कर अशुल्न मोटरसाइकलको वर्गीकरणमै फेरबदल, यी हुन् अब महँगो हुने १६ ब्राण्डका बाइक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2021 | 10:13:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल र स्कुटरको मूल्य फेरि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकल र स्कुटरमा अन्तःशुल्क बढाएपछि मूल्य पनि बढ्ने भएको हो ।

१२५ सीसीदेखि १५५ सीसी सम्मका तयारी मोटरसाइकल आयात हुँदा अब मूल्य बढेर आउने छन् । १२५ सीसी भन्दा बढी र १५५ सीसी भन्दा कम इन्जिन क्षमताका मोटरसाइकल तथा स्कुटरको सडक सम्भार शुल्क पनि बढाईएको छ । यी इन्जिन क्षमताका मोटरसाइकलको सडक दस्तुर प्रतिगोटा ३ हजार रुपैयाँ बढाईएको छ ।

बजाज र टीभीएसको मूल्य नबढ्ने

नेपालमै एसेम्बल हुने बजाज र टीभीएस मोटरसाइकलको मूल्य भने खासै नबढ्ने देखिन्छ । तर, प्रतिगोटा ३ हजार रुपैयाँ सडक दस्तुर शुल्क बढेको हुनाले नेपालमै एसेम्बल हुने बाइकको मूल्य पनि थोरैले बढ्न सक्ने छ ।

बजाज र टीभीएस नेपालमै एसेम्बल हुने भएकाले यीनीहरुले अन्तःशुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन् । जसका कारण यी २ कम्पनीका बाईकको मूल्यमा कर, सडक दस्तुर बढ्दा पनि खासै फरबदल नहुने देखिएको छ ।

यी हुन् मूल्य बढ्ने बाइक र स्कुटर

यामाहा, सुजुकी, हिरो, होण्डा, अप्रिलिया, भेष्पा लगायतका विभिन्न ब्राण्डका विभिन्न मोडलका बाइक तथा स्कुटरमा बढेको अन्तःशुल्कले असर गर्नेछ । यी मध्ये पनि सबैभन्दा धेरै भने यामाहालाई प्रभाव पर्नेछ । यामाहाका मात्रै ८ मोडलको मूल्य बढ्नेछ ।

यामाहा एन म्याक्स–१५५ सीसी

यामाहा एसजेड–१५० सीसी

यामाहा एफजेड १६ एफआई–१५० सीसी

यामाहा एफजेड एफआई भीथ्री–१५० सीसी

यामाहा एफजेडएस एफआई डीडी–१५० सीसी

यामाहा एफजेडएस एफआई भीथ्री–१५० सीसी

यामाहा एमटी १५–१५५ सीसी

यामाहा आर १५–१५५ सीसी

सुजुकी जिक्सर एसएफ १५०–१५४.९ सीसी

जिक्सर १५०–१५४.९ सीसी

जिक्सर डीटीडीडी–१५४.९ सीसी

हिरो हंक १५० आर–१५० सीसी

होन्डा सीबी युनिकर्न–१५० सीसी

अप्रिलिया एसआर–१५४.८ सीसी

भेष्पा भीएक्सएल–१४९ सीसी

बेनेली जेन जेरो–१५० सीसी 

१०० प्रतिशतसम्म अन्तःशुल्क

अध्यादेशमार्फत केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटभन्दा फरक तरिकाले मोटरसाइकलको वर्गीकरण गरिएको छ ।

अघिल्लो सरकारले १५५ सीसी ननाघेका र १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा अन्तःशुल्कको दर ४० प्रतिशत मात्रै कायम गरेको थियो । तर, तर प्रतिस्थापन विधेयमार्फत १२५ सीसी ननाघेका मोटरलाइलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसी सम्मको इन्जिन क्षमता भएका मोटरसाइकलमा ५० प्रतिशत र २ सय सीसीदेखि २५० सीसी सम्मका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।

५ सयदेखि ८ सय सीसी सम्मका बाइकमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा बढाएर १०० प्रतिशत नै पुर्याइएको छ । 

सडक दस्तुर कति बढ्यो ?

कर अशुल्नकै लागि अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलको वर्गीकरण नै थपिदिएका छन् । यसअघि १५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५ देखि २५० सीसी सम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा  १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्दै आएको थियो । 

तर, अर्थमन्त्री शर्माले कर अशुल्नकै लागि १२५ सीसी सम्मका बाइक तथा स्कुटरमा १५ हजार, १२५ देखि २५० सीसी सम्मका मोटरसाइकलमा १८ हजार, २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलमा ५० हजार र ४०० सीसी भन्दा माथिका बाइकमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved