५ प्रतिशत सेयरबाट मेडिकल कलेजको व्यवसायमा छिरेका डा. सुनिल शर्मा कसरी बने अर्बौको मालिक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 12:38:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मा मुलुकमा सबैभन्दा धेरै मेडिकल कलेज सञ्चालन गर्ने व्यक्ति बनेका छन् । एक वर्ष पनि पूरा नहुँदै थप २ मेडिकल कलेज खरिद गरेर उनी ३ वटा मेडिकल कलेजको मालिक बनेका छन् ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेज चलाउँदै आएका उनले एक वर्षको बीचमा काठमाडौँ मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा लगानी विस्तार गरे । योसँगै उनी ३ वटा मेडिकल कलेज चलाउने व्यक्ति बनेका छन् ।

२०७७ भदौमा डा. शर्माले काठमाडौँ मेडिकल कलेजको ४७ प्रतिशत सेयर किनेर अध्यक्ष बनेका थिए । केही दिनअघि उनले नेपालगञ्ज मेडिकल कलेजको पनि ४४ प्रतिशत सेयर किनेका छन् ।

५ प्रतिशत सेयरबाट छिरेर अर्बपति

डा. सुनिल शर्मा अहिले ३ वटा मेडिकल कलेजका प्रमुख लगानीकर्ता छन् । बिराटनगरस्थित नोबल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा उनको मुख्य लगानी छ । यद्यपी, नेपालगञ्ज मेडिकल कलेजमा उनले गरेको लगानीको मुख्य हो भनेर कागजी रुपमा प्रक्रिया पूरा हुन भदौ महिना भरी लाग्ने बताउन थालिएको छ ।

हाल ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता रहेका डा. शर्मा सुरुमा ५ प्रतिशत सेयर स्वामित्व लिएर बिराटनगर मेडिकल कलेजमा प्रवेश गरेका थिए । त्यतिबेला डा. ज्ञानेन्द्र गिरीको ग्रुपले यो कलेज चलाउने भनेपनि इजाजत (लाइसेन्स) पाएको थिएन । नेपाली काँग्रेसको राजनीति गर्ने र त्यसमा पनि कोइराला परिवारसँग अत्यन्त निकट रहेका कारण नोबेल मेडिकल कलेजलाई इजाजत दिलाउने सर्तमा डा. गिरीको समूहले डा. शर्मालाई ५ प्रतिशत सेयरमा प्रवेश गराएको थियो । 

डा. शर्माले नोबललाई लाइसेन्स पनि दिलाए । माओवादी निकट वाइसिएलसँग मिलेर आफ्नै साझेदारको अपहरण गराएको आरोप लागेपनि अन्ततः डा. सुनिल शर्मा नोबेल कलेज आफ्नो बनाउन सफल भए । उनीमाथि लागेको उक्त आरोप भने पुष्टि भएन 

नोबेल मेडिकल कलेज पूर्ण रुपमा आफ्नो स्वामित्वमा लिएपछि डा. शर्मा अर्बपति मेडिकल कलेज सञ्चालकका रुपमा उदाए । 

कोभिडकै बीचमा २ मेडिकल कलेज खरिद

अहिले कोरोना भाइरसको महामारी कायम छ । २०७६ चैत्रदेखि लामो समय मुलुक लकडाउन भयो । कोभिडकै सञ्चालन खर्च धान्न मुस्किल भएपछि काठमाडौँ मेडिकल कलेजका सञ्चालकहरुलेसेयर बेच्ने निर्णय गरेका थिए । यो खबर थाहा पाएपछि डा. शर्माले १ अर्ब ७० करोड रुपैयाँमा काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत सेयर किने र अहिले अध्यक्ष बनेका छन् । 

कोभिडको दोस्रो लहरका कारण अहिले पनिज जनजीवन प्रभावितकै अवस्थामा छ । तर, डा. शर्माले भने फेरि पनि कोरोना कहरका कारण व्यवसाय ठप्प रहेकै अवस्थामा नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर ९० करोडमा किनेका छन् । 

अकुत सम्पत्ति आर्जनमा अनुसन्धान

एक दशकमा अर्थोपार्जनमा अस्वभाविक वृद्धि गरेको भन्दै डा. शर्मामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान पनि गरेको छ । तर, अनुसन्धान टुंगोमा पुगेको छैन 

अकुत सम्पत्ति आर्जन गरेको भनेर अनुसन्धान भएपनि डा. शर्मा भने आफूले कमाएको पैसामा बैंकबाट लिएको ऋण थप गरेर व्यवसाय विस्तार गर्दै आएको बताउँछन् ।

उनले आफ्ना सबै कारोबार पारदर्शी भएको र कतैबाट फट्याई गरेर नभई कर्म गरेरै पैसा कमाएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved