कहिले खुल्छ आँधिखोला लघुवित्तको सेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 11:11:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरका कारण करिब डेढ बर्षदेखि बन्द भएको आँधिखोला र धौलागिरि लघुवित्तको सेयर कारोबार अझैं खुल्न सकेको छैन। मर्जर प्रकृयामा गएको झन्डै डेढ बर्ष हुँदा पनि सेयर कारोबार खुल्ने कुनै अत्तोपत्तो नभएपछि लगानीकर्ताहरु आक्रोसित बनेका छन्। 

यसरी डेढ बर्षसम्म कारोबार नखुल्दा आफ्नो लगानी रोकिएकाले संयुक्त कारोबार गर्नुपर्ने वा मर्जर प्रकृया रद्द गर्नुपर्ने आम लगानीकर्ताको धारणा रहेको छ।   

सेयर कारोबार रोक्का भएको झन्डै डेढ बर्ष पुग्दा पनि कारोबारमा नआएपछि आफुहरुले बढेको सेयरबजारबाट लाभ उठाउन नपाएको लगानीकर्ताको गुनासो रहेको छ। 

दुवै लघुवित्तबीचको मर्जर प्रकृया रद्द भएकाले हाल दुवै सँस्थाहरुको सेयर कारोबार रोक्का रहेको छ। आँधिखोला लघुवित्तले आफुहरु मर्जरमा जान नसक्नुको कारण सहित राष्ट्र बैंकलाई पत्र लेखेको छ भने धौलागिरि लघुवित्तले कारण बुझाउन बाँकी रहेको छ। 

दुवै लघुवित्तले मर्जर तोडिनुको कारण र मर्जर प्रकृयामा लैजाने भन्ने प्रक्रियाको बेला भएका खर्चहरु समेत पेश गर्नलाई राष्ट्र बैंकले दुवै लघुवित्तलाई दबाब दिएको छ। 

यता आँधिखोला लघुवित्तका अध्यक्ष नरेश केसीले आफुहरुले मर्जर रद्द हुनुका कारण राष्ट्र बैंकलाई बुझाईसकेको बिजपाटीलाइ बताएका छन्। डीमर्जको प्रस्ताव सहित राष्ट्र बैंकलाई जवाफ पठाईसकेको र राष्ट्र बैंकको अनुमति आउने बित्तिकै सेयर कारोबार सुचारु हुने अध्यक्ष केसीले बताए।

तर धौलागिरि लघुवित्तका अध्यक्ष इश्वरलाल राजभण्डारीले आँधिखोला लघुवित्तका कारण मर्जर बिग्रिएको बताएका छन्। आँधिखोला लघुवित्तले आर्थिक बर्षको अन्त्यमा आएर डीमर्जको कुरा उठाउनु गलत भएको भन्दै मर्जर प्रक्रियामा लागेको सम्पूर्ण खर्च आँधिखोलाले नै ब्योहोर्नुपरने उनको भनाई छ। 

उनि भन्छन्, 'आर्थिक बर्षको अन्तिममा एजीएम गर्ने बेलामा आएर उहाँ आँधिखोला लघुवित्त ले डी मर्जको प्रस्ताव ल्याउनु भयो, यसले धेरै कुरामा क्षति पुर्याएको छ, प्रक्रियाको लागत कति भन्ने महत्त्वपूर्ण होइन तर जरिवाना बापत १ रुपैयाँ भएपनि आँधिखोलाले तिर्नुपर्छ।'  

आंधीखोला र धौलागिरि लघुवितबीचको मर्जर प्रकृया लम्बिदा डेढ बर्षदेखि सेयर कारोबार गर्नबाट बन्चितएछि लगानीकर्ताहरुले यी दुई लघुवित्तसहित नियमन निकायसँग पनि रुष्ट भएका छन्।    

धितोपत्र कारोबार मर्जर प्रकृयाका कारण २०७६ पौषदेखि नै वन्द रहेको आँधिखोलाले हिजो असार ३१ गते बार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त सभाले अघिल्लो आर्थिक बर्षबाट कुनै लाभांश समेत घोषणा गरेको छैन। मर्जर प्रकृयाका कारण २०७६ पौषदेखि नै धितोपत्र कारोबार वन्द   शेयरधनीलाई कुनै प्रकारको लाभांश घोषण नगरिएको र आगामी वर्ष चाँडै लाभांश वितरण गर्ने योजना रहेको आँधिखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved