काठमाडौँबाट राजधानी सार्ने बहसः मुख्यमन्त्री शाक्यको प्रस्तावमा सहमति जुट्ला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2021 | 10:55:13 AM मा प्रकाशित

laxmi  sunrise bank

संघिय राजधानी सार्ने बहस फेरि सतहमा आएको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज ५ गते चितवन पुगेर काठमाडौँबाट संघिय राजधानी सार्नुपर्ने बताईन् । यति मात्रै नभई उनले मकवानपूर र चितवन जोडेर संघिय राजधानी कायम गर्नुपर्ने प्रस्ताव पनि गरिन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गत माघ ६ गते एकाएक ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठाए । डा. भट्टराईले यो ठाउँ वा शहर नै राजधानी हुनुपर्छ भनेर किटान नगरेपछि मुख्यमन्त्री शाक्यले भने हेटौँडा र चितवन जोडेर राजधानी बनाउनुपर्ने बहस सार्वजनिक मञ्चबाटै नागरिक सामु राखेकी छिन् ।

बेला बेलामा शीर्ष नेताहरुले यस्ता बहस झिकिरहेका कारण काठमाडौँबाट राजधानी सार्नुपर्ने निर्क्यौलमा नेताहरु पुगिसकेको बुझ्न सकिन्छ ।

डा. भट्टराई र मुख्यमन्त्री शाक्यको भनाई सार्वजनिक भएपछि काठमाडौँ उपत्यका केन्द्रित घरजग्गा कारोबारी भने आशंकित भएका छन् । यसअघि मूलुक संघियतामा प्रवेश गर्नु अगाडी तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा जोडताडले नै उठाएको थियो । 

‘प्रदेश राजधानी काठमाडौँ बनाउँ’

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मकवानपुर र चितवनलाई जोडेर संघीय राजधानी र काठमाडौँलाई प्रदेशको राजधानी बनाउनुपर्ने बताएकी छिन् । 

काठमाडौँ प्रदेशको राजधानी हुँदा प्रदेशभित्रका सबै जिल्लाका बासिन्दालाई पायक पर्ने उनको भनाई छ । यसअघि पनि भक्तपूर वा धुलिखेललाई प्रदेशको राजधानी बनाईनुपर्ने विषय उठेको थियो । तर, तत्कालिन नेकपाका कारण हेटौँडालाई बागमतीको स्थायी राजधानी बनाईएको थियो ।

अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी काठमाडौँ बनाएर संघिय राजधानी चितवनतिर सार्नुपर्छ भनेर बोल्नु भनेको पहिलो संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले बोलेको बोलीसँग मेल खाएको छ ।

यसअघिः
काठमाडौँबाट राजधानी सार्ने बहसः यी हुन् शीर्ष नेताले प्रस्ताव गरेका शहर
मकवानपूर र चितवनको नाममा सहमति जुट्ला ?

चिवतनलाई राजधानी बनाउन प्रचण्ड पहिल्यैदेखि लागेका हुन् । तर, काठमाडौँको अलिअलि भएको जनमत पूरै काँग्रेस वा एमालेतिर सोझिने देखेर उनले २०६४ सालमा बहुमत हुँदा पनि यसबारे निर्णय त परैको कुरा, औपचारिक प्रस्ताव समेत गरेनन् ।

अर्को कुरा, अष्टलक्ष्मी शाक्य काठमाडौँकी बासिन्दा मात्रै नभई एमालेकी उपाध्यक्षसमेत हुन् । उनले काठमाडौँबाट राजधानी सार्नुपर्छ भनेपछि काठमाडौँमा भएको एमालेको जनमत आशंकित भएको छ । काठमाडौँ पर्यावरणीय दृष्टिकोणले मानिस बसोबासका लागि उपर्युक्त शहर होइन भन्ने विज्ञहरुको निष्कर्षमा एमाले सहमत हुन सकेपनि जनमत खस्किने डरले राजधानी सार्नुपर्छ भन्ने औपचारिक आवाज निकाल्न सक्ने देखिँदैन ।

काठमाडौँको जनमत मूलुककै निर्णायक जनमत भएकाले यहाँका बासिन्दाले ‘नाई’ भन्ने निर्णय कुनैपनि राजनीतिक दलले गर्न सक्दैनन् । काठमाडौँ यसैपनि काँग्रेस र एमालेको प्रतिस्पर्धात्मक जनमत भएको शहर भएकाले यहाँबाट राजधानी सार्ने विषय केवल बहसमा मात्रै सिमित हुने देखिन्छ ।

यो पनिः
काठमाडौँबाट राजधानी सार्ने बहसः यस्ता छन् अन्तराष्ट्रिय उदाहरण

के भन्छन् विज्ञ ?

‘भुँइचालो आयो, कति क्षति भयो ? काठमाडौँ बस्न हुने शहर रहेछ त ?’ एकजना विज्ञ भन्छन्, ‘विपत आइलागेर हजारौँ मानिसको जीवन नगई सार्न नहुने ? कालान्तरमा प्राकृतिक विपद् आइपर्न सक्छ भनेर विश्वका विभिन्न विज्ञले चेतावनी दिईरहेका छन्, त्यसलाई सकारात्मक रुपमा लिएर अहिले नै राजधानी सारे हजारौँ मान्छे बाँच्छन् भने किन ढिलाई गर्ने ? हाम्रो देश मात्रै यस्तो देश हो, जहाँ विज्ञले दिएका सुझाव कुनैपनि राजनीतिज्ञले मान्दैनन् । डा. भट्टराई आफैँमा विज्ञ हुन्, उनले नबुझी बोलेका होलान् त ?’

उनले अब जति नै प्रयास गरेपनि काठमाडौँलाई व्यवस्थित शहर बनाउन नसकिने भएकाले काठमाडौँबाट ‘फ्रेस सिटी’मा राजधानी सार्नु नै बुद्धिमानी हुने बताएका छन् ।

उनले मुलुकको आर्थिक र प्रशासनिक राजधानी फरक फरक शहरमा बनाउनु उपर्युक्त हुने सुझाव पनि दिएका छन् ।

यो पनिः
देशको राजधानी काठमाडौँबाट सार्ने समय आएको हो ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved