विनोद चौधरी नेतृत्वको ‘गरिखाने अभियान’ के हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 02, 2021 | 12:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्बपति विनोद चौधरीको नेतृत्वमा नेपाली काँग्रेसले ‘गरीखाने अभियान’ थालनी गरेको छ । माघ १५ गते बिहीबार वीरगञ्जबाट घोषणा गरिएको उक्त अभियानले हाल नेपाली नागरिकलाई ‘गरिखाने’ नागरिक बनाउने र कालान्तरमा ‘हुनेखाने’ नागरिकमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

के हो गरिखाने अभियान ?

अभियानका सहसंयोजक अनिल रुगंटा नेपाली नागरिकको जीवनस्तर उकास्ने गरी अभियान सुरु गरिएको बताउँछन् । झट्ट हेर्दा नेपाली काँग्रेसको अभियान जस्तो देखिए वा सुनिएपनि यो आम नेपालीको अभियान हुने उनको भनाई छ । 

बिहिबार अभियानको घोषणा कार्यक्रममा अभियानका संयोजक विनोद चौधरीले अभियानको थालनी काँग्रेसले गरेकाले यो अभियान पनि काँग्रेसकै भएको बताए । उनले पार्टीका सबै भातृ संगठन र स्थायी सरकारको रुपमा रहेका निजामति कर्मचारीदेखि र सबै तहका व्यक्तिहरुलाई अभियानमा समेटिने बताएका छन् ।

‘अभियान काँगेसकै हो, तर हामीले सुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउने, हाम्रो दृष्टिकोणमा विश्वास गर्ने युवा पुस्तालाई अभियानमा समेटिने छ’ चौधरीले भने, ‘युवा पुस्तालाई समेटेर आर्थिक उन्नतिको बोटोमा युवाहरुलाई नै अघि लगाउने हाम्रो लक्ष्य हो, जब युवाहरु अघि लाग्छन् तब सफलता मिल्छ ।’

‘हाम्रो देश नेपालका ६० लाख युवा रोजगारी र उद्यमको बजारमा छन् । आपूर्ति र उत्पादन बीचको खाडलमा उभिएका छन्’ चौधरी थप्छन्, ‘अभियानको उद्देश्य बेरोजगारी समस्या, आपूर्ति र उत्पादन तथा माग र उत्पादनबीचको खाडल पुर्नु हो ।’

‘गठी खाने होइन, गरिखाने युवा उत्पादन गर्छौ’

‘युवाहरुको हातमा इन्टरनेट छ, उनीहरुले देश दुनियाँ देखेका छन् । उनीहरु अवसरको खोजी छन् । युवाहरुको आकांक्षा के हो, उनीहरु के गर्न वा कस्तो देश बनाउन चाहान्छन् भन्ने कुरा बुझेर राज्यले अवसर खोल्नुपर्छ’ चौधरी भन्छन्, ‘गरिखानमा विश्वास गर्नेहरुले जहिल्यै पनि मूलुक समृद्ध भएको सपना देख्छन्, ठगेर खाने र मागेर खाने होइन गरिखाने युवाको जमातलाई व्यापक बनाउनु हाम्रो उदेश्य हो ।’

चौधरीले सरकारले घोषणा गरेका युवामैत्री व्यवसायका योजनाहरु राम्रा हुँदाहुँदै पनि कार्यान्वयन हुन नसकेको बताए । पूँजिको अभाव नहुँदा पनि युवाहरु उद्यमी वा व्यवसायी बन्न नसक्नुका पछाडी अनेकौ कारण रहेकाले ती कारणको पहिचान गरी समस्या समाधानमा लाग्नका लागि पनि गरिखाने अभियान सुरु गरिएको चौधरीको भनाई छ ।

‘पूँजीको कुनै अभाव छैन, शैक्षिक प्रमाणपत्रको आधारमा बिना धितो कर्जा पाइन्छ भन्ने कुरा दिनैपिच्छे सुनिन्छ’ चौधरी भन्छन्, ‘तर कतिले रोजगारी पाए ? कति उद्यमी बने ? यस्ता प्रश्न उब्जिएका छन् । त्यसैले अब एउटा यस्तो सिस्टम बनाउनुपर्ने बेलाएको छ कि, जुन सिस्टमले केही गर्छु भन्ने युवाको सोचलाई कार्यान्वयनमा लैजान सकोस् ।’

‘मूलुक सम्पन्न हुनका लागि समाजमा गरिखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्छ । गरिखानेहरुलाई महत्व नदिएसम्म मूलुक बन्दैन’ चौधरीले मन्तव्यकै क्रममा भनेका छन्, ‘युवालाई विदेश पठाएको भरमा मूलुक केही दिन वा केही वर्ष मात्रै त चल्ला, तर दिगो हुँदैन ।’ 

‘गरिखाने वतावरण बनाउन केन्द्रित बनौँ’

अबको युवापुस्ता रोजगारी दिने तहसम्म पुग्नुपर्ने उनको भनाई छ । मूलुक एक दशक द्वन्द्वमा फस्दासमेत आफूहरु नरोकिएको स्मणर गर्दै विनोद चौधरीले राजनीतिक पार्टीको आह्वानमा आन्दोलनमा उत्रिने नभई गरिखाने वातावरण निर्माणका लागि उत्रिने समय आएको बताएका छन् ।

‘कुनै समय चीन राजनीतिक संघर्षबाट गुज्रिएको थियो, त्यतिबेला धेरै मानिस चीनभन्दा बाहिर गएर काम गर्न थाले । जब चीनमा काम गर्ने वातावरण बन्यो, उनीहरु स्वदेश फर्किए’ चौधरीले भने, ‘नेपालीलाई रोजगारी दिने भनेको नेपालीले नै हो । बरु सानै भएपनि उद्यमी बन्नुपर्छ भन्ने हाम्रो अभियानको मुख्य लक्ष्य हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved