नेपालको जमिन २ करोड ९२ लाख कित्ता, जग्गाधनी १ करोड ३८ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 12:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमीको खण्डिकरण तीव्र बन्दै गएको छ । जग्गाको कित्ताकाटमा जति नै कडाई गरेपनि भूमीको खण्डिकरण रोखिएको छैन । जसका कारण गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १४ लाख बढी जग्गाधनी थपिएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल असार मसान्तसम्म देशभर १ करोड ३८ लाख ३४ हजार ७९१ जना जग्गाधनी छन् । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को असन्तम सम्ममा ९६ लाख २५ हजार जग्गाधनी थिए ।

२ करोड ९२ लाख कित्तामा सिंगो मूलुक

विभागको तथ्यांक अनुसार हालसम्म सिंगो मुलुक २ करोड ९२ लाख २८ हजार २२८ कित्तामा ठुक्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ सम्म २ करोड ७८ लाख ८ हजार ७६३ कित्तामा रहेको नेपाल २०७७/०७८ को अन्तिमसम्म २ करोड ९२ लाख २८ हजार २२८ कित्तामा ठुक्रिएको भूमी व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

निजी, सार्वजनिक, सरकारी र गुठीको नाममा रहेको जग्गाको अभिलेख पनि यसैमा समावेश छ । 

उपत्यकामा कति छन् जग्गाधनी ?

काठमाडौँ उपत्यकामा ९ वटा मालपोत कार्यालयमार्फत घर जग्गाको कारोबार हुँदै आएको छ । यीमध्ये ललितपुर मालपोत अन्तर्गत सबैभन्दा बढी जग्गाधनी छन् ।

ललितपुर मालपोत अन्तर्गत २०७८ असार मसान्तसम्म ३ लाख १० हजार ३६ जग्गाधनी रहेका छन् ।

त्यसपछि भक्तपुर मालपोत अन्तर्गत २ लाख ९३ हजार ७६५ र कलंकी मालपोत अन्तर्गत २ लाख ६१ हजार १४६ जग्गाधनी छन् । 

चावहिल मालपोत अन्तर्गत १ लाख ८१ हजार ५२५, मनमैजु मालपोत अन्र्तगत १ लाख ६५ हजार ८३० र साँखु मालपोत कार्यालय अन्तर्गत ९२ हजार १०२ जग्गाधनी रहेको विभागले जनाएको छ ।

टोखा मालपोत कार्यालय अन्तर्गत ८८ हजार ६०६ जना जग्गाधनी छन् ।

किन बढ्यो कित्ताकाट ?

एकाघरमा वा एउटै भान्साको खाना खाने सन्तानहरु भिन्न हुने अथवा छुट्टिने क्रम रहेको र उनीहरुले आफ्नो नाममा जग्गा ल्याउन चाहेकाले कित्ताकाट बाक्लिएको हो । 

कर्मशियल रुपमा नै जग्गा प्लटिङ गरेर बेच्ने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट पनि सोही अनुसार तीव्र हुँदै गएको हो । सहरीकरण बढिरहेको र खेतीयोग्य जमिन घडेरीमा परिणत हुने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट बढिरहेको भूमि व्यवस्थापन विभाग बताउँछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved