३ घण्टा पसल खुल्दा कोरोना नलाग्ने, ‘ई–कमर्श’ले ‘होम डेलिभरी’ गर्दा खतरा हुने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 02:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

जारी निषेधाज्ञामा खाद्यान्न सामग्रीको अभाव नहुने तथ्यांक आईरहेको छ । तर, सहज उपलब्धतामा भने समस्या सिर्जना भएको छ । अनलाइनमार्फत घर घरमै सामान पुर्याउने ‘ई–कमर्श’ कम्पनीहरुलाई चल्न नदिने भएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना हुने क्रम सुरु भएको छ ।

‘हाम्रो लकडाउन, निषेधाज्ञा कडा खालको भएन, कडा खालको निषेधाज्ञा गर्न ई–कमर्शलाई विश्वास गरिनुपर्थ्यो’ एक जना विज्ञ भन्छन्, ‘घर घरमा सामान पुर्याउने, बाटोमा पनि मोटरसाइकल वा भ्यानमा बढीमा २ जना हिड्ने ई–कमर्श वालाहरुबाट चाहिँ जोखिम हुने, अनि दिनको ३ घण्टा सबै खालका बजार खुल्न दिँदा चाहिँ जोखिम नहुने भन्ने यो कस्तो खालको लकडाउन हो बुझ्न सकिएन ।’

‘अनलाइन कारोबारलाई प्राथमिकता दिएका छौँ’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने अनलाइन कारोबारलाई प्राथमिकतामा राखिएको दाबी गरेको छ । उपत्यकाको चक्रपथभित्र अनलाइनमार्फत अर्डर लिएर सामान पुर्याउने व्यवस्था मिलाईएको खाद्यलको भनाई छ ।

चामल, दाल, तेल, सिमी, मार्सी चामल, खाना पकाउने ग्याँस सिलिण्डर उपलव्ध गराउने उद्देश्यले चक्रपथभित्र अनलाइनमार्फत बिक्री वितरणको व्यवस्था गरिएको खाद्यले जनाएको छ । ‘सस्तो डिल’सँग समन्वय गरी उपत्यकाभित्र होम डेलिभरीको व्यवस्था पनि गरिएको छ ।

तर, अनलाइन कारोबारलाई प्रोत्साहन गर्न यो मात्रै पर्याप्त नभएको इ–कमर्शका अभियान्ताहरु बताउँछन् ।

खाद्यान्नको बिक्री कहाँबाट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय र नक्खु गोदामबाट खाद्य सामग्री बिक्रि गरिरहेको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खाद्यान्नको बिक्री भईरहेको खाद्यले जनाएको छ । 

कम्पनीको रामशाहपथ र भक्तपुरको सूर्यविनायक विक्री कक्षबाट भने बिहान ७ बजेदेखि ११ बजेसम्म बिक्रि खुला गरिएको कम्पनीले जनाएको छ । 

साल्ट ट्रेडिङ कर्पाेरेसनले ललितपुर, कालीमाटी, सतुगंल, कोटेश्वर, भक्तपुर र बनेपाको बिक्री केन्द्रबाट नुन र चिनी बेचिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved