मर्जरको 'दबाब' मा रहेका यी ५ वाणिज्य बैंक मध्ये कुन बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 10:53:23 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरको दबाबमा रहेका भनिएका पाँच बाणिज्य बैंकहरुमा कुमारी बैंकले तेस्रो त्रैमासमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। सामान्यतया मर्जरको चर्चा हुनासाथ यी बैंकहरुको नाम सबै भन्दा अगाडी लिईने भएकाले यस सुचिमा यी पाँच बाणिज्य बैंकलाई एक साथ राखेर विश्लेषण गरिएको हो।

बाणिज्य बैंकहरुमा टप टेनको सुचिमा राखिदै आएका बैंकहरुलाई समेत चुनौती दिंदै कुमारी बैंकले यस अवधिमा उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

 चालु आर्थिक बर्षको नौं महिनामा कुमारी बैंकले १ अर्ब ८० करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको वितरणयोग्य मुनाफा पनि झन्डै १ अर्बको हाराहारीमा रहेको छ।   त्यस्तै नेपाल बंगालदेश बैंकले कुमारी बैंकलाई पछ्याउदै यस आर्थिक बर्षको चैत मसान्तसम्ममा १ अर्ब ६३ करोड खुद मुनाफा आर्जन गरेको छ भने वितरणयोग्य मुनाफा नेपाल बंगालदेश र कुमारी बैंकको समान ९८ करोड रहेको छ।

त्यस्तै यी ५ बाणिज्य बैंकमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक १ अर्ब १० करोड खुद मुनाफा सहित तेश्रो स्थानमा रहेको छ भने चौथोमा ५० करोड खुद मुनाफा सहित सिभिल र पाँचौंमा ३५ करोड सहित सेन्चुरी बैंक रहेको छ। 

त्यस्तै जगेडाको आधारमा यी पाँच बाणिज्य बैंक मध्ये नेपाल बंगलादेश बैंक सबैभन्दा बलियो देखियो छ। यस अवधिमा नेपाल बंगालदेशको  जगेडा कोषमा ४ अर्ब ७८ करोड रहेको छ भने एनसीसीको ३ अर्ब ९ करोड रहेको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved