लेखामान र लेखापरिक्षणमान बोर्डको अध्यक्षमा थापा र श्रेष्ठले मारे बाजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 10:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लेखामान बोर्ड र लेखापरिक्षणमान बोर्डको अध्यक्ष नियुक्त गरेको छ। लेखामान बोर्ड अध्यक्षमा प्रकाशजंग थापा र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा अनुप कुमार श्रेष्ठलाई नियुक्त गरेको स्रोतले जनाएको छ। 

लेखामान बोर्ड अध्यक्षमा नियुक्त भएका प्रकाशजंग थापा पुर्व आइक्यान अध्यक्ष हुन्। थापा नेपाली कांग्रेस निकट मानिन्छन भने लेखापरिक्षणमान बोर्डको अध्यक्षमा नियुक्त भएका अनुप कुमार श्रेष्ठ ओली निकट मानिन्छन। 

लेखामान बोर्डको आंकाक्षीहरुमा पुर्व आइक्यान अध्यक्ष मधुबिर पाण्डे, प्रकाश लम्साल थिए भने लेखापरिक्षणमान बोर्डको अध्यक्षमा चार्टड एकाउन्टेन्टहरुको छाता संगठन, नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष आनन्द वाग्लेको पनि नाम चर्चामा थियो। 

लेखामान बोर्डले लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नलाई नीतिगत निर्णय गर्ने काम गर्दछ लेखा परिक्षणमान बोर्डले वित्तीय विवरण राखेको मिलेको छ छैन भनेर परिक्षण गर्ने काम गर्दछ।

लेखामान बोर्ड अध्यक्ष र लेखापरिक्षणमान बोर्डको अध्यक्षको नियुक्ति अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषदको बैठकले गरेको हो। बिजपाटी डटकमले यस अगाडी लेखामान र लेखापरिक्षणमान बोर्डको अध्यक्षका लागि दौडधुप सुरु, सदस्यमा नाम सिफारिस शिर्षकमा समाचार लेखेको थियो। बिजपाटीले प्रक्षेपण गरेअनुसार नै सरकारले नियुक्ति गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved