पठाओ एपबाट नेपाली प्रयोगकर्ताको ‘डेटा’ विदेशीने जोखिम कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 08, 2021 | 03:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले चर्चित राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि प्रतिबन्ध लगाएको घटनाले विश्वमा तरंग पैदा गरेको छ । आफ्नो देशको ‘डेटा’ सुरक्षामा दिदि एप बाधक बन्ने जोखिम देखेपछि चीनले यो राइड शेयरिङ कम्पनीमाथि नै प्रतिबन्ध लगाएको हो ।

चिनियाँ कम्पनी नै भएपनि गत जुलाई १ मा अमेरिकाको स्टक मार्केटमा प्रवेश गरेपछि दिदि एपलाई साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) ले प्रतिबन्ध लगायो । सीएसीले स्मार्टफोनका एप स्टोरहरूलाई चीनमा दिदि एप उपलब्ध नगराउन आदेश दिईसकेको छ । चीनमा मात्रै दिदिका ३७ करोड प्रयोगकर्ता थिए ।

छिमेकी देश चीनले आफ्ना डेटा सुरक्षाका लागि कठोर निर्णय गरेपनि नेपालमा भने यसबारे कुनै बहस भएको छैन । नेपालमा चल्दै आएको बंगलादेशी राइड शेयरिङ कम्पनी ‘पठाओ’ बाट नेपालको तथ्यांक कति सुरक्षित छन् भन्ने बहस सुरु हुनुपर्नेमा त्यसो भएको पाइँदैन । 

जोखिम कति ?

पठाओले बंगलादेशमै पनि प्रयोगकर्ताको अनावश्यक तथ्यांक लिएको समाचार आएका थिए । २०१८ को नोभेम्बरमा पठाओले प्रयोकर्ताको मोबाइलमा भएका ‘कन्ट्याक्ट लिस्ट र एसएमएस’ मा पहुँच पुर्याएको थियो ।

आशिक इस्तियाक इमन नाम गरेका सेक्युरिटी रिसर्चरले पठाओले मानिसहरुको कन्ट्याक्ट लिस्ट र म्यासेजमा पहुँच राखेको भिडियो नै अपलोड गरेका थिए । यति मात्रै नभई पठाओले बंगलादेशका प्रयोगकर्ताको त्यस्ता विवरण अमेरिकाको क्यालिफोर्नियास्थित ‘थर्ड पार्टी सर्भर’ सम्म पुर्याएको समाचार दि डेली स्टारले लेखेको थियो ।

यसअघिः
राइडरलाई पठाओको प्रश्न, ‘थाहा हुँदाहुँदै जोडिने, अहिले कमिशन बढी भो भन्ने ?’

यसैका कारणले पनि नेपाली प्रयोकर्ताको डेटामा पठाओले सहजै पहुँच पुर्याउन सक्ने जोखिम रहेको साइबर सुरक्षाका विज्ञहरु बताउँछन् । 

‘एप डाउनलोड गर्दै उसले के के परमिशन मागेको हुन्छ भनेर हामी हेर्दैनौँ, ओके ओके ओके थिच्छौँ र इनस्टल गर्छौ’ एक जना साइबर सुरक्षाका विज्ञले भने, ‘फोन रेकर्ड गर्ने, एप इनस्टल भएको मोबाइलका सम्पर्क नम्बरहरुमा सहजै पहुँच पुर्याउने र युजरको टेक्स्ट म्यासेज पढ्ने जस्ता जोखिमहरु पठाओबाट छन् । किनकी, पठाओले आफ्नै देश बंगलादेशको डेटा अमेरिकामा पुर्याएको भनिन्छ, नेपालबारे त झन उसलाई के मतलब भयो र ?’

पठाओले २ लाख राइडर आवद्ध भएको दाबी गर्दै आएको छ । काठमाडौँमा पठाओका दैनिक प्रयोगकर्ता ४ लाख बढी भएको अनुमान गरिन्छ । 

के भन्छ पठाओ ?

पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिंह बस्नेतले आफू अहिले पारिवारिक काममा ब्यस्त भएको जनाएका छन् । उनले पठाओबारे कुनैपनि जानकारी लिन वा जिज्ञासा राख्न सुरक्षा हमालसँग सम्पर्क गर्न अनुरोध गरे । 

हमालले भने बुधबार आफू छुट्टिमा रहेको र बिहिबार कार्यालय पुगेर यस सम्बन्धमा जानकारी गराउने बताईन् । तर, बिहिबार पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चोहकी छैनन् ।

एपहरु सरकारभन्दा शक्तिशाली हुनु दुर्भाग्य

अबको आधुनिक व्यापारमा एक देशले अर्को देशको विभिन्न तथ्यांक हात पार्न खोजिरहेका हुन्छन् । तर, यो मामिलामा चीन ‘फरवार्ड’ देखिएको साइबर सुरक्षाका विज्ञहरुको कथन छ । 

यो पनिः
दैनिक ६ करोड रुपैयाँ विदेश पठाउँदै ‘पठाओ’, नेपाललाई फाइदा के ?

‘फेसकुब जस्तो ग्लोबल सोसियल मिडियालाई चीनले प्रतिबन्ध लगाएको छ, यो भनेको चीन आफ्नो देशको डेटा सुरक्षितमा गम्भिर छ भन्ने हो’ एक जना विज्ञ भन्छन्, ‘तर, हाम्रोमा अहिलेसम्म बहस पनि सुरु भएको छैन । जुन देशले डेटा कन्ट्रोलमा लिएको हुन्छ, पछि उसैको उपनिवेश बन्नुपर्ने खतरा बढ्दैछ ।’

अन्य देशहरुमा सरकारभन्दा सोसियल साइट र एपहरु शक्तिशाली बन्दै गएको अवस्थामा चीनले भने ठिक यसको विपरित डेटा सेक्युरीटीमा लगानी बढाउँदै विदेशी एपहरुलाई प्रतिबन्ध पनि लगाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved