एनबि र एनसीसी बैंकमा लगानी गरेको ग्रुपमा विवाद, अदालत जाने तयारीमा दाजुभाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2021 | 12:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एनबी ग्रुपको सम्पत्ति विवाद सतहमै आएको छ । दाजुभाई बीच सम्पत्ति हस्तान्तरणको विषयमा सुरु भएको विवाद मुद्दा मामिलाको स्थितीमा आईपुगेको हो । यद्यपी, दुई दाजुभाई लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठबीचको यो विवाद अहिले नै अदालतमा भने पुगिसकेको छैन ।

कानुनी रुपमा दुई दाजुभाई कागज गरेरै मिलापत्र गर्ने ध्याउन्नमा पनि छन् । यसका लागि उनीहरुले वकिल नै ‘हायर’ गरेको पनि चर्चा हुने थालेको छ ।

ऋण नतिरेर कालोसूचीमा

एनबी ग्रुप नेपालको एउटा यस्तो घराना हो, जसको जग बसाल्ने काम सिन्धुपाल्चोकका नरसिंहबहादुर श्रेष्ठले गरेका थिए । पछि उनका दुई भाई छोरा लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुरले व्यवसायिक गतिविधि बढाएपछि एउटा उचाईमा पुगेको यो ग्रुप अहिले घर झगडामा छ ।

यो ग्रुपका धेरै सदस्यहरु बैंकको ऋण नतिरेपछि कालोसूचीमा परेका छन् । पछिल्लो समय कर्जा सूचना केन्द्रले ऋण नतिरेको भन्दै लक्ष्मी बहादुर श्रेष्ठ, जितबहादुरका छोरा जेन श्रेष्ठ र जितबहादुरकी श्रीमति अनारदेवीलाई कालोसूचीमा राखेको छ । 

काठमाडौं रिक्रियसन सेन्टरका लागि भन्दै नबिल बैंकबाट उनीहरुले ऋण लिएका थिए । तर, तिर्न नसकेपछि कालोसूचीमा परेका हुन् । यद्यपी, केही समय अघि जितबहादुर भने कालोसूचिबाट हटेका छन् ।

विवाद के हो ?

दुई दाजुभाई लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठबीच सम्पत्ति बाँडफाँडको विषयमा सुरु भएको विवाद अहिले बाहिर आएको हो । लक्ष्मीबहादुरका २ छोरा एल्सन र विल्सन श्रेष्ठ छन् भने जितबहादुरका जेन, जस र जिवेश गरी ३ छोरा छन् । 

एकताका आफ्नै परिवारका सदस्यलाई बैंकिङ कसुरको मुद्दा लाग्ने देखिएपछि जितबहादुर उनका छोराहरुको नाममा रहेको सम्पत्ति उनीहरुले लक्ष्मीबहादुरका छोरा एल्सनको नाममा नामसारी गराएका थिए ।

यो गर्नुको कारण भनेको एल्सन नेपालमा थिएनन् । उनी अमेरिका भएको र कम्पनीको सेयर पनि उनको नाममा नभएकाले सम्पत्ति सुरक्षित हुने ठानेर जितबहादुरले आफू र आफ्ना छोराहरुको नाममा रहेको सम्पत्ति एल्सनको नाममा नामसारी गरेर राखेका थिए ।

अहिले जितबहादुरले त्यतिबेला आफूले नामसारी गरेर राखेको सम्पत्ति लक्ष्मीबहादुर र उनका छोरा एल्सन श्रेष्ठसँग फिर्ता माग्दा नपाएको बताइन्छ । उता लक्ष्मीबहादुर उनका छोराले भने जितबहादुरले हुँदै नभएको सम्पत्ति मागेको दाबी गरेको छ ।

यो विवादले एनबी ग्रुप नराम्रोसँग थलिएको छ । नेपाल बंगलादेश देश बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) मा पनि यो ग्रुपको लगानी छ ।

‘मेलमिलाप गराउने हो, अदालत जान दिनु हुँदैन’

विवाद अदालतसम्मै जाने खतरा पनि देखिएको छ । तर, एनबी ग्रुपका पूर्व कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता शम्भु थापा भने विवाद अदालतमा पुग्ने नदेखिएको बताउँछन् । विभिन्न सञ्चार माध्यममा आफूलाई एनबी ग्रुपको कानुनी सल्लाहकार भनिएको भएपनि आफू ८ वर्ष अगाडी नै बाहिरिएको तर, विवाद मिलाउन प्रस्ताव आएको खण्डमा तयार रहेको बरिष्ठ अधिवक्ता थापाको भनाई छ ।

‘मैले २०६९/०७० सम्म काम गरेको हो, त्यसपछि बाहिरिए, अहिले म यो ग्रुपको इन हाउस लयर छैन’ उनले भने, ‘अहिले विवादको विषयमा मैले कुनै कागजपत्र हेरेको पनि छैन, उहाँहरु दुबै दाजुभाईलाई राम्रो चिनेको छु, यदि उहाँहरु दुबैले भनेको खण्डमा काम गर्न, सकेसम्म मेलमिलाप गराउन तयार छु नि ।’

उनले कर्पोरेट हाउसमा केही विवाद देखिनासाथ समाचार लेखेर विवाद बाहिर ल्याउने र उनीहरु स्वयम् पनि अदालत नै जानुपर्ने भन्ने नहुने बताए । पारिवारिक लेनदेनका विवाद अदालतमा पुर्याउनुभन्दा मेलमिलाप गर्नु नै राम्रो हुने उनको सुझाव छ ।

कहाँ कहाँ छ लगानी ?

एनबी ग्रुपले नेपाल बंगलादेश देश बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा ठूलो हिस्सा लगानी गरेको थियो । तर, अहिले थोरै मात्रै सेयर स्वामित्व बाँकी छ ।

नेशनल हाइड्रोपावर कम्पनी लिमिडेटमा पनि यो समूहको लगानी छ । 

यो समूहको एनबी इन्स्योरेन्स कमजोर भएपछि आइएमई समूहले किनेर आइएमई जनरल इन्स्योरेन्सको नाममा सञ्चालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved