उमेश श्रेष्ठले पौने ४ अर्बमा बेचे गोदावरीको २ सय रोपनी जग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 03:50:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले गोदावरीको जग्गा बिक्रि गरेका छन् । ललितपुरको गोदावरीमा रहेको झण्डै २ सय रोपनी जग्गा राज्यमन्त्री श्रेष्ठले मन्त्री हुनु अगाडी नै बेचेका हुन् ।

उनको उक्त जग्गामा फार्म हाउस पनि थियो । फार्म हाउस सहितको उक्त जग्गा उनले करिब ३ अर्ब ७५ करोडको मूल्यमा बेचेको खुलेको हो । रियलस्टेट व्यवसायी ओमबहादुर घर्तीले उक्त जग्गा खरिद गरेका हुन् ।

उमेश श्रेष्ठले बिक्रि गरेको उक्त जग्गा खरिद गरेका रियलस्टेट व्यवसायी घर्तीले प्लटिङ सुरु गरिसकेको बताईएको छ । सुरुमा ७० रोपनी जग्गा प्लटिङ गर्ने र बाँकी दोस्रो चरणमा गर्ने योजनामा घर्ती छन् । 

बैशाख अन्तिममा उक्त जग्गा बेचेका श्रेष्ठ साउन पहिलो हप्ता स्वाथ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । व्यापारीलाई राज्यमन्त्रीमा नियुक्त गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भईरहेको छ । 

एकैपटक एक जनाले व्यवसायिक प्रयोजनका लागि काठमाडौँ नजिकै २ सय रोपनी जग्गा बिक्रि गरेको सम्भवतः यो पहिलो पटक भएको रियलस्टेट व्यवसायीहरुको अनुमान छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved