९ हजार टिपर चुनढुंगा चोरेको सांघाइ समूहको घोराही सिमेन्ट १ अर्ब बक्यौता पचाउने दाउमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2021 | 11:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सांघाइ समूहको घोराही सिमेन्टले १ अर्ब रुपैयाँ बिजुलीको बक्यौता नतिरेको पाईएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार परूषोत्तमलाल सांघाइ अध्यक्ष रहेको घोराही सिमेन्टले १ अर्ब रुपैयाँ बक्यौता नतिरेको हो ।

शक्तिको दुरुपयोग

त्रिवेणी ग्रुपको नामबाट सञ्चालित घोराही सिमेन्टका सञ्चालक रामचन्द्र सांघाइ हाल नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष छन् । त्रिवेणी ग्रुपकै त्रिवेणी स्पिनिङ मिल्सले ६५ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । 

यी दुई कम्पनीको गरी कुल १ अर्ब ६५ करोड रुपैयाँ बक्यौता नतिर्ने दाउमा रामचन्द्र सांघाइ लागिरहेका छन् । घोराहीका अध्यक्ष पुरुषोत्तमलाल सांघाइ रामचन्द्र सांघाइका जेठा दाजु हुन् । आफ्नो भाइ रामचन्द्रकै सल्लाहमा पुरुषोत्तमलालले घोराहीको १ अर्ब बक्यौता नतिरेको बताइन्छ ।

यो पनिः
सांघाइको घोराही सिमेन्टले रोल्पा सिमेन्टको चुनढुंगा चोर्यो, खानी विभागले सीडीओलाई काट्यो पत्र

साहिल अग्रवाललको जगदम्बा स्टिल्सपछि सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी सांघाइ समूहको छ । तर, कर्पोरेट हाउसहरुको प्रतिनिधित्व गर्दै महासंघको एसोसियट उपाध्यक्ष बनेर शक्ति आर्जन गरेका कारण सांघाइ अहिले उक्त बक्यौता नतिर्ने दाउमा छन् । 

महासंघ भित्रै पनि सांघाइले शक्तिको दुरुपयोग गरेको चर्चा हुन थालेको छ । यस विषयमा महासंघका अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारकासँग सांघाइको ‘भ्वाइस’ ठ्याक्कै मिलेको छ । 

चुनढुंगा नै चोरी

यसअघि घोराही सिमेन्टले अर्कै उद्योगको चुनढंगा प्रयोग गरेको पनि भेटिएको थियो । रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा खानी घोराही सिमेन्टले प्रयोग गरिरहेको भेटिएको थियो ।

घोराही सिमेन्टले बाटो बनाउने भन्दै आफ्नो स्वामित्वमा रहेको चुनढुंगा खानी उत्खनन् गरेर लगेको रोल्पा सिमेन्टले जनाएको थियो । सगरमाथा र सगरमाथा गोल्डको नाममा सिमेन्ट उत्पादन र बिक्रि गर्दै आएको घोराही सिमेन्टले ९ हजार टिपर चुनढुंगा लगेको रोल्पा सिमेन्टले आरोप लगाएको छ । 

उद्योगका सञ्चालक परूषोत्तमलाल सांघाइले रोल्पा सिमेन्टको स्वामित्वमा रहेको चुनढंगा उत्खनन् गर्न रोल्पा चुनढुंगा उद्योग भनेर अर्को खानी दर्ता गरेको खुलेको थियो । 

त्रिवेणी गाउँपालिकाले पटक पटक पत्र लेखेपनि घोराही सिमेन्ट उद्योग र यो उद्योगका सञ्चालक परूषोत्तमलाल सांघाइले अटेर गरेपछि गत असार २३ गते खानी विभागले जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा र त्रिवेणी गाउँपालिकालाई पत्र लेखी काम तत्काल रोक्न निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved