मदिरा उद्योग सुरु गर्न र क्षमता बढाउन अब नयाँ नियम, तोकिए यस्ता मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 03:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अब मदिरा तथा वियर उद्योगको अनुमति लिन नयाँ व्यवस्था आएको छ । मदिरा तथा बियर सम्बन्धी मापदण्ड सार्वजनिक गर्दै उद्योग विभागले मदिरा/वियर उद्योगको अनुमति प्रदान गर्ने सम्बन्धमा विशेष व्यवस्था गरेको हो ।

नयाँ अनुमतिका लागि मात्रै नभई सञ्चालनमा रहेको उद्योगहरुले क्षमता बढाउने सम्बन्धमा पनि धरौटी रकम जम्मा गर्नुपर्ने प्रावधान छ । साविककै व्यवस्थामा केही परिवर्तन गरी नयाँ व्यवस्था गरिएको विभागले जनाएको छ ।

धरौटी राख्नुपर्ने फिर्ता हुने अवस्था

अ) मदिरा एवं वियर उद्योग स्थापनाको अनुमति प्राप्त गर्न विभागमा आवेदन साथ रु. ५ लाख धरौटी बापत जम्मा गर्नु पर्नेछ । उक्त धरौटी अनुमति प्राप्त नभएमा वा उद्योगको व्यवसायिक उत्पादन शुरु भएको प्रमाण पेश गरे पश्चात मात्र फिर्ता गरिनेछ । अनुमति प्रदान गर्दा तथा उद्योग दर्ता गर्दा तोकिएका शर्तहरु तथा स्वीकृत मापदण्ड अनुरुप कार्य नगर्ने उद्योगले राखेको धरौटी जफत गर्न सकिनेछ ।

आ) मदिरा वा वियर उत्पादन गर्न स्थापना भै सकेको उद्योगको उद्देश्य थप/क्षमता वृद्धि अनुमति माग गर्दा आवेदन साथ रु. ३ लाख धरौटी वापत जम्मा गर्नुपर्नेछ । उक्त धरौटी उद्देश्य थप/क्षमता वृद्धिको अनुमति प्राप्त नभएमा वा अनुमति प्रदान गरिएकोमा व्यवसायिक उत्पादन शुरु भएको प्रमाण पेश गरे पश्चात मात्र फिर्ता गरिनेछ । अनुमति प्रदान गर्दा तथा उद्योग दर्ता, उद्देश्य थप/क्षमता बृद्धि गर्दा तोकिएका शर्तहरु तथा स्वीकृत मापदण्ड अनुरुप कार्य नगर्ने उद्योगले राखेको धरौटी जफत गर्न सकिनेछ । 

व्यक्तिको हकमा २० प्रतिशत शेयर अनिवार्य

यदि व्यक्तिको नाममा इजाजत पत्र प्राप्त गरेको हो भने इजाजत प्राप्त गर्ने व्यक्तिको शेयर हिस्सा २० प्रतिशत अनिवार्य गरिएको छ । उक्त शेयर इजाजत/अनुमति बापत जम्मा गरेको धरौटी फिर्ता नहुञ्जेल सम्म विक्री गर्न पाइँने छैन ।

इ) व्यक्तिको नाममा इजाजत पत्र प्राप्त गरेको अवस्थामा इजाजत प्राप्त गरेको मितिले ३० दिन भित्र कम्पनी दर्ता गरी सक्नु पर्नेछ । सोकम्पनीमा इजाजत प्राप्त व्यक्तिको न्यूनतम २०% (वीस प्रतिशत) शेयर लगानी हुनु पर्नेछ । निजले सो शेयर इजाजत/अनुमति बापत जम्मा गरेको धरौटी फिर्ता नहुञ्जेल सम्म विक्री गर्न पाउने छैन । धरौटी फिर्ता गर्नु पूर्व निजले कम्पनीको शेयर विक्री गरेको पाइएमा सो कार्य इजाजतको शर्तको प्रतिकूल कार्य गरेको ठह¥याई धरौटी जफत गर्नुको साथै औद्योगिक व्यवसाय ऐन, २०४९ अनुसार थप कारवाही गर्न सकिने छ ।

इजाजत पाएपछि कहिलेसम्म उद्योग चलाउनुपर्छ ?

वियर तथा डिष्टिलरी (वोटलिङ समेत) उद्योगको हकमा इजाजत प्राप्त भएको मितिले ३ (तीन) वर्ष भित्र र ब्लेण्डिङ्ग÷वोटलिङ प्लाण्ट मात्रको हकमा २ (दुई) वर्ष भित्र उद्योगको निर्माण कार्य सम्पन्न गरी व्यवसायिक उत्पादन गरि सक्नु पर्नेछ । तर मनासिव माफिकको कारण दर्शाइ इजाजत प्राप्त व्यक्ति, संस्थाबाट निवेदन प्राप्त भएमा विभागले कार्य प्रगतिको मुल्यांकन गरेर इजाजतको म्याद समाप्त भएको मितिले ६/६ महिना गरी थप दुई पटक सम्म म्याद थप गरी दिन सक्नेछ । 

उक्त अवधि भित्र पनि उद्योग सञ्चालनमा नआए औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा २५ को प्रकृया पूरा गरी उद्योग खारेजी समेत गर्न सकिने विभागले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved