सांघाइको घोराही सिमेन्टले रोल्पा सिमेन्टको चुनढुंगा चोर्यो, खानी विभागले सीडीओलाई काट्यो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 04:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

दाङको घोराही सिमेन्टले अर्कै उद्योगको चुनढंगा प्रयोग गरिरहेको पाईएको छ । घोराही सिमेन्ट उद्योगले रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा खानी प्रयोग गरिरहेको खुलेको हो ।

घोराही सिमेन्टले बाटो बनाउने भन्दै रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा खानी उत्खनन् गरेर लगेको भेटिएको हो । घोराही उपमहानगरपालिका–४ मा सञ्चालित उद्योगले लामो समयदेखि रोल्पा सिमेन्टको चुनढुंगा खानीबाट कच्चा पदार्थ लगेको रोल्पा सिमेन्टले जनाएको छ ।

सगरमाथा र सगरमाथा गोल्डको नाममा सिमेन्ट उत्पादन र बिक्रि गर्दै आएको घोराही सिमेन्टले हालसम्म ९ हजार टिपर चुनढुंगा लगेको रोल्पा सिमेन्टले आरोप लगाएको छ । 

यो उद्योगका सञ्चालक परूषोत्तमलाल सांघाइले रोल्पा सिमेन्टको स्वामित्वमा रहेको चुनढंगा उत्खनन् गर्न रोल्पा चुनढुंगा उद्योग भनेर अर्को खानी दर्ता गरेको खुलेको हो । चनुढुंगाको ओसारपसारमा यो उद्योगले प्रेम प्रकाश पुनको स्वामित्वमा रहेको पुन कन्सट्रक्सन प्रा.लि. को प्रयोग गर्दै आएको छ । पुन माओवादी नेता वर्षामान पुन निकटका व्यवसायी मानिन्छन् ।

त्रिवेणी गाउँपालिकाले पटक पटक पत्र लेखेपनि घोराही सिमेन्ट उद्योग र यो उद्योगका सञ्चालक परूषोत्तमलाल सांघाइले अटेर गरेपछि असार २३ गते खानी विभागले जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय र त्रिवेणी गाउँपालिकालाई पत्र लेखी काम तत्काल रोक्न निर्देशन दिएको छ ।

पत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved