लेखामान र लेखापरिक्षणमान बोर्डको अध्यक्षका लागि दौडधुप सुरु, सदस्यमा नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 01:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नलाई नीतिगत निर्णय गर्ने लेखामान बोर्ड र वित्तीय विवरण राखेको मिलेको छ छैन भनेर परिक्षण गर्ने लेखा परिक्षणमान बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएको छ। 

अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषदको बैठकले नियुक्ति गर्ने भएकाले अध्यक्षका आंकाक्षीहरु अहिले अर्थमन्त्रलाय र शक्तिकेन्द्र धाएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपा मिलेर बनेको गठबन्धनको सरकार भएपनि अर्थमन्त्री माओवादी केन्द्रबाट भएकाले अध्यक्षका आंकाक्षीहरु माओंवादी केन्द्रसँग निकट व्यक्तिहरु बोकेर लागि परेका छन्। 

अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्ति हुने भएपनि सामान्यतया नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, आइक्यान का पुर्व अध्यक्ष मध्येबाट एक जनालाई लेखामान बोर्ड अध्यक्ष बनाउने चलन छ। 

स्रोतकाअनुसार लेखामान बोर्ड अध्यक्षको आंकाक्षीहरुमा पुर्व आइक्यान अध्यक्ष मधुबिर पाण्डे, प्रकाशजंग थापा, प्रकाश लम्साल रहेका छन्। यी सबै आंकाक्षीहरु नेपाली कांग्रेस निकट हुन्। त्यस्तै बिद्यार्थी कालदेखि नै नेपाली कांग्रेसमा, नेविसंघ' मा लागेर राजनीति गरेका एक पुर्व अध्यक्ष  पनि अध्यक्षको आंकाक्षीमा देखिएका छन्।

बजारमा माओवादी केन्द्र निकट तथा माओवादी चार्टड एकाउन्टेन्टका रुपमा चिनिएका टेकनाथ आचार्यसँग पनि अध्यक्षका आंकाक्षीहरुले दौडधुप सुरु गरेका छन्।   

त्यस्तै चार्टड एकाउन्टेन्टस मध्येबाट ५ जनाको नाम लेखामान बोर्डको सदस्यमा सिफारिस भएको छ। यी ५ जनाको नाम आइक्यानको परिषदको सिफारिसमा अर्थमन्त्रीले गर्छन। बिजपाटीलाई प्राप्त जानकारीअनुसार चार्टड एकाउन्टेन्टहरु मध्येबाट लेखामान बोर्डमा सदस्यका लागि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं, सिनियर चार्टड एकाउन्टेन्ट प्रविनध्वज जोशी, मानिस उप्रेती, अरुण रावत र संजय कुमार सिन्हाको नाम सिफारिस भएको छ। 

त्यस्तै लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थिति र नियमन गर्नका लागि गठन भएको लेखापरिक्षणमान बोर्डको अध्यक्षका लागि पनि दौडधुप तिब्र भएको छ। प्राप्त जानकारीअनुसार लेखापरीक्षणमान बोर्ड अध्यक्षका लागि केपी ओली निकट मानिने अनुप कुमार श्रेष्ठ र चार्टड एकाउन्टेन्टहरुको छाता संगठन, नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष आनन्द वाग्लेले दौडधुप सुरु गरेका छन्।  

त्यस्तै चार्टड एकाउन्टेन्टहरु मध्येबाट लेखापरिक्षणमान बोर्डमा सदस्यका लागि लेखापरिक्षणमान बोर्डका निवर्तमान अध्यक्ष मदन कृष्ण शर्माका  व्यवसायिक साझेदार जितेन्द्र मिश्र, लेखापरिक्षणमान बोर्डका वर्तमान अध्यक्ष युद्दराज ओलीका व्यवसायिक साझेदार सिखा वाग्ला र टेकनाथ आचार्यको नाम सिफारिस भएको छ। लेखा परिक्षणमान बोर्डमा चार्टड एकाउन्टेन्टहरु मध्येबाट तीन जना सदस्य रहने गर्दछन।   

नेपाल चार्टड एकाउन्टेन्टस ऐन २०५३ अन्तर्गत चल्ने निकाय भएपनि लेखामान र लेखापरिक्षणमान बोर्ड आफैंमा स्वायत्त, बलिया र महत्त्वपूर्ण सँस्था हुन्। आय, व्यय, सम्पति र दायित्वको परिभाषा गर्ने, लेखा व्यवसाय र वित्तीय प्रतिवेदनको लागि नीतिगत निर्णय गर्ने, परिक्षण गर्ने, बैंक वित्तीय सँस्था तथा संस्थानहरुको हिसाब किताब कसरी राख्ने भनेर एउटा खाका तयार गर्ने, एनएफआरएस को बारेमा निर्णय लिने जस्ता महत्त्वपूर्ण काम गर्ने सँस्था भएकाले यी दुवै बोर्डको अध्यक्ष तथा सदस्यको ठुलो भूमिका रहने गर्दछ। 

त्यसमा पनि दुवै बोर्डको लागि सरकारले छुट्टै बजेट छुट्याउने, विदेश भ्रमणको मौका हुने र नीतिगत रुपमा खेल्न पाइने भएकाले यो संस्थाको अध्यक्ष तथा सदस्य बन्नका लागि दौडधुप तिब्र हुने गर्दछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved