एक दिनको बन्दले १० अर्बको क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 05:44:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेकपाको प्रचण्ड–माधब समूहले आम हड्ताल गर्यो । सर्वधारणले सास्ती खेपे । बुधबार साँझ नीजि क्षेत्रका ३ ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले बन्द हड्तालमा नउत्रिन प्रचण्ड–माधब समूहलाई अनुरोध गरेको थियो । बन्द हड्ताल जस्ता क्रियाकलापले आर्थिक नोक्सानी हुनेमा नेताहरु पनि जानकार छन् ।

तर, आफ्नै विवेक बन्धकमा राखेर मूल राजनीतिक पार्टीका शीर्ष नेताहरु बन्द हड्ताल गराउन तम्सिएपछि नीजि क्षेत्रको आवाज सुनुवाई हुने कुरै भएन ।

एक दिनमा १० अर्ब बढी नोक्सान

तथ्यांक विभागका अनुसार नेपालको औपचारिक अर्थतन्त्रको आकार वार्षिक ३७ खर्ब ६८ अर्ब रुपैयाँ छ । यो अर्थतन्त्रको आकारलाई हेरेर गणितीय शुत्र प्रयोगमार्फत हिसाब गर्दा एक दिनको हाम्रो बजेटको आकार १० अर्ब ३२ करोड ३२ लाख रुपैयाँ हुन आउँछ । यो के हो भने हाम्रो देशमा दैनिक चलायमान हुने बजेट १० अर्ब ३२ करोड रुपैयाँ छ । तर, एक दिन मात्रै बन्द हड्ताल जस्ता गतिविधि हुँदा यो रकम चलयमान हुन वा बस्तुको उत्पादन तथा व्यापार ठप्प हुन्छ । 

बन्द हड्ताल, आन्दोलन, चक्काजाम, काटमार नहुने हो भने देशको अर्थतन्त्रले सकारात्मक मार्ग समात्ने बताउँछन् राष्ट्र बैङ्कका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री । उनका अनुसार माओवादी बिद्रोहको समयमा दैनिक २ अर्ब रुपैयाँ नोक्सानी भएको आँकलन गरिएको थियो । यद्यपी त्यो अनुमान नीजि क्षेत्रको थियो । तर, अहिले बजेटको आकार बढेका कारण दैनिक क्षति १० अर्ब माथि पुगिसकेको सरकारी तथ्यांकका आधारमा हिसाब गर्दा नै पुष्टि भईसकेको छ । 

यस्ता गतिविधिले कृषि क्षेत्रमा समान्य मात्रै नोक्सान गरेको देखिएपनि उत्पादन भएको बस्तु बजारसम्म जान नपाउने भएकाले गैर कृषि क्षेत्र बढी प्रभावित हुने अर्थशास्त्रीहरुको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved