घर बनाउँदा कति जग्गा खाली छोड्नुपर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 04:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहले आफ्नो पालिका क्षेत्रभित्र घर बनाउँदा पालना गर्नुपर्ने नियम बनाएका छन् । केन्द्रमा पनि केन्द्र सरकारले भवन निर्माण संहिता बनाएर अनिवार्य पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको अवस्थामा देशका विभिन्न नगरपालिकाहरुले पनि आफू अनुकल संहिता बनाएका छन् ।

घर बनाउँदा तोकिएका मापदण्ड पालना नगरे नगरपालिकाले नक्सा पास प्रमाणपत्र वा भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिँदैन । ग्राउन्ड कभरेज रेसियो (जीसीआर), फ्लोर एरिया रेसियो (एफएआर) र घरको उचाई (ओभरअल हाइट’ मापदण्ड पालना गर्नुपर्छ । 

ग्राउन्ड कभरेज रेसियो

घर बनाउँदा अनिवार्य पालना गर्नुपर्ने मापदण्ड भित्र पर्छ ग्राउन्ड कभरेज रेसियो (जीसीआर) । कुल जग्गाको कति प्रतिशत जग्गा खाली छोडेर बनाउने भन्ने कुरा नै जीसीआर हो । 

घर बनाउँदा जीसीआर न्यूनतम ३० प्रतिशत छाड्नुपर्छ । कुल जग्गाको ७० प्रतिशत क्षेत्रफलमा मात्रै घर बनाउन पाइन्छ ।

‘कोर शहरी क्षेत्रमा २० प्रतिशत खाली जोडेर ८० प्रतिशत जग्गामा घर बनाउन पाइन्छ,’ केएसएम सर्भिसेजका सञ्चालक नृपेश तण्डुकार भन्छन्, ‘देशका कतिपय ठाउँमा भने ४० प्रतिशत जग्गा खाली छोडेर ६० प्रतिशतमा मात्रै घर बनाउन पाउने नियम पनि छ । यो चाहिँ ठाउँ र जग्गा कति छ भन्नेमा भर पर्छ ।’  

कोर सिटी एरियामा पुराना घर भत्काएर नयाँ घर बनाउँदा आफ्नो भएको सबै जग्गा प्रयोग गरेर घर बनाउन सकिन्छ । तर, पहिला घर नबेको ‘फ्रेस’ ठाउँमा घर बनाउनु परे २० प्रतिशत जग्गा खाली छाड्नुपर्ने र ८० प्रतिशत जग्गामा मात्रै घर बनाउन पाउने व्यवस्था छ ।

‘एरियासँगै जग्गाको क्षेत्रफलले पनि जीसीआर फरक पार्छ’ तण्डुकार भन्छन्, ‘यदि ८ आना जग्गामा घर बनाउँदा ३० प्रतिशत खाली छोडेर ७० प्रतिशतमा घर बनाउन सकिन्छ । तर, ८ आनाभन्दा बढी जग्गा भएमा ६० प्रतिशतमा घर बनाएर ४० प्रतिशत जग्गा अनिवार्य छोड्नुपर्छ ।’

फ्लोर एरिया रेसियो

फ्लोर एरिया रेसियो (एफएआर) घर कति अग्लो बनाउने भन्ने मापदण्ड हो । कति क्षेत्रफलमा कति अग्लो घर बनाउने भन्ने मापदण्ड पनि ठाउँ अनुसार नै निर्धारण हुने गर्दछ ।

देशका अधिकांश नगरपालिकाले एफएआर १.७५ निर्धारण गरेका छन् । काठमाडौँमा भने २.५, ३.५, ४.५ सम्म तोकिएको छ । १५ सय स्क्वायरफिट क्षेत्रफलमा घर बनाउँदा सो क्षेत्रमा २.५ एफएआर तोकिएको छ भने आफ्नो जग्गामा १५००×२.५=३००० स्क्वायर फिटको घर बनाउन सकिनेछ । 

ओभरअल हाइट

घर बनाउँदा चाहेजति तल्ला राखेर चाहेजति अग्लो घर बनाउन पाइँदैन । काठमाडौँ महानगरपालिकाभित्र १७ मिटरसम्मको घर बनाउन पाइन्छ । यदि १७ मिटरभन्दा अग्लो भवन बनाउनु परेमा डिजाइन नै फरक बनाउनुपर्ने हुन्छ । 

काठमाडौँमा ९.५ फिट उचाइका कोठा बनाउँदा १७ मिटरको मापदण्ड भित्र रहनुपर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved