‘घर बहाल कर’ तोक्दै काठमाडौँ महानगर, कर छल्ने ‘घरबेटी’ को पहिचान पनि हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2021 | 10:48:38 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा घरभाडावापत कर कति तिर्ने भन्ने दर तोकिने भएको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ देखि घर बहाल करको दर तोक्न लागेको हो । बाहिरि जिल्लाबाट विभिन्न कामका लागि काठमाडौँ आएर कोठा भाडामा बस्दै आएका नागरिकहरुबाट घरधनीहरुले आफूखुशी भाडा उठाएको भन्दै महानगरले यस्तो व्यवस्था गर्न लागेको हो ।

महानगरले सबै घर तथा जग्गा धनीहरुलाई करको दायरामा ल्याउन न्यूनतम बहाल करको दर तोक्न लागिएको जनाएको छ । बहाल कर तोक्ने विषय महानगरको राजश्व परामर्श समितिबाट पारित भईसकेको छ । अब कार्यपालिकाबाट पारित भएर आगामी नगरसभाबाट पास भएपछि महानगर क्षेत्रभित्र न्यूनतम बहाल कर लागू हुनेछ ।

मापदण्ड के ?

महानगरले बहाल कर न्युनतम दर तोक्नका लागि सम्पत्ती करमा जग्गाको बाटो अनुसार तोकिने न्यूनतम दरलाई नै आधार बनाउने भएको छ । बाटो र ठाउँ हेरेर क्षेत्रगत रुपमा न्यूनतम बहाल कर तोकिने महानगरपालिकाका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीको भनाई छ ।

उनका अनुसार सबैलाई करको दायरामा ल्याउन महानगरले यस्तो विधि अपनाउन लागेको हो । डा. अधिकारीले ठाउँ अनुसार प्रतिस्क्वायर फिटको १५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म बहाल कर तोक्ने तयारी भईरहेको बताए ।

घर भएकाृ स्थान, सो क्षेत्रमा भएको सडकको चौडा र घरको तला अनुसार फरक फरक दर कायम हुनेछ । आवश्यक सबै अध्ययन गरेर वैज्ञानिक हिसाबले नै घर बहाल कर निर्धारण गर्न लागिएको र यसले घर धनीलाई करको दायरामा ल्याउने उनको विश्वास छ ।

वार्षिक ५ अर्ब राजश्व उठ्ने दाबी

अहिले काठमाडौँमा घरधनी आफैँले तोकेर घर तथा कोठा भाडामा लगाउँदै आएका छन् । भाडामा बस्नेसँग लिने बहालको दर अनुसार घर धनीले राजश्व नबुझाउँदा महानगरले अपेक्षाकृत राजश्व संकलन गर्न नसकेको र महानगर क्षेत्रभित्रका आधा भन्दा बढी घरधनीले बहाल उठाएवापत कर नतिरेको महानगरको निष्कर्ष छ ।

आर्थिक वर्ष २०७६/७७ मा महानगरले एक अर्ब ७० करोड रुपैयाँ बहाल कर उठाएको थियो । चालु वर्षमा २ अर्ब उठाउने लक्ष्य भएपनि चैतसम्म लक्ष्यको ६० प्रतिशत मात्र बहाल कर उठेको छ । अहिले कारोनाको दोस्रो लहर सुरु भएकाले लक्ष्य अनुसार राजश्व नउठ्नेमा महानगर जानकार छ । तर, न्यूनतम बहाल कर तोकिएपछि ५ अर्ब रुपैयाँ बहाल कर उठ्ने दाबी महानगरको छ । 

घरधनीले कोठा, सटर तथा घर नै भाडामा लगाउँदा भाडामा लिनेसँग गर्ने सम्झौता ‘हजार’ मा हुने तर लिने रकम चाहिँ ‘लाख’ हुने भएकाले महानगरले सम्झौता अनुसारको बहाल कर लिनुपर्ने बाध्यता छ । यसरी सम्झौता एकातिर र उठाउने बहालको दर अर्कोतिर हुन पुगेको देखेरै महानगरले मध्यमार्गी बाटो पहिल्याएको महानगरपालिकाका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीको भनाई छ ।

सबैले भाडा लिने र देखाउने सम्झौता फरक–फरक हुने भएकाले घरधनीले भाडावालबाट लिएको रकम बराबरै राजश्व उठ्नेमा भने महानगर अझै विश्वस्त छैन । तर, ठाउँ र बाटो अनुसार बहाल कर तोकेपछि अहिले उठिरहेको राजश्व भने बढ्ने दाबी छ ।

‘पर स्क्वायर फिट, बाटोको उपलब्धता र घरको तल्लालाई आधार मानेर कर तोकिएपछि सबै घरहरुले तोकिएको कर बुझाउनुपर्छ’ डा. अधिकारी भन्छन्, ‘यसो हुँदा अहिले घर बहाल कर नतिरी बसेका आधा घरबेटीहरु कर तिर्न बाध्य हुन्छन् । उनीहरुले भाडामा बस्नेसँग लिने भाडा दरकै आधारमा कर नतिनरेपनि कम्तीमा दायरामा त आउछन्, यसले अहिले उठिरहेको घर बहाल कर दोब्बर हुने देखिन्छ ।’

घर धनीहरुले घर बहाललाई व्यवसाय नै बनाएको भएपनि कर छली गर्ने नियतका कारण सबैलाई करको दायरामा ल्याउन नसकिएको स्वीकार गर्दै महानगरले अब प्रस्तावित नीति कार्यान्वयनमा आएको खण्डमा घर बहाल कर नतिर्ने घरबेटीहरुले कर नतिरी सुखै नपाउने दाबी गरेको छ । यदि, यो नियम पालना नगरे कसले बहाल कर तिरेको छैन भन्ने ठ्याक्कै पत्ता लाग्ने छ । यसले गर्दा पनि घरधनीहरुलाई करको दायरामा आउन दबाब हुने महानगरको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved