मिदासले अझैं फिर्ता गरेन पीडितको पैसा, पीडित भन्छन् 'दिनुसम्मको दुख दियो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 09:32:31 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ई–क्लास लर्निङ प्लेटफर्म’ ले परिचित मिदासले पीडितहरुको पैसा अझैं फिर्ता नगरेको पाइएको छ।  पटक पटक सम्पर्क गर्दा पनि फिर्ता गर्नलाई प्रतिबद्दता गरेको रकम अहिलेसम्म फिर्ता नभएको पीडित परिवारले जनाएको छ। 

पटक पटक सम्पर्क गर्दा पनि कुनै ठोस जवाफ नपाएका पीडितले उपलब्ध गराएको प्रमाणलाई आधार मानेर बिजपाटी डटकमले समाचार लेखेको थियो। उक्त समाचार बाहिर आएपछि सम्पर्कमा आएका सँस्थाका संस्थापक तथा प्रबन्ध निर्देशक छत्रहरि कार्कीले प्राविधिक कारणले केहि व्यक्तिका बालबच्चाले अनलाइन कक्षा लिन नपाएको स्वीकार गर्दै उनीहरुको पैसा फिर्ता गर्ने प्रतिबद्दता जनाएका थिए। 

तर उनले प्रतिबद्दता जनाएको झन्डै दुई महिना बित्दा पनि अहिलेसम्म पैसा फिर्ता पाउन नसकेको पीडित परिवारले गुनासो गरेको छ। काठमाडौँमा बस्दै आएका एक कर्पोरेट हाउसमै कार्यरत व्यक्तिले ५ कक्षामा पढ्दै गरेका छोराको लागि लकडाउनको समयमा घरमै बसेर पढ्न सकोस् भनेर २ महिनाको ५ सय रुपैयाँ तिरेर सेवा खरिद गरेका थिए।

यस अघि: अनलाइन क्लासको नाममा मिदासको ठगी, ५ हजार अभिभावक पीडित

‘मेरा लागि ५ सय रुपैयाँ ठूलो रकम नहोला, तर यो सेवा लिएका सबै कमाउने मात्रै हुन्छन् भन्ने त हुँदैन’ उनले बिजपाटीसँग भने, ‘पैसा तिरेपछि तिरेको मूल्य बराबरको सेवा त दिनुपर्यो, हजारौँ अभिभावक ठग्ने काम मिदासले गरेको छ, यसले अनलाइन क्लासप्रति मानिसको विश्वास पनि तोडिदिएको छ ।’

यति मात्रै नभई रि–फण्ड (पैसा फिर्ता) को सम्बन्धमा मिदासले कुरै गर्न नचाहेको र यत्तिका दिनसम्म पनि कुनै प्रतिकृया नपाएको उनको गुनासो छ। अहिलेसम्म कहिलेकाहीं सम्पर्कमा आउने मिदासका कर्मचारीले समेत अहिले आफुले मिदास छाडिसकेकाले आफुले केहि गर्न नसक्ने जवाफ दिएर जिम्मेवारीबाट भागेको उनको गुनासो छ। 

उनले बिजपाटीसंग भने 'पछिल्लो समय यहि भदौ २ गते कुरा गर्न खोज्दा पहिलेदेखि कहिले काहीं सम्पर्कमा आउने ति व्यक्तिले अहिले आफुले मिदास छाडिसकेको जवाफ दिएका छन्, अब कोसँग सम्पर्क गर्ने हो त्यो पनि थाहा छैन, पैसाको अंक थोरै होला तर सेवा दिन्छु भनेर नदिंदा हाम्रो बच्चाले समयमा पढ्न नपाउदा समयको नोक्सानी मात्रै भयो।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved