गल्ती स्वीकार्दै सीईओ रेग्मीले बुझाए स्पष्टिकरण, बर्खास्त हुने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 03:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन मन्त्रालयमा स्पष्टिकरण बुझाएका छन् । लण्डनबाट फर्किदा विमानस्थलमा कर्मचारीमाथि हातपात गरेको विषयमा मन्त्रालयले सोधेको स्पष्टिकरण उनले बुझाएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार गल्ती स्वीकार गरेर सीईओ रेग्मीले स्पष्टिकरण बुझाएका छन् । लिखित रुपमा पर्यटन सचिव यादवप्रसाद कोइराला समक्ष सीईओ रेग्मीले बुझाएको स्पष्टिकरणमा उनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

‘गल्ती स्वीकार गरेरै उहाँले स्पष्टिकरण बुझाउनु भएको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘मेरो कमजोरी भयो भनेर आत्मालोना गर्नु भएको छ, अब गल्ती दोहोर्याउँदिन भनेर प्रतिवद्धता पनि जनाउनु भएको छ ।’

बर्खास्त गर्न कानुन बाधक

पर्यटनमन्त्री प्रेम बहादुर आले र सचिव कोइराला सीईओ रेग्मीलाई हटाउने मनस्थितीमा भएपनि यसका लागि कानुन झन्झटिलो रहेको पाईएको छ । काम कारबाही शन्तोषजनक नभएको अवस्थामा मन्त्रालयले स्पष्टिकरण सोधेर सिँधै बर्खास्त गर्न सक्ने कानुन सीईओ रेग्मीले निरन्तरता पाउने सम्भावना बढेको छ ।

‘स्पष्टिकरण सोधेर चित्त बुझ्दो नआए हटाउन सक्ने कानुन रहेनछ’ मन्त्रालय स्रोतले भन्यो, ‘स्पष्टिकरण चित्त नबुझे आयोग बनाउनुपर्ने, ३ सदस्यीय आयोगले कारबाही गर्, हटा भन्यो भने मात्रै हटाउन सक्ने व्यवस्था रहेछ । अब स्पष्टिकरण चित्त नबुझेपनि आयोग नै बनाउने झन्झटमा मन्त्रालय जाँदैन होला ।’

नहुँदा मन्त्री आले र सचिव कोइराला सीईओ रेग्मीलाई हटाउने मनस्थितीमा पुगेको भएपनि आज आइतबार ऐन तथा कानुन हेर्दा हटाउन झन्झटिलो प्रक्रिया रहेकाले उनैले बाँकी कार्यकाल निरन्तरता पाउने देखिएको हो ।

‘आयोग नै बन्ने सम्भावना त छैन’ स्रोतले भन्यो, ‘अहिले नै बर्खास्त गर्दा अदालत गएर स्टे अर्डर लिएर आउने सम्भावना बढी छ, अब सबै प्रक्रिया पूरा गरेर हटाउन आयोग बनाउनुपर्ने, त्यो आयोगले जे भन्छ त्यही गर्नुपर्ने, त्यसलाई निश्चित समय पनि दिनुपर्ने रहेछ । लामो प्रक्रियाले गर्दा अब डेढ वर्ष जति उनको कार्यकाल बाँकी छ, सरकारको पनि करिब करिब त्यति नै हो, अब कार्यकाल पूरा गरेर मात्रै बिदा होलान् ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved