घरजग्गा कारोबारमा पोखरा र इटहरी अगाडी, धनगढी र नेपालगञ्ज नयाँ ‘हटस्पट’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 21, 2021 | 11:21:15 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले घरजग्गा कारोबार अत्याधिक बढेको छ । काठमाडौँ उपत्यका छोडेर कारोबारीहरु मोफसलमा केन्द्रित भएका छन् । जसका कारण घरजग्गा कारोबार र राजस्व असुलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुलाई काठमाडौँ बाहिरका मालपोतले पछि पारेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले पनि काठमाडौँ बाहिरका शहरहरु घरजग्गा कारोबारको ‘हटस्पट’ बन्ने गरेको देखाएको छ । 

पोखरा र इटहरी पहिलो

काठमाडौँ उपत्यकालाई पछि पार्ने दौडमा अहिले मोफलसका शहरहरुबीच तीव्र प्रतिस्पर्धा छ । २ वर्ष अगाडीसम्म काठमाडौँ बाहिर पोखरा र चितवनमा जग्गाको कारोबार उच्च थियो । तर, अहिले पोखरा र चितवनलाई नेपालगञ्ज र धनगढीले पछि पारिसकेका छन् ।

राजस्व संकलनमा भने पोखरा अझै अग्रस्थानमा कायमै छ । तर, कारोबार संख्या भने धनगढी र नेपालगञ्जको बढी छ । देशभरीमा सबैभन्दा बढी घरजग्गा कारोबार इटहरीमा भएको छ । इटहरी, चितवन, पोखरा, भैरहवा र बुटवलमा जग्गाको भाउ काठमाडौँ उपत्यकाकै हाराहारीमा छ ।

भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यका बाहिर घरजग्गा किनबेचमा इटहरी पहिलो र राजस्व संकलनमा पोखरा पहिलो देखिएको छ । गतवर्ष इटहरीमा २७ हजार ९५५ घरजग्गा किनबेच हुँदा १ अर्ब १३ करोड राजस्व संकलन भएको छ । 

पोखराबाट १३ हजार ८९५ घरजग्गा किनबेच हुँदा २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

कहाँ कति कारोबार ?

झापाको भद्रपुर र दमक मालपोतबाट ३५ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ३० करोड राजस्व उठेको छ ।

मोरङको विराटनगर र बेलवारीबाट ४० हजार घरजग्गा किनबेच भएको छ । यसवापत १ अर्ब ८२ करोड राजस्व संकलन भएको छ । चितवनका ४ मालपोत कार्यालयबाट २२ हजार घरजग्गा किनबेच हुँदा २ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।

बुटवल र भैरहवामा ११ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ७९ करोड राजस्व उठेको छ । प्रदेश राजधानी दाङ सरेवपछि बुटवलको कारोबार सुस्ताएको हो ।

दाङ, नेपालगञ्ज र धनगढी हटस्पट बन्दै

नेपालगञ्ज र धनगढी अहिले परिचित हटस्पट शहरभन्दा बढी कारोबार हुने शहर बनेका छन् । बुटवल, पोखरा, चितवनलाई यी २ शहरले उछिनेका छन् । 

चितवन र पोखरा जस्ता उच्च कारोबार हुने शहरलाई दाङले पनि पछाडि पारेको छ । दाङका घोराही, लमही र तुल्सिपुरबाट २९ हजार घरजग्गा किनबेच भएका छन् । 

नेपालगञ्ज र धनगढी घरजग्गा कारोबारको नयाँ हटस्पट बन्ने दौडमा छन् । गत बर्ष नेपालगञ्जमा २० हजार ६ सय घरजग्गा किनेबच हुँदा ९१ करोड ३४ लाख राजस्व संकलन भएको छ ।

धनगढी र टिकापुर मालपोतबाट १६ हजार ३ सय घरजग्गा किनबेच हुँदा १ अर्ब १४ करोड राजस्व उठेको छ । 

कैलालीमा धनगढी, टिकापुर, अत्तरिया, सुखड र लम्की गरी ५ वटा शहर छन् । यी ठाउँमा केही वर्षअघि लाख रुपैयाँ कट्ठा पर्ने जग्गाको मूल्य अहिले १० लाखसम्म पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved