बुकिङ नखुल्दै समिट रेसिडेन्सीका सबै अपार्टमेन्ट बिक्रि, ९० प्रतिशतले बुझाए ‘एडभान्स’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 02:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको कुपण्डोल हाइटमा निर्माण हुन लागेको अपार्टमेन्ट बुकिङ नखुल्दै बिक्रि भएको छ । समिट होटल भत्काएर त्यहाँ निर्माण गर्न लागिएको विलासी समिट रेसिडेन्सी अपार्टमेन्टको औपचारिक रुपमा बुकिङ खुला नहुँदै बुकिङ सकिएको हो । 

अनौपचारिक रुपमा बुकिङ सुरु गरिएको १ महिनामै अधिकांश युनिट बुकिङ भइसकेको सञ्‍चालकहरुको दाबी छ । बुकिङ गरेकाहरुमध्ये ९० प्रतिशतले एडभान्स पनि बुझाईसकेको दाबी सञ्चालकहरुको छ ।

चौधरी समूह, एनई समूह र समिट समूहले पुरानो होटल भत्काएर पाँच तारे लक्जरी होटलसहितको एलिट क्लास अपार्टमेन्ट बनाउने भएका हुन् । १७ तलाको हाइराइज अपार्टमेन्ट बन्ने छ । तर, अहिले ११ तला सम्मको मात्रै बुकिङ लिईएको छ । बाँकी तलाको नगरपालिकाबाट स्वीकृति लिन बाँकी छ । प्रक्रिया सुरु गरिसकिएको भएपनि ललितपुर महानगरपालिकाले स्वीकृत गर्न बाँकी रहेकाले ११ तला सम्मको बुकिङ लिईएको र बाँकीको स्वीकृत पाएपछि खुलाईने बताईएको छ । 

एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्‍ठले यो अपार्टमेन्ट काठमाडौँ उपत्यकाकै अहिलेसम्मकै लक्जरीयस अपार्टमेन्ट हुने दाबी गरेका छन् । उनका अनुसार सर्भिस र आवासीय गरी दुई प्रकारका अपार्टमेन्ट बनाईनेछ । 

अपार्टमेन्टको १६ र १७औं तलामा २÷२ तलाका खुला ठाउँ, निजी गार्डेन सहितको विलासी पेन्ट हाउस बनाईनेछ । 

आवासीय अपार्टमेन्टको तल्लो फ्लोरमा स्वीमिङ पुल हुनेछ । सर्भिस अपार्टमेन्टमा रुफटप स्वीमिङ पुल बन्ने छ । जीम, रेष्टुरेन्ट लगायतका सुविधा पनि उपलब्ध हुने गरी डिजाइन गरिएको छ । 

आवासीय अपार्टमेन्टमा ९६ युनिट हुने भनिएपनि अहिले ११ तला सम्मको मात्रै बुकिङ लिईएकाले आधा मात्रै खपत भएका छन् । बाँकी १२ देखि १७ औँ तलाको पनि बुकिङ केही समयमै खुलाउने तयारी निर्माण पक्षको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved