८८४८ भोड्काको बोतलमा सगरमाथाको उचाई अझै पूरानै

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 01, 2021 | 09:29:11 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ मंसिरमै सगरमाथाको उचाई बढेको घोषणा भयो । त्यसअघि ८ हजार ८४८ मिटर उचाई कायम रहेको भएपनि नेपाल आफैँले पहिलो पटक मापन गर्दा ०.८६ मिटर उचाई बढी रहेको पाईयो । त्यसपछि सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम गरियो ।

यसमा उत्तरी छिमेकी देश चीनले पनि समर्थन गर्यो । र, फलस्वरुप संयुक्त कार्यक्रमको आयोजना गरी नयाँ उचाई घोषणा भयो ।

तर, नेपालबाट सगरमाथाको उचाईको नाममा ब्राण्ड बनाएर उत्पादन हुँदै आएको ‘८८४८ भोड्का’ले भने अझै पनि सगरमाथाको उचाई सच्याएको छैन । आफूलाई ‘वल्र्ड पियोरेष्ट भोड्का’ दाबी गर्ने ८८४८ को उत्पादक यती डिष्टिलरीले अहिलेसम्म बोतलमा सगरमाथाको नयाँ उचाई राखेको छैन ।

बोतलमा लेखिएको ‘डिस्क्रिप्सन’ मा सगरमाथाको पूरानै उचाई छ ।

के छ बोतलमा ?

८८४८ भोड्का यही नाममा ब्राण्ड भएकाले नाममा सम्बन्धमा कुनै चासो नभएपनि बोतलमा सगरमाथाको देश भनेर गरिएको वर्णनमा पूरानै उचाई कायम रहेको पाईएको हो । ४० प्रतिशत अल्कोहल भएको यो भोड्काको बोतलमा सगरमाथाको उचाई पूरानै कायम गरिएको पाईएको हो ।

यो पनिः
के को आधारमा ८८४८ भोड्काले आफूलाई विश्वकै ‘पियोरेष्ट’ भन्छ ?

'Mount Everest, known by Sherpas as Chhomolungma meaning ''mother Goddess of the Earth'', is the highest point in the world, standing at 8848 meters . This vodka is crafted from imported grain spirits, distilled from Soft French Winter Wheat, and blended in small batches with Pure Spring Water from the Himalayas .' बोतलमा लेखिएको छ । 

यती डिष्टिलरी सम्पर्कमा आएन 

‘८८४८ भोड्का पिउनेले बोतलमा लेखेको डिस्क्रिप्सन नपढ्न पनि सक्छ, तर नपढ्न सक्छ भन्दैमा गलत तथ्य त राख्नु भएन नि’ स्रोत भन्छ, ‘सगरमाथाको उचाई बढेको ८ महिना बढी भईसक्यो, अहिलेसम्म डिस्क्रिप्सनमा नसच्याउने भन्ने हुन्छ ? नेपाल आएका विदेशीले पिउँदा त पढ्छन् नै, त्यतिबेला उनीहरुले के बुझ्छन् ?’

यस विषयमा यती डिष्टिलरीसँग जिज्ञासा राख्न खोज्दा कम्पनी सम्पर्कमा आएन । मदिरा उत्पादक संघका अध्यक्षसमेत रहेका यती डिष्टिलरीका अध्यक्ष रवि केसीसँग बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

स्मरण रहोस्, यती डिष्टिलरीले ८८४८ भोड्का बाहेक कस्तुरी र ओल्ड दरबार पनि उत्पादन तथा बिक्रि गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved