पाइपबाटै भान्छासम्म ग्यास पुग्ने ‘अर्बन स्पेस’ हाउजिङ निर्माण सुरु, कहिले हुन्छ तयार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2021 | 08:11:39 AM मा प्रकाशित

laxmi  sunrise bank

‘अर्बन प्लानर’ विपिन गैरे शहरहरु सुन्दर बनाउने हुटहुटीमा छन् । उनले आजसम्म बनाएका २५० घरहरुबाट आत्मसन्तुष्टि नमिलेपछि सुन्दर शहर बनाउन सुरुमा ‘ब्यूटीफुल भिलेज’ बनाउनुपर्छ भन्ने लागेर विपिनले ललितपूरको सातदोबाटोमा ‘अर्बन स्पेस’ को उद्घाटन गरेका छन् ।

‘हालसम्म मैले २५० घर निर्माण गरिसकेँ, घरहरु सुन्दर बने भने शहर सुन्दर हुन्छ, हामी जस्ता प्लानरको दायित्व भनेको पनि शहरलाई सुन्दर बनाउनु हो’ विपिन भन्छन्, ‘त्यसैले पहिलो चरणमा हामीले ‘अर्बन स्पेस’ नाम दिएर सातदोबाटोमा यसको शिलान्यास गरेका छौँ ।’

विपिन अर्बन स्पेसको संस्थापक हुन् ।

अर्बन स्पेसको शिलान्यास

७ वर्षदेखि हाउजिङ डेभलपरको काम गर्दै आएका विपिनले अर्बन स्पेसको नामबाट ललितपुरको सातदोबाटोमा चिटिक्कको हाउजिङ परियोजना बनाउँदैछन् । शनिबार पूर्व मिस नेपाल श्रृङखला खतिवडामार्फत अर्बन स्पेसको शिलान्यास सम्पन्न भएको छ ।

‘मैले अहिलेसम्म २५० घर बनाएँ तर, चित्त बुझेन’ विपिन भन्छन्, ‘त्यसैले पाइलट प्रोजेक्टको रुपमा१२ वटा घरसहितको हाउजिङ बनाउने काम सुरु गरेको छु, यसले नेपालको हाउजिङ क्षेत्रमा एकदमै फरकपन दिलाउने अपेक्षा लिएको छु ।’

पछाडी पट्टि लगाउने पर्खाल हटाउँदा हाउजिङ भित्रका घर (११ घर) मा बस्ने सबैले सबैलाई प्रत्यक्ष रुपमा छिमेकी स्वीकार गर्न सक्नेछन् । ८ आनाको खुला ठाउँ भएकाले सबै घरका मानिसहरु खाली ठाउँ जति सबैमा हिडडुल गर्न सक्नेछन् ।

एकै मोडल र बराबरी क्षेत्रफल

अर्बन स्पेसले एकै मोडल र एउटै क्षेत्रफल (बराबरी क्षेत्रफल) का घर बनाउन लागेको हो । यसले समान आर्थिक हैसियत, समान सामाजिक प्रतिष्ठा र हामी सबै बराबर हौँ भन्ने मानसिकताको विकास गर्ने विपिनको दाबी छ ।

घर केवल घाम पानी छेक्ने छानो मात्रै नभई प्रतिष्ठासँग जोडिएको सम्पत्तिसँगै वर्षौसम्म टिक्ने पनि हुनुपर्ने विपिनको बुझाई छ । 

‘घर ओत मात्रै होइन, चिटिक्क परेको राम्रो, वर्षौ टिक्ने, पाहुना आउँदा पनि व्यवस्थित रुपमा राख्न सकिने खालको हुनुपर्छ’ उनी भन्छन्, ‘यो आवश्यकता पूरा गर्ने हाम्रो अभियान हो ।’

पाइपबाटै ग्यास

घर बनिसकेपनि घरधनीले अनेक झन्झट ब्यहोरिरहनु परेको अबस्थामा अर्बन स्पेसले अब घरधनीले बिना कुनै तनाव घरमा बस्न सक्ने व्यवस्था गरेको छ । 

ग्याँस सकियो, पानी सकियो, गर्मीमा घरभित्र ज्यादै गर्मी बढ्यो, जाडोमा कोठामा घाम छिरेन, छिमेकीको झगडाले डिस्टर्ब गर्यो, पाहुना आउँदा पार्किङ छैन, बालबच्चा खेल्ने खुला ठाउँ छैन, ढलको व्यवस्थापन भएन। बिजुली आएन जस्ता कुराहरु घर धनीका लागि निकै सास्तीका विषय बन्दै आएका छन् । तर, विपिनले निर्माण सुरु गरेको अर्बन स्पेस हाउजिङमा यी कुनै पनि विषय घरधनीको चिन्ताको विषय बन्दैनन् ।

किनकी, पाइपलाइनमार्फत चुल्होमै २४ सैँ घण्टा ग्यास उपलब्ध हुन्छ । पानी पनि २४ सैँ घण्टा उपलब्ध हुन्छ । ट्यांकी खाली भएपछि आफैँ मिटर चल्ने र भरिएपछि आफैँ बन्द हुने स्वचालित प्रणाली जडान हुनेछ । बिलको आधारमा एकमुष्ट पैसा तिर्न सकिने व्यवस्था हुनेछ ।

युरोपियन स्ट्यान्डर्डमा बन्ने यो हाउजिङ परियोजना भित्रका १२ घरमध्ये ११ वटा मानिसहरु बस्ने र एउटा सर्भिस ब्लक हुनेछ । हाउजिङ भित्रका ११ घरका सबै आवश्यकता सोही सर्भिस ब्लकमार्फत पूरा गरिने छ ।

जाडो याममा घरलाई न्यानो राख्न सेन्ट्रल हिटिङ प्रविधिको प्रयोग गरिनेछ । यो जडान भएपछि गर्मीमा एसी र जाडोमा हिटर चाहिँदैन । कति तातो बनाउने भन्ने आफैँले कन्ट्रोल गर्न सकिन्छ ।

‘ठाउँ जोगाउनुपर्छ, अलिकति भएको खाली ठाउँको पनि प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन हामीले यसो गर्न लागेका हौँ’ विपिनले भने, ‘हाम्रो जग्गा त थोरै छ, यो तन्काउन मिल्दैन, त्यसैले जति सकिन्छ यसैलाई व्यवस्थित गर्न सकियो भने अहिले एउटा सुन्दर टोल छिमेक बनाउँदै भविष्यमा सुन्दर शहर बनाउन सकिन्छ ।’

अर्बन स्पेसले बनाउने हरेक घर दुबैतिर फर्किएका हुनेछन् । यसले कता फर्किएको घरमा बस्दा राम्रो हुन्छ भन्ने वास्तु हेराउनेहरुका लागि पनि समस्या हुनेछैन । ३ आनामा प्रत्येक घरमा २ वटा कार पार्किङ गर्न सकिने क्षमता हुनेछ । ३.५ तल्लामा बन्ने घरका कुनै पनि सदस्य खाली ठाउँ (८ आना) भरी निर्वाध रुपमा हिडडुल गर्न सक्नेछन् । यसको अर्थ ३ आनामा नभई ११ आनामा बसेको जस्तो अनुभव प्राप्त हुनेछ । 

‘३ आनामा घर बन्छ, त्यो लालपुर्जासहितको सम्पत्ति व्यक्तिको नाममा रहन्छ, बाँकी राखिएको घरहरुबीचको ८ आना जग्गा चाँहि साझा हुन्छ’ विपिनले भने ।

हरेक २ घरको बीचमा पर्ने गरी सीसी क्यामेरासहित फायर फाइटिङ जडान गरिएको छ । 

घरमा किचन, डाइनिङबाहेक ४ वटा बेडरुम हुनेछन् । बेडरुम पिच्छे ४ बाथरुम र एउटा साझा प्रयोगका लागि गरी हरेक घरमा जम्मा ५ वटा बाथरुम बनाईनेछ । 

मूल्य कति ?

कम्पनीले घरको बुकिङ खुल्ला गरेको छ । अहिले १० प्रतिशत रकम दिएर बुकिङ गर्न सकिनेछ । एउटा घरको सुरुवाती मूल्य ३ करोड ६० लाख छ । 

विपिनले आगामी २ देखि ३ वर्षभित्र ३ सयको संख्यामा घरहरु रहने गरी यही मोडलको हाउजिङ बनाउने लक्ष्य पनि लिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved