समिट होटलको अपार्टमेन्ट यात्राः निर्माण सुरु नभई आधा युनिट बिक्रि, एउटैको मूल्य ३० करोडसम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 04, 2021 | 03:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपूरको कुपण्डोलमा होटल सहितको अपार्टमेन्ट बन्दैछ । हाल समिट होटल भएकै जग्गामा पाँचतारे लक्जरीयस् होटलसहितको अपार्टमेन्ट असोजबाट निर्माण सुरु हुने भएको हो । यहाँ बन्ने अपार्टमेन्ट नेपालमा रहेका अहिलेसम्मकै सुविधा सन्पन्न हुने दाबी निर्माण पक्षको छ ।

असोजबाट निर्माण सुरु गर्ने भनिएपनि अहिले नै अपार्टमेन्टको ५० प्रतिशत ईकाइ बिक्रि भईसकेका छन् । धनी वर्गलाई केन्द्रमा राखेर बनाउन लागिएको यो अपार्टमेन्ट अहिलेसम्मकै महँगो छ । यहाँ बस्न कम्तीमा ५ करोडदेखि अधिकतम ३० करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।

‘द समिट होटल एन्ड रेसिडेन्सी’ नामक यो अपार्टमेन्ट परियोजनामा चौधरी समूह, एनई समूह र समिट समूह र व्यवसायी अमृतमान शाक्यको लगानी रहनेछ ।

१२० युनिट अपार्टमेन्ट

एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठका अनुसार यो अपार्टमेन्टमा १२० वटा सुविधा सम्पन्न युनिट बन्नेछन् । यीमध्ये ९६ वटा रेसिडेन्सियल र २४ वटा सर्भिस युनिट रहने उनको भनाई छ ।

सर्भिस अपार्टमेन्टमा होटल चल्नेछ । होटलमा नेपाल र नेपाल बाहिरका धनाढ्य मान्छेहरु लामो समय बस्न सक्ने गरी व्यवस्थापन गरिनेछ । खर्चालु विदेशी पर्यटकलाई तार्गेट गरेर होटल र अपार्टमेन्ट सँगै चलाउने गरी नाम पनि द समिट होटल एन्ड रेसिडेन्सी राखिएको बताईएको छ ।

बुटिक होटल छोडेर लक्जरिय ब्राण्ड भित्र्याउन कसरत

२०७१ सालको चैत्रमा समिट होटलका सञ्चालकले उक्त होटललाई विश्व स्तरीय बुटिक होटलमा विकास गर्ने घोषणा गरेका थिए । तर, २०७२ सालको भूकम्पका कारण त्यो काम अघि बढेन । २०७६ को अन्तिमबाट महामारीका रुपमा फैलिएको कोरोनाका कारण होटल क्षेत्र धाराशायी बन्यो ।

त्यसपछि सञ्चालकहरु होटललाई बुटिक होटलमा रुपान्तरण गर्नुको सट्टा लक्जरिय होटलसहितको अपार्टमेन्ट बनाउने योजनामा अघि बढेका हुन् । २४ वटा सर्भिस अपार्टमेन्टमा चल्ने होटलको व्यवस्थापनका लागि लक्जरिय ब्राण्ड भित्र्याउने तयारी छ । 

लक्जरियस होटलमा १३० कोठाहरु हुनेछन् ।

सिंगापुरको आर्किटेक्चरद्वारा डिजाइन

सन् २०२५ सम्म निर्माण सक्ने लक्ष्यसहित डिजाइन तयार भएको छ । मेनहार्डट इन्फ्राष्ट्रक्चर पीटीई लिमिटेड सिंगापुरले आर्किटेक्चरल डिजाइन गरेको छ । नेवारी संस्कृतिमा आधुनिकीकरण फ्युजन गरिएको डिजाइनमा अहिलेको समिट होटल भएको विशाल भवन भत्काएर नयाँ संरचना बनाईनेछ ।

यो परियोजना निर्माणमा ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२० रोपनी क्षेत्रफल 

यो परियोजना २० रोपनी क्षेत्रफलमा बन्नेछ । 

स्काई गार्डेन, होटल रुफ गार्डेन, रुफटप स्वीमिङ पुल, रेसिडेन्स रुफटप लगायतका सुविधा होटलमा हुनेछन् । होटलमा १२ सय जना अटाउने ब्यांक्वेट हल पनि निर्माण हुने गरी डिजाइन गरिएको रविभक्त श्रेष्ठको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved