साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्यः कहाँ हुन्छ जडान ? कति लाग्छ खर्च ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 06, 2021 | 01:49:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । साउन १ बाटै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा यातायात व्यवस्था विभाग छ । 

आर्थिक वर्ष २०७८/०७९ को सुरुबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै करिब ६ महिना अगाडी नै विभागले शुल्क तोकिसकेको छ । विभागले साउनबाट अनिवार्य गर्ने थाहा पाएपछि अहिले नयाँ खरिद भएका सवारीमा इम्बोस्ड नम्बर बाक्लै देखिने गरेको छ । 

अगामी ५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड  नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य विभागको छ । 

शुल्क कति ?

विभागले २ पांग्रे र ४ पांग्रे सवारीमा जडान हुने इम्बोस्ड नम्बरका लागि फरक फरक शुल्क तोकेको छ । अन्तराष्ट्रिय र वैज्ञानिक रुपमै शुल्क तोकिएको दाबी विभागको छ । 

मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ । ३ पांग्रे सवारीमा २ हजार ९ सय र ४ पांग्रे तथा मझौला सवारीमा जडान हुने इम्बोस्ड नम्बरका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ । हेभी सवारीमा यस्तो नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रुपैँया लाग्नेछ ।

जडान गर्न कहाँ जाने ?

२ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान सकिनेछ । ३ पांग्रे र र साना मझौला ४ पांग्रे सवारीलेसवारी परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।

इम्बोस्ड नम्बर प्लेट के हो ?

इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट भएको विभागको भनाई छ ।

धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । हाल देखिने नेपाली अक्षर र अंक अंकित प्लेटन्दा इम्बोस्ड नम्बरको अंक र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ ।

फाइदा के ?

इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन । 

‘पहिलो कुरो त सवारी साधनको चोरीका घटनामा यसले नियन्त्रण गर्छ’ विभागका एक अधिकारी भन्छन्, ‘अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान एकदमै सजिलै गर्न सकिन्छ ।’

इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ ।

‘इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved