काठमाडौंमा शाइन रेसुङ्गाको शानदार इन्ट्री, यस्तो छ ३ जिल्लेदेखि राष्ट्रिय स्तरसम्मको यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 04:46:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलको रुपन्देहीमा कार्यथलो बनाएर संचालनमा आएको शाइन रेशुङ्गा स्थापनाको बाह्र बर्षको अवधीमा राष्ट्रिय स्तरको विकास बैंक बन्दै संघीय राजधानी काठमाडौं प्रवेश गरेको छ। 

काठमाडौंका पाँच स्थानहरु नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउदा शाइन रेसुङ्गाले संघीय राजधानी अर्थात कुल बैंकिङको झन्डै ६० प्रतिशत हिस्सा ओगट्ने काठमाडौंमा आफ्नो उपस्थिति जनाएको हो। काठमाडौंमा ५ शाखा संचालनमा ल्याएसँगै शाइन रेशुङ्गा विकास बैंकको कुल शाखा ८० पुगेका छन्। 

२०६५ सालमा ६५ जना संस्थापक सेयरधनीले ३ जिल्ले बिकास बैंकको रुपमा बुटवलमा स्थापना गरि संचालनमा ल्याएको शाइन गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुङ्गालाई २०६९ सालमा मर्जर गरेर १० जिल्ले कार्य क्षेत्र भएको शाइन रेशुङ्गा विकास बैंकको रुपमा संचालनमा आएको विकास बैंक हो। 

३ जिल्ले हुँदै राष्ट्रिय स्तरको बिकास बैंक बन्ने क्रममा शाइन रेशुङ्गामा अहिलेसम्म ५ वटा बिकास बैंक मिसिएका छन्। रुपन्देहीको ३ जिल्ले कार्य क्षेत्र भएको शाइन, गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेशुङ्गा, बाँकेको भार्गव, रुपन्देहीको पुर्णिमा र गौमुखी मिलेर शाइन रेशुङ्गा बिकास बैंक बनेको हो। 

२०६९ चैतमा रेशुङ्गा, २०७३ जेठ २९ मा गौमुखी, त्यसपछि भार्गव, २०७६ असार २७ मा पुर्णिमालाई मिलेर बनेको शाइन रेशुङ्गाले २०७५ मङ्सिर १० गते राष्ट्रिय स्तरको विकास बैंक बनेको हो। नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंक भएको झन्डै डेढ बर्षपछि मात्रै शाइन रेशुङ्गाले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा नेपालको बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति जनाएको हो। बैंकको केन्द्रिय कार्यलय रुपन्देहीमा रहेको आफ्नै भवनमा छ। 

२०६५ सालमा १ करोड चुक्तापुंजीले संचालनमा आएको शाइन आज १२ बर्षको अवधिमा ४ अर्बको पुंजीकोष भएको विकास बैंक बन्न सफल भएको छ। त्यस्तै २०६५ सालमा १ शाखा रहेको विकास बैंक आज ८० शाखा कार्यलय सहित राष्ट्रिय स्तरको विकास बैंक बनेको छ। 

यस अवधिमा शाइन रेशुङ्गाको चुक्ता पुंजी ४ अर्ब प्लस रहेको छ। उसको कुल निक्षेप ३३ अर्ब रहेको छ भने कुल कर्जा लगानी ३० अर्ब रहेको छ। शाइनले कुल ४ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ भने प्रत्यक्ष रुपमा ८०० प्लसलाई रोजगारी दिएको छ। 

ग्रामिण क्षेत्रमा वित्तीय पहुँच, शुसासन र ग्राहकहरुको बिश्वासका कारण १२ बर्षको अवधिमा राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको सफलताको कथा सुनाउदै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ग्राहकले खोजेको जस्तो बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। 

"त्यो बेला पनि अवस्था चुनौतिपूर्ण थियो र अहिलेपनि अवस्था चुनौतिपूर्ण छ, ५० प्रतिशत भन्दा बढी बैंकिङ व्यवसायको हिस्सा भएको काठमाडौं प्रवेश गर्दै गर्दा चुनौती पनि थपिएको छ, तर बैंकले जे गर्नुपर्ने हो त्यो हामि गर्छौं र प्रत्येक व्यक्तिले खोजेको जस्तो बैंकिङ सेवा दिने प्रतिबद्धता गर्छौं" बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए। 

शाइन रेशुङ्गा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल

शाइनले संचालनमा आएको १०० दिनमा २०६५ फागुन ११ गते अर्घाखाँचीमा आफ्नो पहिलो शाखा बिस्तार गरेको स्मरण गर्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले आफुहरु त्यो बेलापनि अर्घाखाँचीमा निजि निजि क्षेत्रको बैंकमा पहिलो शाखा खोल्ने विकास बैंक बनेको सुनाए। 

अध्यक्ष पौडेलले १२ बर्षको यात्रामा ८० शाखा सहितको राष्ट्रिय स्तरको विकास बैंक हुँदै काठमाडौंमा प्रवेश गरेकोमा खुसि व्यक्त गर्दै बैंकको ब्याजदर र यसको सेवाले काठमाडौंका व्यवसायीलाई आकर्षण गर्न सफल हुने बिश्वास व्यक्त गरे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved