एक वर्षमा नेपालीले पिए साढे २ अर्बको विदेशी रक्सी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 03:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अहिले मदिराको उत्पादन बढ्दा विदेशी मदिरा विस्तारै विस्थापित हुँदैछ । विश्व स्तरीय मदिराको उत्पादन नेपालमै हुने भएकाले अहिले तारे होटलहरुमा पनि नेपाली वियर, ह्वीस्की, रम, भोड्का लगायतका मदिरा सर्भ हुन थालेका छन् । यद्यपी, विदेशी रक्सी आउन भने रोकिएको छैन । 

मुलुकमा एसिया, युरोप र अस्ट्रेलिया हुँदै अमेरिकन देशहरुबाट पनि रक्सीको आयात हुने गरेको छ । नेपालमा उत्पादित मदिरा अन्तराष्ट्रिय स्तरको भएपनि वर्षमा विदेशबाट रक्सी आयात गरेरै अर्बौ रुपैयाँ बाहिरिने गरेको छ ।

२ अर्ब ५६ करोडको रक्सी आयात

वर्षेनी अर्बौ रुपैयाँको विदेशी रक्सी नेपालीहरुले पिउने गर्छन् । तर, पछिल्ला वर्षहरुमा भने विदेशी मदिराको आयात घट्दो छ । 

गत वर्ष २०७७/०७८ मा विभिन्न देशहरुबाट २ अर्ब ५६ करोड रुपैयाँको मदिरा आयात भएको छ  । ब्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३ अर्ब १० करोड रुपैयाँको मदिरा आयात भएको थियो । 

तर, ४ वर्षको अवधिमै आयात करिब ६६ करोडले घटेको छ । यो स्वदेशी मदिरा उद्योगका लागि सुखद पक्ष भएको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् ।

निर्यात कति ?

नेपाली मदिरा विदेशी बजारमा पनि निर्यात हुन थालेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न मुलुकमा गरी कुल ७ करोड ७९ लाख रुपैयाँको नेपाली रक्सि निर्यात भएको छ । तथ्यांक अनुसार एक वर्षमा ३ लाख ६९ हजार लिटर नेपाली मदिरा विभिन्न देशमा निर्यात भएको छ ।

विश्वका विभिन्न देशमा रुचाईने नेपाली मदिरामा ब्ल्याकचिम्नी, वल्र्ड दरबार, ८८४८ भोड्का, गोर्खा बियर, नेपाल आइस बियर, खुकुरी रम लगायत छन् ।

अस्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, बेल्जियम, हङकङ, सिंगापुर, अमेरिका र बेलायतमा मदिरा पुगेको छ । 

विदेशी रक्सीको हिस्सा ३० प्रतिशत

नेपालको मदिरा बजारमा नेपाली मदिराको हिस्सा ७० प्रतिशत छ । बाँकी ३० प्रतिशत भने विदेशी मदिराले ओगटेको छ । 

महँगा रक्सीको बजार हिस्सा भने विदेशीले नै बढी ओगटेका छन् । तर, अहिले तारे होटलहरुमा पनि नेपाली वाइन, भोड्का र वियरको माग बढिरहेकाले विदेशी रक्सीको बजार हिस्सा क्रमशः घट्दै जाने उद्योगीहरुको दाबी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved