महामारीमा उद्योगी व्यवसायीको मल्हम, कसले कति गरे सहयोग ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 19, 2021 | 11:53:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ ले मूलुक अहिले आक्रान्त छ । सरकारले गरेका प्रयासहरु खासै उपलब्धि मूलक नदेखिएपछि निजी क्षेत्रसँग सहयोगको अपिल गरिरहेको छ । विभिन्न देशमा जस्तै उद्योगी व्यवसायीहरु आफ्नो क्षमता अनुसार सहयोगमा जुटेका छन् । 

सरकारी प्रयासलाई आर्थिक सहयोग मात्रै नभई विभिन्न क्षेत्रमा आईशोलेशन सेन्टर निर्माण, अक्सिजन सिलिण्डर सहयोग, अक्सिजन प्लान्टको स्थापना लगायतम उद्योगी व्यवसायीहरु लागिरहेका छन् । 

बिनोद चौधरी

नेपालका एक मात्र अर्बपति बिनोद चौधरीको चौधरी ग्रुपले अघिल्लो वर्षको लकडाउनमा जस्तै यसवर्ष पनि आर्थिक र भौतिक सहयोग गरिरहेको छ । चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउण्डेशनले १० करोड रुपैयाँ खर्च गर्दैछ । 

धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको चौधरी फाउण्डेशनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाउँदैछ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ । एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डरमा अक्सिजन भर्न सकिने बताईएको छ ।

शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छा गोल्छा अर्गनाईजेशनका कार्यकारी निर्देशन हुन् । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् । 

सिंगापुरको टेमासेक फाउण्डेशनबाट अनुदानमा प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरेर ल्याएर सरकारलाई दिएको गोल्छा अर्गनाईजेशनले आफ्ना विभिन्न कम्पनीमार्फत छुट्टा छुट्टै सहयोग पनि गरिरहेको छ ।

विजयकुमार शाह

जावलाखेल गु्रप अफ इन्डन्ट्रिजका अध्यक्ष विजयकुमार शाहले काभ्रेको धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरे । गत आर्थिक वर्षमा सरकारलाई सबैभन्दा बढि आयकर तिर्ने करदातासमेत रहेका शाहले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डर खरिदका लागि उक्त रकम सहयोग गरेका हुन् ।

दिपक मल्होत्रा

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षसमेत रहेका दिपक मल्होत्रा आइएमएस ग्रुपका अध्यक्ष हुन् । अक्सिजन सिलिण्डरको अभाव भएपछि उनले चीनबाट ल्याएर द्द हजार २५० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

डी.एम. फाउण्डेशनमार्फत सामाजिक काम गर्दै आएका मल्होत्राले चीनबाट अर्डर गरेका ल्याएका अक्सिजन सिलिण्डर केही अस्पताललाई निशुल्क वितरण गरेका छन् । काठमाडौँमा आईसकेका सिलिण्डर संघ संस्थाको रोहवरमा वितरण हुँदैछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved