कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्धार्थ बैंक पनि तानियो, कहाँ पुग्यो अनुसन्धान ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2021 | 11:35:55 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको छ। गायक योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खाता सिद्धार्थ बैंकमा रहेको खुलेपछि यस प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको हो ।

 डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भएपछि कुमारी बैंकले उक्त १९ करोड सिद्दार्थ बैंकको सोहि खाताबाट झिकेको अनुसन्धानमा खुलेको छ।

सिद्दार्थमा रहेको बिलुवाभूमिको नाममा रहेको खाता नक्कली हो वा गायक अमात्यकै हो भन्ने कुराको पनि अनुसन्धान थालिएको छ। यद्दपी बिजपाटीलाई प्राप्त जानकारी अनुसार अमात्यले उक्त खाता संचालनको लागि एक जना व्यक्तिलाई अख्तियारी दिएका छन्।

आफ्नो जग्गाको किर्ते गरेर अरुले नै कर्जा लिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि) मा उजुरी दिएका अमात्यको बैंक खाता अख्तियारी प्राप्त व्यक्तिको मिलोमतोमा चलाइएको हो भन्ने विषयमा पनि अनुसन्धान जारी  छ । वा डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले कुमारी बैंकमा बुझाएको नक्कली कागजातको आधारमा सिद्दार्थ बैंकमा अर्को 'फेक' खाता खोलेका थिए भन्ने विषय पनि अनुसन्धानको क्रममा रहेको छ। 

कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्दार्थ बैकपनि जोडिएकाले यहाँ पनि फरक ढंगले अनुसन्धान सुरु भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बिजपाटीलाई बताए। 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतो

भएको के हो ?

डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा बिरगंजमा रहेको १२ बिघा १ कठ्ठा जग्गा किन्नको लागि कुमारी बैंकमा कर्जाको लागि असार १५ मा निवेदन दिए। 

महर्जन र गौतमले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडले आफुहरु टेलिफोन सेवा प्रदायक कम्पनी एन्सेलको सब डिट्रीब्यूटर भएको र  बार्षिक कारोबार कोभिड अगाडी ३ अर्बको र कोभिडको समयमा १ अर्बको भएको र अहिले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा रहेको जग्गा किन्न लागेको निवेदनमा उल्लेख गरे। 

भ्यालुएसन गर्दा ३८ करोडको सम्पति भएको पाइएको र घर जग्गा कर्जा ५० प्रतिशत दिन पाइने व्यवस्थाअनुसार कर्जाको लागि निवेदन दिएको १६ दिनको दिन अर्थात असार ३१ गते कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड कर्जा स्वीकृत भयो। 

बिक्रेता व्यक्ति वा सँस्थाको नाममा निवेदकको स्वीकृत कर्जा पठाउने व्यवस्थाअनुसार नै कुमारी बैंकले सिद्दार्थ बैंकमा रहेको बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खातामा साउन १५  गते १९ करोड पठायो।

कर्जा जारी भएको १५-२० दिनपछि डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक महर्जन र गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको सम्बन्धमा बुझाएका लालपुर्जा, राजिनामा पास, मालपोत रोक्का, चारकिल्ला र घरबाटो प्रमाणित किर्ते भएको कुरा बैंकलाई थाहा हुन आयो। 

किर्ते कागजातको आधारमा कर्जा लिएको थाहा भएपछि बैंकले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमलाई ताकेता गरि उक्त पैसा फिर्ता लियो। र बैंक १९ करोड नोक्सान हुनबाट जोगियो। 

दोषी को ?

प्रारम्भिक अनुसन्धानमा किर्ते कागजात बुझाएर कर्जा लिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतम दोषी देखिएका छन्। त्यस्तै यो कागजात सहि हो भनेर कर्जा दिनलाई प्रस्ताव गर्ने धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसिया र कुमारी बैंकका बारा शाखाका लोन म्यानेजर सोनु ठाकुर दोषी देखिएका छन्। 

बैंकिंङ कसुर मुद्दा किन ?

गायक योगेश्वर अमात्यले आफ्नो जग्गा राखेर अरु कसैले कर्जा लिएको भन्दै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआइबिमा कात्तिक २ गते उजुरी दिएपछि सुरुमा लिखत सम्बन्धित कसुरमा अनुसन्धान थालियो। अनुसन्धानको क्रममा दोषी देखिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतम कात्तिक ४ गते पक्राउ परे।  धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसिया कात्तिक २२ गते पक्राउ परे र पछि कुमारी बैंकका बारा शाखाका कर्मचारी सोनु ठाकुर पक्राउ परे। 

तर किर्ते कागजातको आधारमा कर्जा गएको १९ करोड फिर्ता लिन सफल भएपनि यस प्रकरणमा अपराध भएको ठहर भयो तर यहाँ पिडित पक्ष भएन। त्यसैले सीआईबिको अनुसन्धान किर्ते कागजातको आधारमा १९ करोड कर्जा जारी हुँदा को-कसको संलग्नता छ भन्नेतर्फ मोडियो र ले बैंकिंङ कसुर मुद्दालाई अगाडी सारियो। 

कुमारी बैंकका बारा शाखाका कर्मचारीले उठाएको टिप्पणीलाई विश्वास गरेर माथिल्लो तहबाट कर्जा स्वीकृत भयो वा मिलोमतोमा स्वीकृत भयो भन्ने कुरा अहिले अनुसन्धानको प्रमुख पाटो रहेको सीआईबिका महतोको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved