पर्यटन बोर्डका सीईओको अर्को बदमाशीः कानुन छल्न २८ लाखलाई ८ टुक्रा, विरोध गर्नेको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 11:15:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डबाट हुने खर्चमा मनोमानी गरेका छन् । कार्यकक्ष र सचिवालय मर्मतका नाममा उनले सार्वजनिक खरिद ऐन र पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावलीको विपरित हुने गरी जथाभावी खर्च गरेको पाईएको हो ।

एउटै प्रकृतिको तर त्यसलाई एकमुष्ठ रुपमा काम गर्दा सार्वजनिक खरिद ऐन आकर्षित हुने भएपछि उनले टुक्रा टुक्रा पारेर काम गराएको बोर्ड स्रोतले बताएको छ । 

‘काम सबै एउटै खालको हो, फर्निचर फेर्ने, पेन्टिङ र पुटिङ गर्ने, कलरिङ गर्ने काम सबै एकै खालका हुन्, यी काम एउटै प्याकेजमा एकै कम्पनीलाई दिनु पर्थ्यो’ स्रोत भन्छ, ‘तर, एउटै प्याकेजमा गर्दा मोटो रकम हुन्छ, बजेट बढी हुने वित्तिक्कै सार्वजनिक खरिद ऐन अनुसार टेण्डरमार्फत जानुपर्ने हुन्छ । टेण्डरमार्फत जाँदा आफ्ना मान्छेले नपाउने सम्भावना पनि हुन्छ भनेर सीईओ सरले २८ लाख ५९ हजार बजेटलाई ८ टुक्रामा बाँडेर काम गराउनुभयो ।’

के के शीर्षकमा गरियो खर्च ?

सीईओले आफ्नो कार्यकक्ष, बैठक कक्ष र आफ्नो पीए बस्ने कोठा मर्मत गराएका थिए । एकै समयमा एउटै प्रकृतिको काम भएपनि उनले भूक्तानी भने ८ वटा शीर्षकमा गराएको बोर्ड स्रोतले जनाएको छ ।

कार्यालय भत्काएवापत ४३ हजार, सिलिङ बनाएवापत २ लाख ३ हजार, पेन्टिङ र वाल पुटिङ गरेवापत १ लाख २ हजार भूक्तानी दिईसकिएको छ । झ्याल ढोका बनाएवापत ६ लाख ४७ हजार, फर्निचरको कामवापत ७ लाख ४९ हजार, फर्निसिङको कामवापत ३ लाख ४५ हजार, इलेक्ट्रोनिक कामवापत २ लाख ८१ हजार र ग्राफिक्स प्रिन्टिङको कामवापत १ लाख ५८ हजार गरी भ्याटसहित २८ लाख ५९ हजार ५१४ रुपैयाँ खर्च गरेको देखिएको छ ।



विरोध गर्ने कर्मचारीको सरुवा

यो काम गलत नियत र मनशायले गरिएको भन्दै बोर्डका एक कर्मचारीले आपत्ति जनाएका थिए । उनले यस विषयमा करिब २ महिना अगाडी पर्यटन मन्त्रालयका सचिवको सचिवालयमा निवेदन पनि दर्ता गराएका थिए ।

बोर्डभित्र पनि उनले सार्वजनिक खरिद ऐन अनुसार काम नभएको भन्दै नियमित आपत्ति जनाएपछि उनको सरुवा गरिएको छ । सीईओ धनञ्जय रेग्मीले ती कर्मचारीलाई पोखरा सरुवा गरिदिएको खुलेको हो । 

उनले मन्त्रालयमा दर्ता गराएको निवेदन उपर पनि कुनै कारबाही अगाडी नबढेको स्रोत बताउँछ ।

यसअघिः
पर्यटन बोर्डका सीईओको इतिवृतान्तः घुस खुवाएर ठेक्का लिनेदेखि भ्रष्टाचारीको सम्पत्ति लुकाउनेसम्म

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved