प्रतिवद्धतामै सिमित विदेशी लगानीः १४ खर्ब प्रस्ताव हुँदा कति भित्रियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 02:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक लगानी भित्र्याउन २०७५ चैत्रमा ‘लगानी सम्मेलन’ आयोजना भएको थियो । त्यसभन्दा अगाडीदेखि नै मुलुकमा विदेशी लगानी भित्र्याउन अनेकौ प्रयासहरु भईरहेका थिए । तर, पर्याप्त लगानी भित्रिन सकेको थिएन ।

यद्यपी, नेपालमा विभिन्न देशका लगानीकर्ताले लगानी गर्न इच्छा देखाएपनि प्रक्रिया झन्झटिलो हुँदा घोषित एवम् प्रस्तावित लगानी पनि आउन सकेको छैन । विदेशी लगानी आकर्षित गर्न उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आएपनि अझैसम्म अपेक्षाकृत वैदेशिक लगानी भित्रिन सकेको छैन ।

१४ खर्ब विदेशी लगानी प्रस्ताव

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ सम्म कुल ३ खर्ब ६४ अर्ब ४६ करोड वैदेशिक लगानीको प्रतिवद्धता भएको छ । यो विभाग अन्तर्गत आएको प्रतिवद्धता मात्रै हो ।

कुल प्रस्ताव भएको विदेशी लगानीको ८१ प्रतिशत प्रतिवद्धता भने पछिल्लो १० वर्षमा भएको छ । २०६८ साल साउन १ देखि २०७८ असार ३१ सम्म २ खर्ब ९६ अर्ब ७ करोड वैदेशिक लगानी प्रस्ताव भएको उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ ।

लगानी बोर्डबाट पनि १० खर्बको हाराहारीमा वैदेशिक लगानी स्वीकृत भएको छ ।

कति भित्रियो ?

प्रस्ताव अनुसारको विदेशी लगानी भने भित्रिएको छैन । हालसम्म करिब १४ खर्ब विदेशी लगानीको प्रतिवद्धता आएपनि जम्मा १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै भित्रिएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यो रकम उद्योग, पर्यटन, इन्स्योरेन्स, कृषि लगायत क्षेत्रमा भित्रिएको लगानी भएको बताएको छ । 

यो रकम कुल प्रस्तावित लगानीको तुलनामा जम्मा ७ प्रतिशत मात्रै हो ।

गत वर्ष कति प्रस्ताव भयो, कति आयो ?

गत आर्थिक वर्ष २०७७/०७८ मा ३२०२२.८२ मिलियन रकम विदेशी लगानीका रुपमा प्रस्ताव भएको उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख सुरेश श्रेष्ठले जानकारी दिए । यो भनेको ३२ अर्ब २ करोड २८ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव भएको हो । 

यो लगानी प्रतिवद्धता विभागमार्फत आएको हो । लगानी बोर्डमार्फत स्वीकृत भएको रकम छुट्टै छ ।

राष्ट्र बैंकका अनुसार उद्योग विभाग र लगानी बोर्डमार्फत आएका कुल लगानी प्रतिवद्धतामध्ये गत वर्ष २०७७/०७८ मा २९ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गरेको लेखांकनमा गत वर्ष २९ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको उल्लेख छ ।

नोट: यसअघि लगानी बोर्डबाट स्वीकृत वैदेशिक लगानीको हिसाब जोड्ने काम छुटेपछि सच्याईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved