डलर कमाउने प्रलोभन देखाएर ‘जोसियल’ को अवैध कारोबार, के गर्दैछ प्रहरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2021 | 02:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

‘डलर’ कमाउन सकिने भन्दै अहिले चर्चामा छ ‘जोसियल’ । सातामा २ वटा पोष्ट आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दा १० देखि १५ डलरसम्म आम्दानी गर्न सकिने भन्दै सामाजिक सञ्जालमार्फत नै यसको खुब प्रचार भईरहेको छ ।

सञ्जालमा सेयर गर्नुपर्ने विज्ञानमा विभिन्न चर्चित ब्राण्डका उत्पादकहरु देखाईएका छन् । हप्तामा यस्ता उत्पादनका हप्तामा दुई वटा विज्ञापन शेयर गर्न मिल्ने र महिनामा ‘सब्सक्रिप्सन प्लान’ अनुसार ४० वा ६० डलर आम्दानी हुने दाबी प्रचारमा देख्न सकिन्छ । 

आँखिर के हो जोसियल ?

‘इन्फ्लुयन्स  मार्केटिङ’ भनेर प्रचार भएको जोसियलमा लग इन गर्न ‘रिफरल लिंक’ चाहिने देखाइईएको छ । तर रिफरल लिंक नभएको अवस्थामा लग इन गर्न सकिँदैन ।

यदि कसैको रिफरल लिंक प्रयोग गरेर लग इन गगरिएको छ भने पैसा कमाउन भने सुरुमा सब्क्रिप्सन प्लान लिनुपर्ने सर्त छ । र्छ । सब्क्रिप्सन प्लान लिन पैसा तिर्नुपर्छ । सब्क्रिप्सन प्लानको मूल्य प्याकेजै पिच्छे फरक फरक छ ।

६० डलरमा ३ महिने र २४० डलरमा १ वर्षे सब्स्क्रिब्सन किन्न सकिने व्यवस्था छ । यो पैसा तिरेर सब्क्रिप्सन प्लान किनेपछि हरेक सातामा २ देखि २ वटा विज्ञापन फेसबुकमा शेयर गर्न मिल्ने र मासिक ४० देखि ६० डलर कमाई हुने प्रलोभन देखाईएको छ ।

रिफरल लिंकमार्फत साथीलाई जोडे थप ३ डलर आम्दानी हुने प्रलोभन देखाईएको छ । यति मात्रै नभई ३ सदस्य थप गर्दा २ सय डलर र ६ सदस्य थप गर्दा १ हजार डलर, ९ सदस्य थप गर्दा २ हजार डलर, १२ जना थप गर्दा ५ हजार डलर र १५ सदस्य थप गर्दा १० हजार डलर कमाई हुने महत्वकांक्षी प्रलोभन देखाएर प्रचार हुँदै आएको छ ।

रिफरल कोडमार्फत १८ सदस्य थप्दा २० हजार डलर आम्दानी हुने र एम्बासडर क्लबमा नियुक्ति पनि मिल्ने दाबी गरिएको छ । यसरी एम्बासडर क्लबमा नियुक्त हुने व्यक्तिले महिनाको ५० हजारदेखि १५ लाखसम्म कमाउने बताइन्छ ।

पैसा आउँछ कि आउँदैन ?

जोसियलले विभिन्न प्रलोभन देखाएर प्रचार गरेको भएपनि पैसा आउने नआउने टुंगो छैन । यति मात्रै नभई के माध्यमबाट पैसा आउँछ र आवद्ध भएकाले पाउँछन् भन्ने त झन अन्यौलनकै विषय छ ।

केहीले भने जोसियलको आफ्नै बैंक छ भन्ने दाबी पनि गरेको सुनिन्छ । नेपालमा पनि यसका एजेन्टको सञ्जाल नै बनेको र यही सञ्जालबाट पैसा साट्न सकिने दाबी गरेको पनि सुनिन्छ ।

तर, कसैले पनि आफू यो कारोबारमा संलग्न भएवापत पैसा भएको भनेको सुनिएको छैन ।

‘अनुसन्धान थाल्यौँ’

कारोबारमा कतै पनि बैंक नजोडिने भएकाले यसलाई अवैध कारोबार मान्न सकिने प्रहरीको भनाई छ । नेपाल प्रहरी अपराध माहाशाखाका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङ नयाँ इस्युका रुपमा आएकाले यसबारे अनुसन्धान सुरु गरिएको बताउँछन् ।

‘प्रारम्भिक अनुसन्धान गर्दा यो अनलाइन नेटवर्किङ जस्तो देखिएको छ, डेफ्तमा पुग्न बाँकी छ’ एसएसपी खापुङले भने, ‘यो पनि अनुसन्धानको विषय हो भनेर हामीले लिस्टमा राखेरै अध्ययन गरिरहेका छौँ ।’

उनका अनुसार अहिलेसम्म यसका विषयमा ठगी वा अरु कुनै उजुरी परेको छैन । नेटवर्किङ कारोबार नेपालमा अवैध भएकाले यो पनि त्यस्तै प्रकृतिको हुन सक्ने भएकाले अनुसन्धान भने सुरु गरिएको महाशाखाका प्रमुख एसएसपी खापुङले बताए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले पनि यो विषय नेटवर्किङसहित ‘अनलाइन फ्रड’ सँग सम्बन्धित हुन सक्ने भएकाले अपराध माहाशाखाबाट निगरानी भईरहेको बताएका छन् ।

जोसियलको दर्ता बेलायतमा भएको देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved