हर्षद मेहता शैलीमा चन्द्र ढकाल, सर्वोत्तम सिमेन्टको शेयरमा उनकै समुहको प्रभुत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 09:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मुल्यमा आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको पछिल्लो सेयर किनबेच प्रकरणमा ढकाल समुहको प्रभुत्व देखिएको छ। नेपालको सेयरबजारको इतिहासमै पहिलोपटक बुक बिल्डिङ मार्फत आइपीओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर ढकाल परिवार र उनकै समुहका व्यक्तिहरुलाई बाँडिएको पाइएको छ। 

सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव राखेको सर्वोत्तम सिमेन्टमा सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै ढकाल परिवार र उनको व्यवसायिक साझेदारहरुलाई सेयर बाँडिएको हो। 

नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधिको रुपमा धितोपत्र बोर्डका संचालक बनेका चन्द्र ढकालका भाई तथा व्यवसायिक साझेदार हेमराज ढकालको नाममा सर्वोत्तम सिमेन्टको २ लाख कित्ता सेयर ट्रान्सफर भएको छ। 

यस अघि: सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ

त्यस्तै चन्द्रागिरी हिल्सदेखि अन्य कयौं कम्पनीमा ढकालका व्यवसायिक साझेदार रहेका अम्बिका पौडेलको नाममा पनि सर्वोत्तम सिमेन्टको एक लाख ७८ हजार ६७६ कित्ता शेयर छ। त्यसैगरी, हाथवे इन्भेष्टमेन्टका नाममा एक लाख १९ हजार ११८ कित्ता शेयर छ। हाथवेमा विभिन्न ब्यांक तथा वित्तीय संस्थाका उच्च तहका व्यवस्थापकको लगानी भएपनि चन्द्र ढकालका भाई हेमराज ढकालको नाममा मात्रै ३०.०१ प्रतिशत शेयर स्वामित्व छ। हाथवे कम्पनीमा शेयर बजारका ठूला लगानीकर्तामध्ये एक अम्बिकाप्रसाद पौडेलको पनि ९.२ प्रतिशत लगानी छ।

त्यस्तै ढकालका सहोदर भाइ (जसको व्यवसाय छुट्टिएको छैन) हेमराज ढकालले सर्वोत्तम सिमेन्टको दुई लाख कित्ता शेयर खरीद गरेकोमा ५ चैत २०७७ को लिखतबाट यसमध्ये आधा अर्थात् एक लाख कित्ता हाथवे इन्भेष्टमेन्टलाई बिक्री गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ को लाभांशसहित ढकालका नाममा अहिले पनि सर्वोत्तम सिमेन्टमा १ लाख १९ हजार ११८ कित्ता शेयर छ। 

यो पनि: बोर्ड अध्यक्ष ढुंगाना र एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भित्रि कारोबार गरेको प्रमाणित

सर्वोत्तममा लगानी गरेका ढकालको स्वार्थ शेयर बिक्री प्रबन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलमा पनि बाझिएको छ। सर्वोत्तम सिमेन्टले जारी गर्न लागेको शेयर बिक्रीका लागि २०७७ चैत ४ गते कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई प्रमुख बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको थियो। ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई ब्यांकको सहायक कम्पनी हो। यो सहायक कम्पनीमा पनि चन्द्र ढकाल र उनको सहोदर भाई हेमराज ढकालको प्रमुख लगानी छ। 

त्यस्तै ढकाल निकट शेयरहरुको कारोबार गर्ने ब्रोकर नं. ४९ 'अनलाइन सेक्युरिटिज' का सञ्चालक अनन्तकुमार पौडेलको नाममा पनि एक लाख १९ हजार ११८ कित्ता शेयर छ।

सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव राखेको कम्पनीमा सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै ढकाल समुह तथा ढकाल परिवारको प्रभुत्व रहनेगरि सर्वोत्तम सिमेन्टको सेयर ट्रान्सफर हुनुले भारतको चर्चित सेयर खेलाडी हर्षद मेहताको शैलीलाई स्मरण गराएको जानकारहरु बताउँछन्। 

यस अघि : कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने

अहिले ओटीसी बजार मार्फत सर्वोत्तम कम्पनीका संचालक बिष्णु न्यौपानेबाट सस्तोमा सेयर किन्ने र पछि बुक बिल्डिङ बिधि मार्फत प्रति कित्ता कम्तिमा ७५० रुपैयाँमा बिक्रि गरि मोटो रकम कुम्ल्याउने दाउमा ढकाल समुह रहेको यस घटनाले देखाएको छ। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई बिश्वासमा लिन केहि हजार सेयर उनीहरुलाई दिएको आशंका उब्जिएको छ। त्यसो त  छोरी रेबिका ढुंगानाका नाममा भएको ११ हजार ९१२ कित्ता सेयरका लागि छोरीले अमेरिकाबाट पैसा पठाएर शेयर खरीद गरेको बताए पनि उनले निःशुल्क यस्तो शेयर हात पारेको आशंका कतिपयको छ। 

नेप्सेका प्रमुख चन्द्र सिंह साउदले भने नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमती सुशीलाकुमारी बोहराको नाममा ११ हजार ९१२ कित्ता शेयर राखेका छन्। र उनले आफुले उक्त सेयर खरिद गरेको बताएका छन् तर उनले पनि निशुल्क यस्तो सेयर हात पारेको आशंका गरिएको छ। 

यस घटनाले सामान्यतया सर्वसाधारणलाई एक सय रुपैयाँमा बिक्रि गर्नुपर्ने सर्वोत्तमको सेयर प्रति कित्ता ७५० रुपैयाँमा बिक्रिको प्रस्ताव र अनुमती दिने प्रकृया किन सहजै अगाडी बढ्यो भन्ने स्पष्ट देखिएको छ। 

सर्वोत्तम सिमेन्टको हजारौं कित्ता सेयर सेबोनका संचालक समेत रहेका चन्द्र ढकाल र उनको परिवार तथा व्यवसायिक साझेदारहरुले आफ्नो नाममा ल्याउनुले किन बुक बिल्डिङ बिधिको नाममा महँगोमा सर्वसाधारणलाई सेयर बिक्रि गर्न खोजियो भन्ने पुष्टि भएको छ। 

आफ्ना लगानीका थुप्रै सँस्था सेयरको दोस्रो बजारमा सुचिकृत रहेको बेला पनि गलत नजिर टेकेर महांसघको तर्फबाट धितोपत्र बोर्डमा संचालक बन्नु पछाडीका कारणहरु अहिले विस्तारै सतहमा आउँन थालेका छन्। अहिलेको घटनालाई धेरैले व्यवसायी चन्द्र ढकाल हर्ष मेहताको शैलीमा अगाडी बढेको र सर्वोत्तम सिमेन्टको सेयर ट्रान्सफर त्यसैको एउटा नमुना मात्र भएको बजारका जानकारहरु बताउँछन्। हिमालखबरको सहयोगमा  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved