जगदम्बाका मालिक साहिल अग्रवालको 'जनार्दन कनेक्सन', विभूषित भएर 'कर्तुत' लुकाउने दाउ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 05, 2021 | 12:42:13 PM मा प्रकाशित

laxmi bank

बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले २०७६ साल माघ १६ गतेबाट घर बनाउन सुरु गरेका थिए । सामान जुटाउन समय लागेका कारण २०७६ चैत्र ११ (लकडाउन अघि) उनको घर बनिसकेन । 

लकडाउन भएपछि घर बनाउने मजदूरहरु कम भएका कारण समयमा नै घरको निर्माण सकिएन । परिणामस्वरुप, उनले खुकुलो भएको लकडाउनमा घर निर्माणलाई तीब्रता दिए ।

घर निर्माण गर्न उनले स्वयम्भू सानो भर्याङस्थित डी.पी हार्डवेयरबाट जगदम्बाका फलामे रड किनेका थिए । २०७७ सालको साउन २८ गते बुधबारबाट भट्टराईले घरको तेस्रो तल्लाको ढलान सुरु गर्ने तयारी थालेका थिए । यसका लागि २ लाख ४२ हजारको जगदम्बाका डण्डी खरिद गरे । तर, तयारी गर्ने क्रममा डण्डी मर्काउदा पिटिपिटी भाँचिन थाले । कामदारले एउटा डण्डी भाँचिएपछि अर्को मर्काए, अर्को पनि उसैगरी भाँचियो ।

यो समाचार बिजपाटी डटकमले सार्वजनिक मात्रै गरेन, निरन्तरको फलोअप पश्चात पिडीत भट्टराईलाई क्षतिपूर्ति नै दिलायो । 

तर, २०७७ सालको संविधान दिवसमा उपभोक्तामाथि यस्तो बदमाश गरेको शंकर ग्रुपका मालिक शंकर अग्रवाल सरकारबाट सम्मानित भए । तत्कालिन केपी ओली नेतृत्वको सरकारले शंकर अग्रवाललाई सम्मान गर्दा निकै आलोचना भयो ।

अहिले शंकर ग्रुपको जगदम्बा स्टिल्सका सञ्चालक छन् साहिल अग्रवाल । साहिल यसपालीको संविधान दिवसमा सुप्रबल जनसेवाश्रीबाट विभूषित भए ।

सम्मानित भएर कर्तुत लुकाउन शक्ति केन्द्रको आड

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री रहेका मोतिलाल दुगडमार्फत शंकर अग्रवाल सम्मानित भएका थिए । आफ्ना पीतालाई लिएर त्यतिबेला पनि साहिल अग्रवाल निकै पटक उद्योग मन्त्रालय पुगेको स्रोत बताउँछ ।

साहिलकै जोडबलमा शंकर अग्रवाल सम्मानित भएका थिए । 

यसपाली आफू सम्मानित भएर शंकर ग्रुपको बदमासी ढाकछोप गर्न उनले अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारेको चर्चा छ । महासंघका अध्यक्ष शेखर गोल्छामार्फत नाम नगए सिँधै अर्थमन्त्रीलाई भनेर नाम टिपाउने सम्मको तयारी साहिलले गरेका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित भएर बैंक, फाइनान्स तथा इन्स्योरेन्स कमिटीको सभापति भएपछि अग्रवालले राष्ट्र बैंक र अर्थ मन्त्रालयमा सोझै पहुँच बनाएर यसपाली जनार्दन शर्मालाई प्रभावमा पारेर विभूषित भएको स्रोतले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved