२ करोड ९७ लाख कित्तामा टुक्रियो नेपालको जमिन, कति छन् जग्गा धनी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 17, 2021 | 03:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले जग्गाको कित्ताकाट बाक्लिएको छ । सरकारले फुकुवा गरेको जग्गाको कित्ताकाट सर्वोच्च अदालतले रोक्न आदेश दिएको अवस्थामा पनि कित्ताकाट भने रोकिएको छैन । कारण अंशवण्डा तथा जग्गाको कारोबार बढ्नु हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले पनि तीव्र गतिमा जग्गाको कित्ताकाट भइरहेको जनाएको छ । आवासिय अपार्टमेन्ट तथा हाउजिङका लागि डेभलपरहरुले जग्गा खरिद गरिरहेको र कर्मशियल भवनहरु बन्ने क्रम बढेकाले जग्गाको कित्ताकाट पनि बढेको विभागको बुझाई छ । २०७४ साउन २६ देखि खेतीयोग्य जमिन मासिने क्रम बढेको भन्दै सरकारले जग्गाको कित्ताकाटमा कडाई गरेको थियो । तर, त्यसपछि पनि कित्ताकाट रोकिएको भने थिएन । कारोबारीहरुले अनेक बाटो अपनाएर कित्ताकाट गर्दै आएका थिए । 

किन बढ्यो कित्ताकाट ?

एकाघरमा वा एउटै भान्साको खाना खाने सन्तानहरु भिन्न हुने अथवा छुट्टिने क्रम रहेको र उनीहरुले आफ्नो नाममा जग्गा ल्याउन चाहेकाले कित्ताकाट बाक्लिएको हो । परिवार विभाजन हुँदा जग्गाको कित्ताकाट पनि बढिरहेको विभागको अनुमान छ । 

योसँगै कर्मशियल रुपमा नै जग्गा प्लटिङ गरेर बेच्ने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट पनि सोही अनुसार तीव्र हुँदै गएको हो । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ३ लाख ८५ हजार २८ कित्ताकाट भएको छ भने १ लाख ७० हजार ६८७ कित्ता खारेज भएका छन् ।

सहरीकरण बढिरहेको र खेतीयोग्य जमिन घडेरीमा परिणत हुने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट बढिरहेको भूमि व्यवस्थापन विभाग बताउँछ । चालु आर्थिक वर्षमा भएको कित्ताकाटको एकमुष्ठ विवरण असार मसान्तपछि प्राप्त हुनेछ । असार मसान्तसम्म यो संख्या बढेर आउने विभागको अनुमान छ । 

कति छन् जग्गा धनी ?

गत आर्थिक वर्ष २०७६/०७७ सम्म देशको जमिन कुल २ करोड ९७ लाख ४ हजार ४७ कित्तामा टुक्रिएको छ । २ करोड ९७ लाख ४ हजार ४७ कित्ता जमिनको धनी ९६ लाख २५ हजार ३३१ जना छन् ।

त्यही २ करोड भित्र निजी, सार्वजनिक, सरकारी र गुठीको नाममा रहेको जग्गा पनि समावेश छ । गत आर्थिक वर्ष मात्रै ३ लाख ६७ हजार २८९ जना नयाँ जग्गाधनी थपिएका छन् भने सोही वर्ष १ लाख ६९ हजार ८५८ जग्गाधनी खारेज भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved