आलोचनाबाट बच्न महालक्ष्मी विकास बैंकको भर्चुअल बार्षिक साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 08:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको लकडाउन मात्र नभई कोरोनाको महामारी नै सामान्यअवस्था तर्फ उन्मुख हुँदै गर्दा सार्वजनिक गतिबिधिहरु पनि सामान्य बन्दै गईरहेका छन्। कोरोनाको खोप लगाउने कार्यले तिब्रता पाएको अहिलेकै अवस्थामा बिभिन्न राजनीतिक दलहरुले हजारौं मान्छेहरु सडकमा उतारेका छन् भने पछिल्ला समय व्यवसायिक लगायतका बिभिन्न औपचारिक कार्यक्रमहरु कोरोना अगाडिकै शैलीमा आयोजना भईरहेका छन्। 

तर अवस्था सामान्य हुँदै गर्दा पनि महालक्ष्मी विकास बैंकले भने यहि चैत १३ गते आफ्नो १९औं बार्षिक साधारणसभा भर्चुअल मार्फत आयोजना गर्ने भएको छ। अन्य बैंक वित्तीय संस्थाहरुले समेत कोरोना अगाडिकै शैलीमा आफ्नो बार्षिक तथा बिशेष साधारणसभा लगायतका कार्यक्रमहरु आयोजना गरिरहेको अवस्थामा महालक्ष्मी विकास बैंकले भर्चुअल मार्फत साधारणसभा किन डाक्यो भन्ने प्रश्न उठेको छ। 

कोरोना नभई अरुनै कारणले भर्चुअल मार्फत साधारणसभा डाकिएको बैंकका असन्तुष्ट संचालक तथा कर्मचारीले बिजपाटीलाई बताए। सरोकारवालाहरु सबैलाई डाकेर औपचारिक रुपमै कार्यक्रम आयोजना गरि साधारणसभा डाक्दा अध्यक्ष राजेश उपाध्ययमाथि प्रश्नको भारि बर्शने र सार्वजनिक रुपमै आलोचना हुन् सक्ने डरले भर्चुअल मार्फत बार्षिक साधारणसभा डाकिएको उनीहरुको दाबि छ। 

यो पनि: महालक्ष्मीमा मर्जरको नकारात्मक प्रभाव, मनकामना जस्तै संकटग्रस्त बन्ने आशंका

अध्यक्ष उपाध्ययको शैलीका कारण पछिल्लो समय बैकभित्र संचालक-संचालक तथा कर्मचारी-कर्मचारीबीच पनि गुट उपगुट बनिरहेकाले बैंकमा विभाजन देखिएको स्रोतको दाबि छ। सोहि विभाजन आलोचना तथा झगडा बनेर सार्वजनिक रुपमा छताछुल्ल हुन सक्ने डरले अध्यक्षकै निर्देशनमा भर्चुअल मार्फत साधारणसभा डाकिएको उनीहरुको दाबि छ। 

बिगतदेखि नै बैंकमा आफ्नो हालिमुहाली गरिरहेका र आफुअनुकुल उच्च तहका कर्मचारी चलाएको आरोप खेप्दै आएका अध्यक्ष उपाध्यय पछिल्लो समय बैंकमा झनै आलोचित बनेका छन्। सागर शर्मालाई हटाएर आफु निकट बैंकमा तेस्रो वरियताका दिपेश लम्साललाई कामु सीईओ बनाएपछि उनि झनै आलोचित भएका छन् भने महालक्ष्मी बिकास बैंकभित्रको विवाद छताछुल्ल भएको छ।  

आफु अनुकुल निर्णय गराएर अनुचित लाभ लिन नपाएपछि सीईओ हटाउने गरेपछि अध्यक्ष राजेश उपाध्यायलाई हालै मात्र नेपाल राष्ट्र बैंकले स्पष्टिकरण समेत सोधेको छ। 

सफल बैंकरको रुपमा चिनिने कृष्णराज लामिछानेलाई अध्यक्ष उपाध्यायले कार्यकाल सकिन २ बर्ष अगाडी नै सीईओ पदबाट हटाएका थिए। लामिछानेलाई हटाएर सागर शर्मालाई निमित्त सीईओ बनाएका उनले ९ महिना नबित्दै शर्मालाई हटाएर तेस्रो वरियताका दिपेश लम्साललाई हालै मात्र कामु सीईओको जिम्मेवारी दिएका छन्। 

उनको यस निर्णयले बैंकका संचालकहरु माझ मात्र नभई कर्मचारीहरुमा समेत विभाजन देखिएको छ। पहिलो र दोस्रो वरियताका लाई मिचेर जसको नेतृत्त्वमा बिगतमा मनकामना विकास बैंक समस्याग्रस्त बनेको थियो, उसैलाई जिम्मेवारी दिएपछि महालक्ष्मीमा विवाद उत्कर्षमा पुगेको हो। 

आफूखुसी उच्च तहका कर्मचारी चलाउन थालेपछि यसले लाखौँ सर्वसाधारणको अरबौं रुपैयाँ जोखिममा पर्न सक्ने र यसले समग्र वित्तीय क्षेत्रलाई नै समस्यामा तान्न सक्ने राष्ट्र बैंकको बुझाई रहेको छ। त्यसैले अध्यक्ष उपाध्यलाई केहि साता अगाडी मात्र स्पष्टिकरण सोधिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

सबै सरोकारवालालाई डाकेर बार्षिक साधारणसभा डाक्दा आफ्ना यी क्रियाकलाप माथि सार्वजनिक रुपमै प्रश्न उठ्न सक्ने भएकाले अध्यक्ष उपाध्य तथा कामु  सीईओ लम्सालले भर्चुअल मार्फत बार्षिक साधारणसभा डाकेको बैंककै उच्च स्रोतको दाबि छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved