नाडामा चुनावी गर्मीः ठूला घराना २ समूहमा बाँडिए, को कसको पक्षमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 10:53:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएको छ । चुनावको मिति नजिकिएसँगै अध्यक्षका प्रत्याशी द्वय ध्रुव थापा र करणकुमार चौधरी चुनावी दौडमा ब्यस्त छन् ।

ठूला व्यापारिक घराना नै २ पक्षमा विभाजित भएपछि यसपटक नाडाको चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल अन्तिम समयसम्म सहमतिकै प्रयास जारी रहने बताउँछन् । प्रयासका बाबजुद सहमति नभएको खण्डमा मंसिर २२ ४५औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचन हुनेछ ।

चौधरीको साथमा ठूला घरानाको बाहुल्यता

करण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनी कर्पोरेट हाउसका व्यवसायी भएकाले उनको पक्षमा खुलेका व्यवसायीहरु पनि अधिकांश ठूला घरानाकै छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भर्याङको रुपमा लिईने नाडाको अध्यक्ष बन्न सके महासंघको राजनीति सुरक्षित हुने भएकाले चौधरीले ठूला घरानालाई हातमा लिएका छन् । चौधरीको समूहमा देशव्यापी ‘नेटवर्क’ भएका व्यवसायीहरु देखिन्छन् । 

टाटा, बजाज, यामाहा, हिरो, होण्डा सहितका ठुला बिक्रेता चौधरीको समूहमा छन् । हिरोका अभिक ज्योति, बजाजका अभिमन्यु गोल्छा, आईएमई मोटर्सका निशान ढकाल करण चौधरीको पक्षमा छन् ।

यति मात्रै नभई, नाडाको वर्तमान कार्यसमितका पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।

ध्रुव थापालाई फोर्ड र लक्ष्मी हुण्डाईको भरोसा

ध्रुव थापा मोफसलबाट नाडाको नेतृत्व हत्याउने प्रयासमा छन् । कर्पोरेट हाउसको कब्जाबाट नाडालाई निकाल्ने र साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताउने थापालाई केही ठूला घरानाले पनि भरोसा दिएका छन् ।

हुण्डाई गाडीको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको समूहमा छन् । लक्ष्मी ग्रुप उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको हो । अञ्जन नाडाको अध्यक्ष हुँदै महासंघमा पुगेका हुन् ।

नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा पनि थापाको समूहमा छन् । हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान पनि थापाको पक्षमा खुलेका छन् । टीभीएस मोटर्सका दीपक अग्रवाल पनि ध्रुव थापाको पक्षमा खुल्ने सम्भावना देखिएको छ । 

नाडाको निर्वाचनमा करिब ३१ सय मतदाताले १७ जनालाई मतदान गर्नेछन् । सुरुमा अध्यक्ष र बाँकी १६ जना सदस्यका रुपमा चयन हुनेछन् । १६ जना सदस्यबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved