काठमाडौँबाट राजधानी सार्ने बहसः यी हुन् शीर्ष नेताले प्रस्ताव गरेका शहर

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 10, 2021 | 02:32:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ ६ गते मंगलबार एकाएक ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठाए । त्यसपछि उच्च राजनीतिक नेतृत्वमा खासै बहस नभएपनि काठमाडौँ उपत्यका केन्द्रित घरजग्गा कारोबारी भने आशंकित भएका छन् । 

उद्यपी, डा. भट्टराईले यो ठाउँ वा शहर नै राजधानी हुनुपर्छ भनेर किटान गरेका छैनन् । मूलुक संघियतामा प्रवेश गर्नु अगाडी भने तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा नउठाएको होइन ।

प्रदेश सरकार बनेपछि देशको राजधानी किन सार्नु ?

काठमाडौँमा कायम रहेको देशको राजधानी सार्ने विषय जनयुद्ध ताका खुबै चर्चित थियो । तर, २०६२/०६३ को जनआन्दोलनपछि यो विषय चर्चामा आउन छोडेको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ पछि राजनीतिक तहमा राजधानी सार्नेबारे बहस छेडिन सकेको छैन । 

संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेपछि हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस छेड्नु उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।

यो पनिः
काठमाडौँबाट राजधानी सार्ने बहसः यस्ता छन् अन्तराष्ट्रिय उदाहरण

सत्तासिन दलका एक प्रमुख नेताले प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने बताए । केन्द्रीय राजधानी काठमाडौँ नै उपर्युक्त रहेको भन्दै ती नेताले हरेक प्रदेशले आफ्नो प्रदेशको सिमा भित्र पर्ने ठाउँहरुमा समानान्तर विकासको नीति लिनुपर्ने आवश्यक औल्याए ।

यी हुन् प्रस्तावित ठाउँ 

माओवादी जनयुद्धको उद्गम थलो रोल्पालाई तत्कालिन माओवादीहरुले राजधानी बनाउने दाबी गर्दै आएका थिए । काठमाडौँबाट रोल्पा पुगेर जनयुद्धको हुकार गरेको माओवादीले रोल्पा र आसपासका स्थानीयको साथ पाउन राजधानीको कार्ड फ्याँकेको थियो । तर, यो सम्भव हुने कुरै थिएन ।

शान्ति सम्झौतापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नै कहाँ भन्ने अन्यौल भयो । पोखरा कि चितवन भन्ने दोधारका बीच प्रचण्डले चितवनबाट चुनाव लड्ने घोषणा गरे र त्यतिबेला चितवनलाई देशको राजधानी बनाउने सार्वजनिक उद्घोष पनि गरे । 

तर, त्यसपछि राजधानीका विषयमा खासै नबोलेका प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । त्यतिबेला भने उनले कहाँ कहाँ प्रस्ताव गरिएको छ भन्नेबारे खुलाएनन् ।

एकताका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए । हालसम्म औपचारिक वा अनौपचारिक रुपमा प्रस्तावमा आएका नाममध्ये रोल्पा र दाङ राजधानीको लागि पायक नपर्ने भनिएपनि चितवनको नाममा भने खासै विरोध सुनिएको छैन । यद्यपी यो नाम पनि औपचारिक ढंगबाट प्रस्तुत भएको नाम भने होइन ।

यसअघिः 

देशको राजधानी काठमाडौँबाट सार्ने समय आएको हो ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved