बुढानीलकण्ठः भीआईपीको जक्सनदेखि र रियलस्टेटको हट स्पटसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 10:43:57 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बुढानीलकण्ठ धार्मिक महत्वको क्षेत्र हो । पूर्वी र पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरु काठमाडौँ आउँदा बुढानीलकण्ठ दर्शनका लागि पुग्छन् । यति मात्रै नभई, स्वच्छ हावा, केही उचाईको स्थान, सफा पर्यावरणका कारण बिदाको दिन बुढानीलकण्ठमै मानिसहरु पुग्ने गरेका छन् । 

मुख्य सडक (चक्रपथ) बाट नजिकै तर कोलाहलबाट टाढा रहेको बुढानीलकण्ठ अहिले धार्मिकसँगै रियलस्टेट व्यवसायको केन्द्रको रुपमा पनि विकसित भएको छ । 

पर्यटक तानिँदै 

नारायणगोपाल चोक (महाराजगञ्ज) बाट ६ किलोमिटरको दूरीमा रहेको बुढानीलकण्ठ शिवपुरी राष्ट्रिय निकुञ्जको अलिक तल पर्छ । शान्त र सुन्दर पर्यावरण भएकाले मानिसहरु समय निकालेरै घुम्न पुग्ने गरेका छन् । स्तरीय होटलको सुविधाले पनि त्यस क्षेत्रमा पर्यटक तानिरहेको छ । 

बिहान ‘मर्निङ वाक’ का लागि मानिसहरु महाराजगञ्ज, बसुन्धरा, टोखा, ग्रिनल्याण्डदेखि मानिसहरु शिवपुरी जंगल पुग्छन् । जंगलको स्वच्छ हावा, चराचुरुंगीका चिरबीरचिरबीर आवाज, बुढानीलकण्ठ मन्दिरमा बिहानै शंख घण्टाका मधुर ध्वनी, धूप वत्तीको बासनाले मानिसहरुलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।

शान्त ठाउँमा बसेर केही दूरगामी निर्णयका लागि उच्च पदस्थ अधिकारीहरु पनि बुढानीलकण्ठका रिसार्टमा पुग्ने गर्छन् । यसले धार्मिकसँगै, खर्चालु र पर्यावरण प्रेमी पर्यटकहरुलाई पनि क्रमश बढाईरहेको व्यवसायीहरु बताउँछन् ।

रियलस्टेटको हट स्पट

बुढानीलकण्ठ व्यवस्थित बस्ती विकासको योजना बनाएर बस्ती बसालिएको क्षेत्र भने होइन । तर, अहिले यो क्षेत्र आकर्षक आवासीय क्षेत्रका रुपमा परिचत भईसकेको छ । 

उच्च तहका नेता, व्यवसायीक घरानाका मालिकहरु बस्न थालेपछि बुढानीलकण्ठ आवासीय क्षेत्रका रुपमा रुपान्तरण हुँदै गएको आवास विज्ञ किशोर थापा बताउँछन् । सो क्षेत्रमा अहिले पनि मानिसहरु जग्गाको खोजीमा हिडिरहेको भेटिने र पैसा हुनेले ठूलै बंगला बनाएर बसिरहेको उनको भनाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस महामन्त्री शशांक कोइराला र काँगस नेता रामशरण महत र राप्रपाका अध्यक्ष कमल थापालगायत शीर्ष नेताहरुको घर बुढानीलकण्ठमै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य पनि बुढानीलकण्ठमै बस्छन् । कांग्रेस नेतृ सुजाता कोइराला पनि बुढानीलकण्ठबाट नजिकै पर्ने मण्डिखाटारमा बस्छिन् ।

उच्च तहका नेता र ठूला व्यापारीहरुको जक्सनका रुपमा विकास हुँदै गएकाले बुढानीलकण्ठ अहिले आवासीय क्षेत्रहरुमध्ये पहिलो रोजाइमा पर्न थालेको आवास विज्ञ र रियलस्टेट व्यवसायीहरुको बुझाई छ । 

यो पनिः
काठमाडौँका भीआईपी एरियाः जहाँ बस्नु ‘स्ट्याण्डर्ड’ मानिन्छ

भंगाल, गणेश चोक, चपली नारायणस्थान, मुहानपोखरी लगायतका ठाउँमा मानिसहरु जग्गाको खोजीमा हिडिरहेका हुन्छन् । बुद्ध कोलोनी, बुढानीलकण्ठ भिल्ला, कम्फर्ट हाउजिङ, कैलाश कोलोनी, सिद्धार्थ कोलोनी सो क्षेत्रका व्यवस्थित कोलोनी हुन् । हात्तीगौँडामा चौधरी समूहको हाउजिङ छ । नजिकै टोखामा ग्राण्डी अपार्टमेन्ट पनि छ । 

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, विद्युत, खानेपानी, बजारलगायत सबै सुविधाको उपलब्धताले पनि मानिसहरुलाई तानिरहेको छ । बुढानीलकण्ठको कुनाकुनामा पनि जग्गाको भाउ अचाक्ली बढेको छ । केही खाली ठाउँमा आनाको १५ देखि ६० लाख रुपैयाँसम्म पर्ने जग्गाहरु उपलब्ध भएकाले सबै वर्गका मानिसहरु बुढानीलकण्ठमा जग्गा खरिदका लागि लालायित हुने गरेको रियलस्टेट व्यवसायीले बताउने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved