अनलाइन क्लासको नाममा मिदासको ठगी, ५ हजार अभिभावक पीडित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 05:03:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले अनलाइन कक्षाको अभ्यास बढ्दै गएका छन् । कतिपय विद्यालयहरुले परीक्षा पनि अनलाइनबाटै लिएका छन् । ‘ई–क्लास लर्निङ प्लेटफर्म’ मिदासले पनि आफ्ना ‘प्रोडक्ट’ अथवा ‘प्याकेज’हरु बिक्रि गर्दै आएको छ ।

नर्सरी देखि कक्षा दश सम्मका मुख्य विषयमा आधारित रहेर तयार गरिएको डिजिटल शैक्षिक सामाग्रीलाई मिदास इक्लास भनिन्छ । तर, मिदासको प्याकेज किनेकाहरुले एपमा भएका भिडियोहरु नचलेको गुनासो गरेका छन् ।

घटना पुष्टि

काठमाडौँमा बस्दै आएका एक कर्पोरेट हाउसमै कार्यरत व्यक्तिले आफ्नो छोराको लागि भनेर मिदास एप डाउनलोड गरे । उनले ५ कक्षामा पढ्दै गरेका छोराले लकडाउनको समयमा घरमै बसेर पढ्न सकोस् भनेर २ महिनाको ५ सय रुपैयाँ तिरेर सेवा खरिद गरेका थिए ।

तर, भिडियो र फ्यास प्ले चल्दै नलेपछि मिदासमा सम्पर्क गरे । सुरुमा कुनैपनि ‘रेस्पोन्स’ पाएनन् । एक हप्ता यसै बित्यो । आफ्नै घरको इन्टरनेटमा समस्या पो आयो कि, नेट स्लो भएर पो चलेन कि वा मोबाइलमा खराबी आयो कि भनेर निकै प्रयास गरे । तर, समस्या समाधान भएन ।

त्यसपछि मिदास इ–क्लासको सेवा खरिद गरेका अरुसँग बुझ्दा कसैकोमा पनि नचलेपछि समस्या मिदासमै हो भन्ने यकिन भयो । अनि, उनले आफैँ सम्पर्क गरेपनि मिदासबाट कुनै प्रतिक्रिया आएन । त्यसपछि आफ्नो परिचयसहित च्याटबाट म्यासेज पठाए । बल्ल मात्रै मिदासले रेस्पोन्स गर्न थाल्यो ।

फ्याल्स प्लेमा समस्या रहेको र आफूहरु बनाउन खटिईरहेको भन्दै दैनिक आश्वासन मात्रै पाए । एक दिन पनि नपढी २ महिना सकियो ।

‘मेरा लागि ५ सय रुपैयाँ ठूलो रकम नहोला, तर यो सेवा लिएका सबै कमाउने मात्रै हुन्छन् भन्ने त हुँदैन’ उनले बिजपाटीसँग भने, ‘पैसा तिरेपछि तिरेको मूल्य बराबरको सेवा त दिनुपर्यो नि, हजारौँ अभिभावक ठग्ने काम मिदासले गरेको छ, यसले अनलाइन क्लासप्रति मानिसको विश्वास पनि तोडिदिएको छ ।’

यति मात्रै नभई रि–फण्ड (पैसा फिर्ता) को सम्बन्धमा मिदासले कुनै कुरै गर्न नचाहेको उनको गुनासो छ । 

के भन्छ मिदास ?

अहिले कायम रहेको एपमा समस्या आएको र आफूहरु नयाँ एप लन्च गर्ने तयारीमा रहेको मिदासले बताएको छ । 

‘फ्याल्सको भिडियो अहिले चल्दैन’ बिजपाटीसँग मिदासका एक सम्पर्क व्यक्तिले भने, ‘कम्प्लेन आएको खण्डमा उहाँहरुले तिर्नुभएको रकम रि–फण्ड गर्ने व्यवस्था छ ।’ 

‘कति जनाले चाहिँ नयाँ एप आएपछि अहिले तिरेकै पैसामा क्लास लिने गरी वेट पनि गर्नु भएको छ, कतिपयको भने रि–फण्ड भईसकेको पनि छ । यो हाम्रो सिस्टममै छ, रि–फण्ड हुन्छ ।’

मिदासको इ–क्लासका लागि ५ हजार हाराहारीमा विद्यार्थीले सेवा खरिद गरेको बताइन्छ । यसको अर्थ ५ हजार अभिभावकले आफ्ना बाल बच्चाका लागि सुहाउँदो सेवा खरिद गरेका छन् । 

२ महिना, ६ महिना र १ वर्षका लागि खरिद गर्न पाईने मिदासका प्याकेज क्लास अनुसार पनि मूल्य फरक फरक पर्ने खालका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved