मिदासले फिर्ता गर्यो सेवाग्राहीलाई पैसा, प्राविधिक कारणले ढिलाई भएको प्रस्टोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 08:13:48 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ई–क्लास लर्निङ प्लेटफर्म’ ले परिचित मिदासले प्राविधिक कारणले सेवा दिन नसकेका ग्राहकहरुको पैसा फिर्ता गरेको छ। पैसा तिरेर पनि सेवा लिन नपाएकाहरुलाई आफुहरुले पैसा फिर्ता गरेको मिदासले जनाएको छ। 

यस अगाडी फ्ल्यास प्लेयरमा सुविधा रहेको तर अहिले उक्त सुविधा आउटडेटेड भएकाले बिद्यार्थीहरुले यो सुविधा लिन नपाएकाले आफुहरुले धेरै सेवाग्राहिको पैसा फिर्ता गरेको मिदासका प्रशासन तथा बित्त प्रमुख रोशन पोखरेलले बिजपाटीलाई बताए। 

पैसा तिरेर पनि सेवा लिन नपाएको र आफुहरुको पैसा पनि फिर्ता नभएको गुनासो आएपछि बिजपाटि डटकमले यस बिषयमा लेखेको थियो। तर पोखरेलले भने आफुहरुले सुरुदेखि नै सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गरेको तर केहि प्राविधिक कारणले पैसा फिर्ता गर्नलाई ढिला भएको बताए। लिंक

कतिपयले यो सेवा लिनलाई बैंकमा डिपोजिट गर्ने वा अरुको आइडी प्रयोग गरेर पैसा हाल्ने भएकाले वास्तविक सेवाग्राहीलाई पैसा फिर्ता गर्न पनि समस्या भएको उनले बताए। उनीहरुको कुनै माध्यम नै नभए पश्चात केहिलाई पैसा फिर्ता गर्नलाई ढिला भएको उनको भनाई छ।   

"फ्ल्यास प्लेयरमा समस्या भएपछि हामीले दिने भनेको एनीमेटेड भिडियो चलेन, त्यसपश्चात जिरोबाटै सिस्टम अपग्रेड गर्नुपर्ने हुँदा केहि समय यो सेवा अवरुद्द हुन पुग्यो" उनि भन्छन्, "यहि बीचमा केहि अभिभावकहरु आफु ठगिएको महसुस गरे होलान् तर हामीले आफ्नो सम्पर्कमा रहेका सबैलाई अहिलेलाई फ्ल्यास प्लेयरलाई एमपीफोरमा अपग्रेड गर्दैछौं, पछि सेवा लिन चाहनुहुन्छ वा अहिलेनै पैसा फिर्ता लिनुहुन्छ भन्ने विकल्प दिएका थियौं।" 

उनि अगाडी भन्छन्, अहिलेपनि केहि अभिभावकले पछि सेवा सुचारु भएपछि सेवा लिन्छौं भनेर पैसा फिर्ता लिएका छैनन्,  हाम्रो फ्ल्यास प्लेयरको सिस्टम आउटडेटेड भएपछि कोभिडकै बेलामा पनि हामीले सकेसम्म सबै अभिभावकलाई जानकारी दीएकै हो। प्राविधिक समस्या आएपछि कर्मचारीको संख्या पनि घट्न थाल्यो, त्यहि भएर समन्वय र सम्पर्कमा समस्या भएको हो, पैसा फिर्ता लिन चाहने करिब ५० जना जति सबैलाई पैसा फिर्ता गरिसकेका छौँ।" 

मिदासले सन २००१ बाट नै बिद्यार्थीहरुका लागि डिजिटल प्रविधिबाट अध्यापन गराउन थालेको हो। सुरुमा सिडीबाट यो सेवा उपलब्ध गराएपनि पछि पेनड्राइभ मा सामग्री राखेर बिद्यार्थीलाई वितरण गर्ने गर्दथ्यो। तर अहिले माइक्रोसफ्ट विन्डोबाट फ्ल्यास प्लेयर आउट भएपछि फ्ल्यास प्लेयर मार्फत हेर्न मिल्ने एनिमेटेड भिडियो सेवा पनि बन्द हुन पुगेको हो। 

पोखरेलकाअनुसार अहिले कम्पनीले फ्ल्यास प्लेयरलाई एमपीफोरमा अपग्रेड गर्दैछ। यो बीचमा अर्थात कोभिड १९ को बीचमा पनि आफुहरुले एनिमेटेड भिडियो बाहेकका सेवाहरु प्याब्सन र गैर प्याब्सनका बिद्यार्थीहरुलाई निशुल्क उपलब्ध गराएको छ। अपग्रेडको काम सकिएपश्चात फेरी नयाँ शैली र सुविधा सहित आफुहरु बजारमा आउने लक्ष्य रहेको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved