
 2mb (1).gif)
चालु आर्थिक वर्षको माघ महिनामा अपार्टमेन्टको बिक्रि घटेको छ । पौषको तुलनामा ७ युनिट कम अपार्टमेन्ट बिक्रि भएका हुन् । पौषमा ७१ युनिट अपार्टमेन्ट बिक्रि भएकोमा माघमा ६४ अपार्टमेन्ट मात्रै खरिद बिक्री भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा ८७ अपार्टमेन्ट बिक्री भएका थिए ।
किन घट्दैछ किनबेच ?
अपार्टमेन्ट खरिद बिक्रिको पछिल्लो तथ्यांकले अपार्टमेन्टको बिक्री घटिरहेको देखाएको छ । स्टक अपार्टमेन्ट नहुँदा खरिद बिक्रि साँघुरिँदै गएको आवास विकासकर्ताहरु बताउँछन् । स्टक सकिँदै गएको र पूराना अपार्टमेन्टकै बिक्रि भईरहेकाले ‘ट्रान्जेक्सन’ कम देखिएको आवास विकासकर्ताहरुको दाबी छ ।
यो पनि
यी २ कारणले बन्न सकेनन् नयाँ अपार्टमेन्ट
२०७२ सालको भूकम्पपछि नयाँ अपार्टमेन्ट परियोजना आउन नसक्दा पूराना अपार्टमेन्टले माग धान्न नसक्दा किनबेच कम हुँदै बताउँछन् गएको नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले । उनका अनुसार १ दर्जन अपार्टमेन्ट परियोजना निर्माण सुरु भएका छन् । तीनको निर्माण सकिएपछि भने बजारमा खरिद बिक्रि बढ्ने अपेक्षा लिईएको छ । अहिले अपार्टमेन्ट खोज्ने ग्राहक भेटिए पनि स्टक अपार्टमेन्ट युनिटहरु भेट्न मुस्किल रहेको आवास विकासकर्ताहरु नै बताउँछन् ।
माघमा मालपोतबाट कति बिक्रि ?
माघ महिनामा जम्मा ६४ अपार्टमेन्ट मात्रै बिक्री भएका छन् । यीमध्ये सबैभन्दा धेरै लगनखेल मालपोतबाट ३७ युनिट अपार्टमेन्ट बिक्रि भएको छ । डिल्लीबजार मालपोतबाट १३ युनिट, चावहिल मालपोतबाट ८ युनिट, कलंकी र टोखा मालपोतबाट ३/३ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।
छुटाउनु भयो कीः
अपार्टमेन्टहरुको होटल यात्राः बाध्यता कि रहर ?
मंसिरमा ३५ युनिट र पौषमा १० युनिट अपार्टमेन्ट खरिद बिक्री भएको कास्की मालपोतबाट माघमा भने एउटै अपार्टमेन्ट किनबेच भएनन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिद बिक्रिवापत माघमा ६ अर्ब ७३ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
यसअघिः