कस्ता छन् भैँसेपाटीमा बन्दै गरेका मन्त्री बस्ने घर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 11:01:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको भैँसेपाटीमा मन्त्री निवास निर्माणको काम अन्तिम चरणमा छ । आगामी बैशाखसम्म निर्माण सक्ने गरी काम भईरहेको शहरी विकास मन्त्रालय बताउँछ ।

मन्त्रालयका अनुसार अहिले मन्त्री निवासको ७५ प्रतिशत काम सकिएको छ । कार्तिकभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरसको महामारीका कारण निर्माणमा केही ढिलाई भएको हो । यद्यपी, मन्त्री निवासको काम द्रुत गतीमै भईरहेको छ । 

को को बस्नेछन् ती घरमा ?

९६ रोपनी क्षेत्रफलमा बनिरहेको भव्य संरचनामा २४ मन्त्रीका सरकारी क्वाटर रहने छन् । प्रधानमन्त्री बाहेकका सबै २४ मन्त्री भैँसेपाटीमा बस्ने गरी छुट्टा छुट्टै भवन बनाईएका छन् ।

यसबाहेक प्रतिनिधिसभाका उपसभामुख, राष्टियसभाका अध्यक्ष र उपाध्यक्षका लागि पनि भैँसेपाटीमै क्वाटरको व्यवस्था हुनेछ । परियोजना निर्माणको काम गरिरहेको हनुमान कन्स्ट्रक्सनका अनुसार संरचना ठड्याउने काम सकेर अहिले इन्टेरियरको काम चलिरहेको छ । 

दोस्रो चरणको ठेक्का लगाउने तयारी

पहिलो चरणमा भवन निर्माणको काम सक्ने र बाँकी काम दोस्रो चरणमा सम्पन्न गर्ने लक्ष्य थियो । अहिले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै अब दोस्रो चरणको ठेक्काको प्रक्रिया सुरु हुने भएको छ ।

पहिलो चरणमा बनेका भौतिक संरचना सिँगार्ने र अरु आधुनिक सुविधा थप गर्ने काम दोस्रो चरणमा गरिनेछ । यसका लागि आन्तरिक मूल्यांकनको तयारी शहरी विकास मन्त्रालयले गरिरहेको छ । 

आन्तरिक मूल्यांकन सकेर दोस्रो चरणको कामका लागि ठेक्काको प्रकृया थालिने मन्त्रालयले जनाएको छ ।

के के हुनेछन् सुविधा ?

हाउजिङ परियोजना सरहको यो आवास परियोजनामा सुविधा पनि हाउजिङकै स्तरको हुनेछन् । नेपाली मौलिक शैलीमा निर्माण भईरहेको यो परियोजनामा निजी र सार्वजनिक गरी २ वटा प्रवेशद्धार हुनेछन् । 

हेल्थ क्लब, स्वीमिङ पुल, हेलिप्याड, ग्रिनरी, कम्युनिटी हल लगायतका सुविधा यो परियोजनाभित्र रहने छन् । यी सुविधाको निर्माण भने दोस्रो चरणमा गरिनेछ । सभाहल, हेल्थ क्लब, ग्रोसरीका लागि छुट्टै ६ वटा आधुनिक भवन बन्ने छन् ।

मन्त्रीका लागि मास्टर बेड रुम

परियोजनामा १२ रोपनीमा २७ वटा आवास भवन र ग्रोसरी सपको लागि ६ वटा अन्य भवन निर्माण हुनेछन् । बाँकी मध्ये ३८ रोपनीमा हरियाली हुनेछ । 

२१ रोपनी जमिन आन्तरिक सडकका लागि छुट्याइएको छ । सडक चिल्ला र चौडा हुनेछन् । ११ रोपनी जमिनमा हेल्थ क्लब बन्नेछ । ७ रोपनीमा जग्गामा कम्युनिटी हल र २.५ रोपनीमा ग्रोसरी सप बन्नेछ । 

परियोजनाभित्र १ सय वटा गाडी पार्किङ गर्न सकिने पार्किङ स्थल हुनेछ ।

क्वाटरको भुइँतलामा लबी, मिटिङ रुम, मन्त्रीले मान्छे भेट्नका लागि निजी कोठा, कर्मचारी सुत्ने कोठा, सुरक्षा गार्ड कक्ष हुनेछ ।

पहिलो तलामा मन्त्री सुत्ने मास्टर बेडरुम, सोही तलामा परिवारका सदस्यहरु सुत्ने कोठा, बैठक कोठा, भान्छा र डाइनिङ रुम रहने छन् । दोस्रो तलामा पाहुना सुत्ने÷बस्ने २ वटा कोठा, पुजा कोठा र लाउन्ड्री हुनेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved