छन, जबकी पुरुषहरुले मात्र ३१ मिनेट घरको काममा समय दिन्छन। पुरुषहरु केवल एक चौथाई हिस्सा यस्तो बीना पारिश्रमिकको काम गर्छन, जबकी प्रत्येक ५ महिलामा चारले बीना पारिश्रमिकको काममा ब्यस्त हुन्छन। 

कानुनी जानकार गौतम भाटिया बीना पारिश्रमिक घरमा काम गर्नु जबर्जस्तीको मजदुरी भएको बताउँछिन।  त्यस्तै दिल्ली विश्वबिद्यालयका अर्पण तुल्स्यानले बीना पारिश्रमिक घरमा काम गर्ने महिलाहरुको अध्ययन तथा पहिचान हुनुपर्ने बताउँछन। -बिबिसीको सहयोगमा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved